दाङ , १५ माघ ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कार्यसमितिले सहिद परिवारलाई सम्मान तथा वडा सम्मेलन कार्यक्रम गरेको छ। वडा सभापति नवीन बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आथित्यता मा कार्यक्रम गरिएको हो। कार्यक्रममा द्वन्द्वकालमा कांग्रेसको राजनीति गरेकै कारण द्वन्दरत पक्षले सहित बनाएका परिवारहरुलाई विशेष सम्मान समेत गरिएको थियो।
सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले पार्टीले सहित परिवारहरुलाई सम्मान गर्न नसकेको सम्झिन नसकेको बताए । उनले वडा समितिले गरेको प्रशंसनीय कार्यलाई सबै स्तरसम्म पनि लैजान सक्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ५ का पूर्व सभापति मदन धिताल र महाधिवेशन प्रतिनिधि बिमल रिजाल रहेका थिए ।
उनीहरुले काङ्ग्रेस भएकै कारण देश र समाजको हितमा काम गरेकै कारण मारिनु दुखद भएको बताए । उपसभापति शिशिर कुमार लामिछानेले सहजीकरण गरेको कार्यक्रममा नेताहरु जनक खराल , बेनु अधिकारी, लेखमनी खत्री(लक्ष्मन), घनश्याम भण्डारी, जिबि जिएम ,खुम ब न्यौपाने को उपस्थिति रहेको थियो।
सहिद जित बहादुर वलीको परिवारलाई सम्मान गरिएको थियो । जित बहादुर वलीको २०५३/फागुन १५ गते मृत्यु भएको र एक करोड बराबर जिन्सी र नगद नियन्त्रणमा लिइ परिवारलाई यातना सहित तत्कालिन अबस्थामा बिस्थापित गरिएको थियो । बक्ताहरुले सहिद वलीको योगदानको चर्चा गरेका थिए । राज्यले सहिदहरुलाई सम्मन गर्नु पर्ने योगदान को कदर गर्नु पर्ने बताएका थिए ।
सहिद जित बहादुर वलीकोश्रीमतिलाई सम्मान गरिएको थियो । सहिद परिवारबाट बुहारीहरु बिरमाली वली,शुसिला वली तथा बहिनी शुभद्रा वली डाँगीको उपस्थित रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ माघ। मलिसयाले १६ नेपालीलाई निष्कासन गरेको छ। मलेसियामा गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ।
निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार राम, अर्बिनकुमार यादव, करणकुमार मोची, प्रदीप चोख्याल, डम्बरबहादुर बोहरा, रामदास केवत, सुरजदेव साह तेली, दीपेन्द्र सुब्बा, भीमबहादुर तामाङ, गणेश परियार, मक्का लामा, चित्रबहादुर खत्री र राजनकुमार शाही छन्।
मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै उनीलाई त्यहाँको सरकारले पक्राउ गरेर निष्कासन गरेको हो। निष्कासनमा परेका उनीहरु गत साता नेपाल फर्किसकेका छन्।
मलेसियामा बसेर कम्पनी फेर्ने, श्रम सम्झौता विपरीतको काममा संलग्न हुने, भिसाको अवधि सकिए पनि काम गरेर बस्ने गरेको पाइएको त्यहाँको निकायले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा बलिदान दिने परिवारहरूसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरेका छन्।
उनले सम्बन्ध सुधारका लागि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको अधिवेशन तथा खबरदारी सभाका अवसरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘क्रान्तिका आधार इलाकाहरू र श्वेत इलाकाका पुलहरू जीवन्त छन्। उनले भने-‘ तर जनआन्दोलन र जनयुद्धका परिवारहरूसँग सम्बन्ध कमजोर भएको सत्य हो। यसलाई सुधार्न समीक्षा अनिवार्य छ।’
जनयुद्धका परिवारहरूसँगको सम्बन्ध सुधार र जनताको अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
उनले मुलुकलाई आशातर्फ मोड्न जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै माओवादी आन्दोलनको बलिदान र औचित्यलाई सार्थक बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले भने- ‘देश विकासको सुनिश्चितताका लागि बलिदानको मूल्य बुझाउँदै अघि बढ्नुपर्छ’।
प्रचण्डले भ्रष्टाचार र भूमाफियाविरुद्ध कदम चाल्ने आफ्नो भूमिकाबारे चर्चा गर्दै मुलुकलाई भुमरीबाट आशातर्फ फर्काउन माओवादी नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। माओवादीको भविष्य छैन भन्ने कुप्रचार गलत साबित हुने उनले बताए।
सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले जनयुद्धकै जगमा गाउँगाउँमा विकासले गति लिएको र जनताको अवस्था बदल्न माओवादी अपरिहार्य रहेको दाबी गरे। “भ्रष्टाचार अन्त्य गर्न र जनताको समस्या घर आँगनमै सुन्ने काममा हामी तत्पर छौं,” मास्कीले भने।
कार्यक्रममा पूर्व मन्त्री रेखा शर्माले समावेशी अधिकारलाई संस्थागत गरी कार्यान्वयन गरिएको बताउँदै राजनीतिक स्वार्थ र द्वन्द्वले विकास परियोजनाहरू प्रभावित बनाएको उल्लेख गरिन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला दाङ आइपुगेका छन्। दाङ्को तुलसीपुरमा हुने नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी शुक्रबार बिहान दाङको तुलसीपुरमा आइपुगेका हुन् ।
दाङको तुलसीपुरस्थित अरनीको मैदानमा पार्टीको नगर अधिवेशन उद्घाटनका अवसरमा दाङ आएका उनले टहरीका विमानस्थल र घोराही तुलसीपुर फोरले सडकका विषयमा आफू संवेदनशील भएको बताएका छन्। फोटो फिचर:


२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शशांक कोइराला दाङ आउनेभएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेश अधिबेशनलाई सम्वोधन गर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री डा कोइरालालगायतका नेताहरु दाङ आउन थालेको नेपाली कांग्रेस दाङले जनाएको छ ।
दाङ आउन थालेका पूर्व महामन्त्री कोइरालालगायतका नेताहरुले आइतवार घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईस्थीत दाङ फनभ्यालीमा हुने नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशको प्रदेश अधिबेशनलाई सम्वोधन गर्नेछन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री कोइरालासहित केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु सञ्जय गौतम, दीपक गिरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरुले अधिवेशनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजक प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशले जनाएको छ । कोइरालालगायतका नेताहरु शनिवार साँझसम्म दाङ आइपुग्नेछन् ।
लुम्बिनी प्रदेशस्तरीय अधिवेशन विहान ११ः३० देखि सुरु हुने छ । अधिवेशनमा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले प्रजातन्त्र स्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीलगायत सवैमा अनुरोध गरेको छ । नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले
कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशको अधिबेशनमा सहभागीताका लागि कांग्रेस पाटी तथा भातृ एवं सुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पुसको २८ र २९ गते दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं२६ पुस। नेपाी काँग्रसले पार्टीको विभिन्न विभागमा सचिव मनोनित गरेको छ । । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् ।
उनले शुक्रवार प्रदेश समन्वय विभागको सचिवमा डा.रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा ध्रुव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे छन् ।
त्यस्तै तराई(मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म(संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभाग राजन केसी छन्।
त्यस्तै शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू।पू।सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित भएका छन् ।
पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ।सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन(स्रोत केन्द्र विभागमा विपिन किरण छन् ।
त्यस्तै अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे छन् ।
बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा।वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित भएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ पुस ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले ज्येष्ठ सदस्यहरुको समर्पण र त्यागकै कारण पार्टी स्थापित भएको बताएका छन् । मुलुककै ठुलो राजनैतिक दल बन्नुको मुख्य कारण पार्टीका ज्येष्ठ सदस्यहरु रहेको भन्दै ज्येष्ठनागरिकको त्याग र समर्पणको प्रसंशा गरे।
शुक्रबार नेपाली कांग्रेस तुलसीपुर नगर कार्य समितिले आयोजना गरेको क्रियाशील जेष्ठ नागरिक सम्मान कार्यक्रमका अवसरमा प्रमुख अतिथि समेत रहेका गिरीले यस्तो बताएका हुन्
गिरीले जेष्ठ नागरिकहरूले आफ्नो जीवन नै पार्टीप्रति समर्पण गरी लोकतन्त्र स्थापनादेखि पार्टीलाई अहिलेको स्थानसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
पार्टीप्रति प्रतिबद्धता भएका नागरिकहरूको त्याग र योगदानको प्रशंसा गर्दै मुलुकका लागि हजारौंले सहादत प्राप्त गरेको कुरा स्मरण गरे। लोकतन्त्र, सार्वभौम सत्ता, र राष्ट्रिय अखण्डताको पक्षमा नेपाली कांग्रेसको अडान सधैं बलियो रहेको भन्दै, पार्टीले नागरिकका हक, अधिकार, र आवश्यकताका विषयमा निरन्तर काम गर्दै आएको उनको भनाइ थियो।
गिरीले वर्तमान समयका राजनीतिक चुनौतीहरूलाई स्वीकार्दै सबै वर्ग र समुदायलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरे। महिला, दलित, थारु, व्यापारी, र शिक्षित वर्गलगायत सबै नागरिकलाई पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै, कुनै समस्या परे जिल्ला कार्य समिति र नगर समितिसँग संवाद गर्न आग्रह गरे।
चारसय ज्येष्ठ सदस्यलाई सम्मान
नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिले पार्टीमा क्रियाशील जेष्ठ सदस्यहरूलाई सम्मान गरेको छ। नगर सभापति सुरेश हमालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा तुलसीपुर नगर समितिले आफ्ना ४सय जेष्ठ सदस्यहरूलाई सम्मान गरेको हो।
नगरसमितिले आफ्ना सदस्यहरुलाई क्रियाशिल सदस्यताको प्रमाणपत्र ,चेबन प्रास,सल,फाइबर सिरक,जुत्ता ,टोपीले सम्मान गरेको हो । कार्यक्रमको सहजीकरण नगर सचिव विमल कुमार पौडेलले गरेका थिए।
कार्यक्रममा पार्टीका जिल्ला सभापति क्षेत्रीय, सभापति, विभिन्न वडाका वडा सभापति लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० दाङ आउने भएका छन् ।
पार्टीको तुलसीपुर नगर सम्मेलनलाई उद्घाटन गर्न उनी दाङ आउन लागेका हुन् । माघ ११ गते हुन लागेको सम्मेलनलाई सम्बोधन गर्न दाङको तुलसीपुर आउन लागेको पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जानकारी दिए ।
अरणीको मैदानमा उद्घाटन कार्यक्रम हुने पार्टीका नगर अध्यक्ष मोहन थापाले बताए । त्यसकालागि तयारी अगाडी बढाईएको उनको भनाई छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १३ पुष ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले पार्टीभित्र एकता कायम हुनुपर्ने बताएका छन्। एकले अर्कालाई दोषारोपण गरेर पार्टी बलियो नबन्ने भन्दै उनले दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी पार्टी एकता कायम गर्नुपर्ने बताएका हुन्।
नेपाली काङ्ग्रेस तुलसीपुर नगर समितिको आयोजनामा भएको १ सय दिने अभियानको समापनका अवसरमा केन्द्रीय सदस्य रसाइलीले यस्तो बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रसाइलीले पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउनका लागि सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह समेत गरेका छन्।
नेतामाथी दोष थुपारेर पार्टी बलियो नबन्ने भन्दै उनले गाली गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन्। ‘नेतामाथी दोष थुपारेर, गाली गरेर पार्टी बलियो बन्दैन। उनले भने-‘ गाली गर्ने प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई सबल बनाउन सबैले आफ्नो भूमिका ईमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।’
कार्यक्रममा पार्टीका जिल्ला सभापति शंकर कुमार डाँगी क्षेत्रीय सभापति जगत खड्का र भीमप्रकाश खड्काले आआफ्नो धारणा व्यक्त गरेका थिए। तुलसीपुर नगर समितिका उपाध्यक्ष बिनील केसीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण सचिव बिमलकुमार पौडेलले गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेताहरूले पार्टीको संगठनात्मक बिकास लागि सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
सयदिने विशेष अभियानले संगठनभित्र सकारात्मक उर्जा ल्याएको भन्दै सहभागीहरूले यस प्रकारका गतिविधि निरन्तर गर्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू, र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आइपिटिपी० को ११औँ प्लेनरी सेसनमा भाग लिन जान त्यसतर्फ जान लागेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस