काठमाडौं, २० भदौ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनको छलफलमा नपर्ने स्पष्ट पारेका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई लक्षित गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषय मात्रै छलफल हुने बताए। उनका अनुसार अरू विषय पार्टीका सम्बन्धित कमिटीमा मात्रै उठाइने छन्।
“ती विषय विधान महाधिवेशनसँग सम्बन्धित होइनन्। सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ। विधान महाधिवेशन विधानमै केन्द्रीत भएर अघि बढ्छ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक रूपमा संवेदनशील बनाइएको आरोप लगाउँदै राजनीति, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि मात्रै समूहगत छलफलमार्फत अन्य विषयहरू समेट्न सकिने बताए।
यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले पनि विद्या भण्डारीको पार्टी सदस्यताबारे महाधिवेशनमा छलफल नहुने निर्णय गरिसकेको थियो।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले नै टुंगो लगाइसकेको भन्दै महाधिवेशनमा यसलाई एजेन्डा नबनाइने बताए। “यसलाई लिएर पक्ष–विपक्षी भइराख्नुपर्ने आवश्यकता छैन,” उनले स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० भदौ । । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । बिहिबार देखि सुरु भएको महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् ।
यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ ।
विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता भएको हो । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि झन्डै आधा घण्टा उनीहरुबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट गरेका हुन् । भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
भेटमा प्रधानमन्त्री ओलीले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे।
उनीहरुबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम अघि सारेको हो। भुसाल यसअघि २०७४ सालमा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
सिफारिसमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ की सह–इञ्चार्ज विजयलक्ष्मी राय परेका छन्।
जिल्लाले पठाएको नाममध्ये कार्यदलले एक महिलासहित तीनजनाको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउनेछ। उक्त कार्यदलमा पार्टीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेका छन्।
उपमहासचिव चौधरीका अनुसार कार्यदलले सबै सातै उम्मेदवारसँग छलफल गरेर चुनावी रणनीति बुझिसकेपछि मात्र तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन बहुविवाहको विवादपछि स्थगित गरिएको छ। रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो।
रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार रहेका थापाले बहुविवाह गरेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन रोकिन पुगेको हो। उनीमाथि बहुविवाहको आरोप लागेपछि पार्टीले घटनाको अनुसन्धान गर्न समय आवश्यक पर्ने भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको नेताहरूले बताएका छन्।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन स्थगित हुनुको कारणलाई विशेष कारण भन्दै टिप्पणी गरेका छन्। उनले स्पष्ट रूपमा बहुविवाह विवादको चर्चा भने गरेका छैनन्।
सामाजिक सञ्जालमा भने रास्वपाले बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ। यही आलोचनासँगै पार्टीले कार्यक्रम स्थगित गर्दै विषयको अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समय तय गरेर गर्ने जानकारी सञ्चारमाध्यमहरूलाई दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन्।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आज बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।
सोही अवसरमा प्रचण्डबाट ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरिनेछ। माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जका रूपमा पनि जिम्मेवारी बहन गर्दै आएका नेता थिए।
पार्टी र जनआन्दोलनमा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीमा माओवादी केन्द्रले उनको सालिक निर्माण गरेको छ। सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रम यही उद्देश्यका लागि आयोजना गरिएको हो।
अध्यक्ष बरालले भने, “भदौ १५ कै दिन प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकमा पनि सहभागी हुनुहुनेछ। दिनभरि प्रचण्ड रुपन्देहीमै रहने कार्यक्रम छ। बिहान सालिक अनावरण र पुस्तक विमोचनपछि पार्टीका आन्तरिक बैठक र छलफलमा उहाँ सहभागी हुनुहुनेछ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए।
बैठकले तराई–मधेशका जिल्लामा खडेरीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै संघीय र प्रदेश सरकारसँग क्षतिपूर्ति प्याकेज घोषणा गर्न माग गरेको छ।
यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा सुख्खाग्रस्त स्थिति सिर्जना भई खानेपानीको अभाव बढेको बैठकले उल्लेख गरेको छ। चापाकल, इनार र पोखरी सुक्दै गएपछि आम नागरिक पीडित भएको भन्दै तीनै तहका सरकारलाई तत्काल खानेपानीको सहज व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,८ भाडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गर्दै प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाई डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको छ। बस्नेतले भने, “सरकारमा हाम्रो पार्टीबाट रहेका दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुनेछ, त्यसपछि नयाँ मन्त्रीहरूले जिम्मेवारी सम्हाल्नुहुनेछ।”
जसपाले यादव र साहलाई एक वर्षका लागि सरकारमा पठाएको थियो। उनीहरू एक वर्षभन्दा बढी समयदेखि सरकारमा जिम्मेवारी सम्हालिरहेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई नयाँ जसपा गठन भएपछि रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो। तर, उनले सो पद नस्वीकार्दै एक वर्ष कुर्ने निर्णय गरेकी थिइन्।
त्यस्तै, यसअघि जसपा नेपाल सरकारमा सहभागी हुँदा डा. वीरेन्द्र महतो वनमन्त्रीसमेत भइसकेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२ भदौ । व्यवसायी दुर्गा प्रसाईंले आफू राजावादी नभएको स्पष्ट पारेका छन्।
केही साताअघि जेलमुक्त भएका उनले सोमबार पत्रकार सम्मेलनमार्फत आफू कुनै पनि वादी नभएको भन्दै राष्ट्रवादी भएको दाबी गरे।
प्रसाईंले भने, “राजा पनि राजावादी होइनन्, म पनि होइन। म राजावादी होइन, राष्ट्रवादी हुँ। यो दल नेपाल र नेपालीको हुन्छ, भुइँमान्छे र सर्वहारा वर्गको पार्टी
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
अध्यक्ष विद्धान गुरुङले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १० भित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म जिल्लास्तरका अधिवेशन गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, महाधिवेशनका लागि भाद्र १५ भित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ। यसै महिनाको मसान्तभित्र सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिहरू अनुमोदन गर्ने प्रक्रिया पूरा गर्ने उल्लेख गरिएको छ।
२०७३ सालपछि पहिलोपटक हुन लागेको अधिवेशनका लागि हाल तदर्थ समितिबाट संस्था सञ्चालन भइरहेको छ। तरुण दलले यसपटकको अधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनको अवसरका रूपमा लिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस