रास्वपाका सांसदसहित ५१ प्रदर्शनकारी पक्राउ

   कार्तिक १३, २०८१       admin

काठमाडौँ ,१३ कार्तिक । सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मंगलबार गरेको प्रदर्शनका क्रममा ५१ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका ५१ जना नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

उनीहरूलाई काठमाडौँका विभिन्न प्रहरी वृत्तमा राखिएको छ । प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेकपा एमालेको सचिवालय बैठक जारी

   असोज २४, २०८१       admin

काठमाडौँ,२४ असोज । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेलगयातका नेताहरू उपस्थित भएका छन्।

बैठकमा हालसालै अविरल वर्षापछि निम्तिएको विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टी संगठन सुदृढीकरण, स्थानीय तहको उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

   असोज २३, २०८१       admin

दाङ,२३ असोज । नेपाली कांग्रेस लुम्बिनीको संसद दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले राजीनामा दिएपछि उनलाई सचेतकमा नियुक्त गरिएको हो।

दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार तिमिल्सिनाले दिएको राजीनामा स्वीकृति गरी आज बुधबार नेता चौधरीले रुपन्देही बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेकपा एमालेले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

   असोज ११, २०८१       admin

काठमाडौँ,११ असोज । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिए ।

साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गएको जनाए ।

ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताए । उनले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

   असोज ११, २०८१       admin

दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे।

नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको – बोल मन खोल…को रेकर्डिङ सकेर गीत सार्वजनिक हुँदा नहुँदै गायक बस्नेतको आमा बितिन्।

करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।

उनका बुवा कृष्ण बस्नेत पनि गायक नै थिए। कुनै जमानामा बुवाले गाएको गीत निकै चर्तित थियो। बुवाको निधनपछि करिब ८ वर्षअघि उनले त्यही गीत ‘चिल बस्यो टुप्पैमा…’ आफ्नै स्वरमा पुन: रेकर्ड गराएका थिए। कुनै बेला पश्चिम नेपालमा निकै चर्चित रहेको यो झ्याउरे गीत अहिले पनि उस्तै चलिरहेको छ।

‘गायकी’कलाका धनी बस्नेत आफूलाई कर्मले भने पत्रकारितातिर डोर्‍याएको बताउँछन्। गीत, संगीतलाई जीवनका संयोग र नियतिसँग गाँसिएको ठान्ने उनी अहिले पनि बेला बेला विभिन्न सांस्कृतिक महोत्सवहरूमा गाउन पुग्छन्।

अहिलेसम्म करिब आधा दर्जन गीतहरूमा स्वर दिइसकेका बस्नेत भन्छन् ‘बुवा बितेपछि उहाँको गीत गाएँ। त्यसमा बुवाको पुनर्जीवन पाएँ। अहिले यो गीत रेकर्ड सक्दा नसक्दै आमा बित्नुभयो। गीतहरू मेरा नियतिसँग गाँसिएका छन् सायद।’

दाङबाट नागरिक दैनिक तथा खोजपत्रकारिता केन्द्रका लागि रिपोर्टिङ गर्दै आएका बस्नेत हाल नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पनि हुन्।

पोख्रेल रचेतका गीतका यो शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। बस्नेतको यो स्वरलाई सुदन थापाले दृश्यमा मिसाएका छन्। २०६० सालदेखि गीतका शब्दहरू कोर्न थालेका पोख्रेलले पत्रकारितासँगसँगै लगभग दर्जनजति गीतहरू लेखिसकेका छन्। उनको गीतमा ‘स्वर’ भर्दै सांगितिक क्षेत्रमा ‘डेब्यू’ गरेकाहरू अहिले व्यावसायिक सांगितिक कर्ममा स्थापित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादीले तोक्यो प्रदेश समिती इन्चार्ज

   असोज ०, २०८१       admin

कञ्चनपुर ,९ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए । उनका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी, डडेल्धुरा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ ।

जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले तुलसीपुरमा नयाँ  नेतृत्व

   असोज ०७, २०८१       admin

दाङ, ७ असोज । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ ।

आइतबारदेखि तुलसीपुरमा भएको अधिबेशनले   रुपबहादुर खत्रीको अध्यक्षतामा नयाँ  नगर कमिटी चुनेको हो ।
जसको उपाध्यक्षमा  लक्ष्मण चौधरी ,सचिवमा जितबहादुर खड्का ,उपसचिवमा  मानबहादुर केसी,  रेवती बिक रहेका छन । नगर कमिटिमा ८५ सदस्यीय रहेको एमाले तुलसीपुरले जनाएको छ । अधिबेशनको उद्घाटन एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसको सिप विकास विभागमा सदस्यहरू मनोनीत

   असोज ०६, २०८१       admin

काठमाडौं। नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यावसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने भ्रष्टाचारी भएको शंकर पोखरेलको ठोकुवा

   असोज ०५, २०८१       admin

दाङ ,५ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको ठोकुवा गरेका छन ।
गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् , विना लगानी शेयर धनीको बिषय नेपालको कानुनले परिकल्पना गरेको छैन्` पोखरेलले भने´, बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार  गर्नु हो ।` सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको उनको दाबी छ । पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले यस्तो बताएका हुन । ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी उनले गरे । ´
सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको बताए । ´ सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।`

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा संविधान दिवस : संबिधान कार्यान्वन गर्न र संघीयता बलियो बनाउन जोड

   असोज ०३, २०८१       admin

दाङ , ३ असोज । संबिधान दिवसको अबसरमा लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान पूर्ण कार्यान्वयन आबस्य रहेको बताए ।। उनले संबिधान  कार्यन्वन र नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए  ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए । मुख्यमन्त्री आचार्यले  योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।

दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले दावी गरे । नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दिर्घकालिन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था उनले भने ।

शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पु¥याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ८० वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।
न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको जान्कारी गराए ।

मुख्यमन्त्री तथा मुल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वकाे मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेकाे बताए ।`जनमुखी कानुन निर्माण गरेका छाैं । हिजाे बनाएका कानुनलाई समय सापेक्ष बनाउनेगरी अघि बढ्ने छाैं´उनले भने-`संविधानलाई इमानदारी पूर्वक संविधान कार्यान्वयनमा जुटाैं । सबै दलकाे विचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने छ ।´

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जाेखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बाेकेकाे संविधानकाे पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए ।`मुख्य सवाल संविधानकाे पूर्ण कार्यान्वयनकाे हाे´उनले भने `सवाल कार्यान्वयनकाे हाे तर, अहिले संशोधनकाे बजार हल्ला चलाइदैछ ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चाैधरीले संविधानकाे मुल मर्म संघियता र एकता भएको बताए भएको छ ।´प्रदेशलाइ बलियाे बनाउनेगरी भूमिका बढाउनुपर्ने छ । समावेशीकाे अधिकार दिएकाे छ । संविधानकाे भरपुर उपभाेग गर्नुपर्ने छ । तर, याे अवधिमा संविधान कार्यान्वयनले गति लिन सकेकाे छैन´उनले भने -`विना प्रहरीकाे प्रदेश सरकार हुन सक्दैन । संविधान दिवस मनाउदै गर्ने तर, संविधान लागू  गर्न नसक्ने अवस्थामा पुगेका हाैं त ? हामी सबै एक ठाउँमा उभिनुपर्छ । अधिकार लिन दवाव दिनुस । संविधान दिवस मनाउने मात्रै हाेइन, कार्यान्वयनमा जाेड गराैं ।´
शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापाले  प्रदेशले कानुनी आधार निर्माण गरिसकेकाले अव विकास र प्रतिफल नागरिक तहमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेकाे बताए । संविधानकाे पूर्ण कार्यान्वयनकाे लागि राजनितीक इमानदारीताकाे खाँचाे पर्ने बताए ।

उत्सवमा झाँकी र प्रभातफेरी
संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत राेपाइ जात्रा, थारु समुदायकाे झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीकाे नाैमती बाजा सहितकाे झाकि प्रस्तुत गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology