प्रधानमन्त्री ओलीले तोके देउवा प्रधानमन्त्री बन्ने मिति

   फागुन ०५, २०८१       admin

दाङ,५ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिने घोषणा गरेका छन्। लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै उनले आफूलाई हटाउन कुनै बल गर्न नपर्ने भन्दै निर्धारित समयपछि आफैं पद त्याग्ने बताएका छन्।

ओलीले भने, “अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु। त्यसपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीत्व छोड्छु। यो त घोषणा भइसकेको कुरा हो। केपी ओलीलाई हराउन कुनै बल लगाउनु पर्दैन, म आफैं छोड्छु बेला पुगेपछि।”

उनले सरकार अस्थिर बनाउन गरिने कुनै पनि प्रयत्न प्रभावहीन रहने दाबी गरे। १७ महिनासम्म सरकार ढाल्न कुनै उपाय काम लाग्दैन। बोटमै फल पाक्न दिनुपर्छ, जबरजस्ती पकाउन खोज्नुको अर्थ छैन,” उनले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओली : संघीयताले विकासको ढोका खोलेको छ

   फागुन ०५, २०८१       admin

दाङ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार लुम्बिनी प्रदेश सभालाई विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू पार गर्न समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

‘हामी सबै मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं,’ उनले भने। साथै, प्रदेश सरकारले संघीय कानुन अनुरूप नीतिहरू बनाउनुपर्नेमा जोड दिँदै, उलटफेर कानुन निर्माण गर्दा बारम्बार संशोधनको आवश्यकता पर्न सक्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बताउँदै यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको उल्लेख गरे।

भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको भन्दै उनले संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका बहस कार्यक्रम

   फागुन ०२, २०८१       admin

दाङ,२ फागुन । दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा उक्त बहस कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मास्कीले नेकपा माओवादीले देशमा आमूल परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध सुरु गरेको बताए। अन्याय र अत्याचारका विरुद्धमा संघर्ष गर्नका लागि उक्त जनयुद्ध महत्वपूर्ण रहेको उल्लेख गरे। धन

“नेकपा माओवादीले देशमा आमुलि परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध शुरू गरेको हो, जसले असमानता, अन्याय र अत्याचारका विरुद्ध संघर्ष गर्‍यो। उनले भने-” परिवर्तनको चाहना र त्यसलाई संस्थागत बनाउने उद्देश्यले जनयुद्धको सुरुआत गरिएको हो।”

प्रेस सेन्टरका संस्थापक र केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मा, तुलसीपुर मेट्रो कलेजका सञ्चालक बसन्त आचार्य, तुलसीपुर वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापा, शान्तिनगर गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर पुन, र प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भुपेन्द्र वलि लगायतका अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रममा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले जनयुद्ध र मिडियाकाे भूमिका सम्बन्धी गहकिला प्रश्नहरू उठाए।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रौजेरले जनताको संघर्ष, त्याग र बलिदानको महत्त्व र मिडियाको भूमिका विषयमा विचार व्यक्त गर्दै मिडियाकर्मीलाई सत्य र तथ्य समाचार बाहिर ल्याउन कहिल्यै डराउनु हुँदैन भन्ने धारणा राखिन।

कार्यक्रमको प्रेस सेन्टरका सदस्य सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरकी सचिव रिता केसीले गरेकी थिइन्। प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष भूपेन्द्र वलीले विषयवस्तुबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टरीगाउँ विमानस्थल विस्तारका लागि पहल गर्ने सभापति देउवाको प्रतिबद्धता

   माघ २६, २०८१       admin

दाङ,२६ माघ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टहरीगाउँ एयरपोर्टको विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारु सांस्कृतिक संरक्षण केन्द्र दाङ चखौरा , मटावा बरघर र भलमनसा सङ्घको आयोजनामा भएको अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक महोत्सवको अवसरमा सभापति देउवाले तुलसीपुरको टरीगाउँ एयरपोर्टलाई व्यवस्थित र ठूलो बनाई नियमित हवाई उडान विस्तारमा आफू र आफ्नो पार्टीको तर्फबाट सरकारलाई दबाब दिने बताएका हुन् ।

उनले जिल्लाको समग्र विकासका लागि सबै राजनीतिक नेतृत्वहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।उनले थारु समुदायको शिक्षा, स्वास्थ्य र सीप विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। थारु समुदायका महिलाहरू अझै पनि पछाडि परेकाले उनीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए।

सभापति देउबाले थारु समुदायको उत्थानका लागि राज्य तहमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने बताए। उनले लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई थारु समुदायका अन्य व्यक्तिहरूलाई पनि उच्च नेतृत्व तहमा पुर्याउने गरी पहल गर्न आग्रह गरे।

साथै, उनले सरकारसँग थारु समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्न विशेष कार्यक्रम ल्याउन अनुरोध गरे। धर्म, संस्कृति, संस्कार, र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्न यस्ता सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण हुने भन्दै उनले यसको निरन्तरताको आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

   माघ २४, २०८१       admin

दाङ,२४ माघ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक लमहीमा सम्पन्न भएको छ। बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न युवाहरुलाई क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ।

नेपाल तरुण दल दाङ-१ का क्षेत्रीय सभापति किरण विक्रम शाहका अनुसार राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण यादव र शुवर्ण शाह, राजपुर गाउँपालिकामा प्रिया स्मृती गजमेर र युवराज गिरी, लमही नगरपालिकामा शुवर्ण शाह, प्रिया स्मृती गजमेर, नारायण आचार्य र युवराज गिरीलाई क्षेत्रीय प्रतिनिधि तोकिएको छ।

कार्यक्रम तालिका तय
राप्ती गाउँपालिकामा फागुन १० गते वडा नम्बर ३ मा सबै वडाका प्रतिनिधिहरू सहभागी हुने गरी कार्यक्रम गरिनेछ। राजपुर गाउँपालिकामा माघ २६ गते वडा नम्बर २ मा (१, २, ३ नम्बर वडासहित), माघ २८ गते वडा नम्बर ५ मा (४, ५, ६ नम्बर वडासहित) र माघ ३० गते वडा नम्बर ७ मा कार्यक्रम गरिनेछ।

गढवा गाउँपालिकामा फागुन ३ गते वडा नम्बर ३ मा (१, २, ३, ४ नम्बर वडासहित) तथा फागुन १० गते वडा नम्बर ६ मा (५, ६, ७, ८ नम्बर वडासहित) भव्य कार्यक्रमको आयोजना गरिने तयारी छ। लमही नगरपालिकामा कार्यक्रमको मिति तय गर्न थप छलफल भइरहेको सभापति शाहले जानकारी दिए।

बैठकमा सभापति शाहले पार्टीसँग समन्वय गर्दै नेपाल तरुण दलका गतिविधिहरूलाई सक्रिय बनाइने बताए। उनले भने, नेपाली कांग्रेसको नेतृत्वमा तरुण दस्ता अघि बढ्नेछ। तरुण नै शक्ति हो, देशलाई आवश्यक पर्ने दस्ता हो भन्ने सन्देश सबैमा पुर्‍याइनेछ।”

नेपाल तरुण दलले स्थानीय तहसम्म संगठन सुदृढ गर्दै युवाहरूलाई सशक्त बनाउने अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ नियुक्त

   माघ २३, २०८१       admin

दाङ,२३ माघ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकको जिम्मेवारी दिएका हुन् ।

सचेतक निमा गिरीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि चौधरीले श्रेष्ठलाई सचेतकका रूपमा मनोनयन गरेका हुन् ।

श्रेष्ठ नेपाली कांग्रेसका सक्रिय नेतृ हुन् । उनले यसअघि पनि पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सक्छौं:देउवा

   माघ २१, २०८१       admin

काठमाडौं,२१ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सकिने बताएका छन्।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले एकताबद्ध हुनुपर्नेमा जोड दिए। अहिलेको समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो हुने उनेको भनाइ थियो।

कांग्रेसले भने एकताबद्ध भएमा बहमुत ल्याउने सक्ने उनले बताए। “अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन  गरेका छौं, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ,” पूर्व प्रधानमन्त्री देउवाले भने, “तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं। अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौं।”

अहिलेको संवैधानिक व्यवस्थाले राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको उनले उल्लेख गरे। त्यसैले अहिलेको संवैधानिक व्यवस्थालाई अंगिकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

देउवाले पार्टीमा सुमधुर सम्बन्ध सहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए। उनले देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युनियनको बार्षिक साधारण सभा : सामाजिक संजाल नियत्रण गर्ने बिधेयक फिर्ताहुनु पर्छ :  पोख्रेल

   माघ १, २०८१       admin

दाङ , १८ माघ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै पोख्रेलले नागरीकलाइ सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्ने भन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएकोले खारेजी हुनु पर्ने बताए ।

नेपालको संविधानले प्रदत्त गरेका कानुनका माध्ययमबाट सामाजिक संजाललाई मर्यादित बनाउने प्रसस्त ठाँउ रहेको भन्दै अभिव्यक्ती स्वतन्त्रता कुण्ठीत गर्नेगरी जवरजस्ती यसखालको कानुन आएमा त्यसको पुर्णरुपमा अवज्ञा गरिने र सबै पत्रकारहरु सडकमा आउने चेतावनी दिए ।
फौजदारी कानुन ल्याएर विरोधका स्वरलाई दवाएर जाने सरकारको सोच देखिएको भन्दै कार्यक्रमका प्रमुख अतिथी निर्वतमान अध्यक्ष पोख्रेलले व्यक्ति हत्या गरेका अपराधीलाई जस्तैगरी दोषी करार गर्ने मनसाय लोकतान्त्रीक सरकारको असल अभ्यास भित्र नपर्ने भन्दै यो वा त्यो बाहानामा कानुन ल्याउने कुरा जायज नभएको बताए ।

नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतमले संचार क्षेत्रलाई नियमन गर्ने विधेयक सरोकारवालाहरुसंगको सरसल्लाह र सुझाव बिना ल्याएर सरकार स्वच्छाचारी ढंगले अघि बढेको बताए । कार्यक्रमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासघका केन्द्रिय सचिव सविन सप्रियासन, लुम्बिनी प्रदेश महासचिव पाण्डबप्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी, नेपाल प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, शरद रेग्मी, व्याव्सन दाङका सचिब आदीम केसी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्दै संचार सस्था र संचारकर्मीको मनोबल उच्च राख्ने गरी काम गर्ने वातावरण सरकारले निमार्ण गर्नुपर्ने र त्यसको खबरदायी संचार संघसंगठनहरुले गर्नुपर्ने बताए ।

साधारण सभामा नेपाल प्रेस युनियन दाङका सचिब अमर क्षितिज भण्डारीले सांगठनिक प्रतिवेदन र कोषध्यक्ष लिलाधर वलीले आर्थिक प्रतिवेदन अ प्रस्तुत गरेका थिए । साभारण सभाले नेपाल प्रेस युनियनमा पनि सुद्धिकरण आवस्यक रहेको रहेको निष्कर्षका साथ आगामी दिनमा सुद्धिकरणको अभियानलाई अगाडि बढाउने निर्णय गनि गरेको छ ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष गोपाल शर्मा भट्टराईले स्वागत र उपाध्यक्ष किरण बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नु भएको सधारणसभाको सहजिकरण सचिब अमर क्षितिज भण्डारी र सहसचिव उमा भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादी केन्द्रको संसदीय बैठक सुरु

   माघ १७, २०८१       admin

काठमाडौँ,१७ माघ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो। शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदै छ।

त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्नेलगायतका एजेण्डाहरु रहेका छन्।

यसअघि नै आज नै विपक्षी दलहरुको बैठकसमेत बसेको थियो। जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनीसमेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस तुलसीपुर ६ को सम्मेलन, सबै क्षेत्रको विकासमा कांग्रेस भेटिन्छ : पूर्व मुख्यमन्त्री चौधरी

   माघ १६, २०८१       admin

दाङ,१६ माघ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ इकाई समितिले सहिद दिवसको अवसरमा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ।

वडा सभापति प्रताप खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको प्रमुख अतिथितामा एवं नेपाली कांग्रेस जिल्ला प्रतिनिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसले वडामा विकासको लहर ल्याएको र मुहार कांग्रेसकै कारण जिल्ला नगर र वडामा विकास तीव्र गतिमा भइरहेको बताए । पुर्व मुख्यमन्त्री चौधरीले त्यो विकासलाई पार्टीका कार्यकर्ताहरू र सदस्यहरूले जसलिन प्रचार गर्न सक्नुपर्ने समेत बताए ।

पूर्व मुख्यमन्त्री चौधरीले कांग्रेसको विकास स्थानीय टोल, सडक, तटबन्ध खानेपानी, मठमन्दिर भुयारथान, पुलपुलेसा सबैमा देखिने बताए । उन्ले सबै क्षेत्रका बिकासमा काङ्ग्रेस देखिने गरेको बताए ।

उनले यो क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध भएर लागेको र त्यो विकासलाई निर्णयार्थ र सार्थक बनाउन सम्पूर्ण पार्टी सदस्यहरुको भूमिका अहम रहेको बताए ।

उनले वडाको विकासका लागि योजना बनाएर आउनुपर्ने र त्यो योजना अनुसार आफूले बजेट खोज्न तयार रहेको तर त्यो चासो र क्रियाशीलता भने पार्टी सदस्यहरूले लिनुपर्ने र दिनुपर्ने बताए ।

” मैले विकासमा पहल गरेपनि त्यो विकास कांग्रेसको हो उनले भने- ” व्यक्तिभन्दा पनि पार्टी ठूलो र पार्टीको एउटा प्रतिनिथिले गरेको विकासलाई पार्टी सदस्यहरुले अपनत्व लिन सक्नुपर्छ।”

नेता केशव आचार्यले कांग्रेसका नेताहरुले गरेको विकासलाई पार्टीले संस्थागत गरेर प्रचारप्रसार र त्यसको अपनत्व लिने काममा केही कमी भएको भन्दै अब त्यो अभियानमा लाग्न र अपनत्व लिन आग्रह गरे। पार्टी संगठन सुदृढीकरण सदस्यताको क्रियाशीलता र विकास नेपाली कांग्रेसको प्रमुख आधार भएकोले अहिले वडास्तर सम्म छलफल बहस सुरु गरेको बताए ।

झुपलाल खड्काको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा स्तरीय नेताहरूले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव समनबाबु डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology