काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।
उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ ।
रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २५ असार। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोकेका छ्न।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेका हुन् ।
स्वास्थ्य मन्त्री यादव, वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७ को उपधार २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उनिहरुले सम्हाल्दै आएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । उनले नैतिकताका आधारमा भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
संवैधानिक व्यवस्थामा विश्वासको मत लिन पाउने अधिकार भएपनि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ।
‘नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । उनले भने-‘अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ बहुमत गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २० असार ।
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन । काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन ।
त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन । सम्मानित नेतामा झलनाथ खनाल दोहोरिएका छन । बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने भएको छ । भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए ।
असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन आज सकिँदैछ । ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन । भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । एक हजार आठ सय ४० प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो । प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यभार थपिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।
‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ’, परियारले भने ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।
यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल मुखमा कालोपट्टी टांसेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ गर्न नमानेपछि उनले विरोध जनाएका हुन् ।
केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोधस्वरूप उनी मुखमा कालो टेप टाँसेर बैठकमा बसेका हुन् । उनले मुखमा मास्कसहित बाहिरबाट टेप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १८ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको मुख्य कार्यालय सानेपामा पुगेका छन्।
कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
मुख्यालयमा पुगेसँगै नेपाली काङ्ग्रेसले एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत गरेको छ।
कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए ।
ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए ।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका दाहाल पार्टीको पदाधिकारी बैठक सकेर बालुवाटारबाट शीतल निवास पुगेका हुन् ।
माओवादी पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।
तर कांग्रेस र एमालेले भने राजनीतिक रुपमा अल्पमतमा परेकाले राजीनामा दिइ मार्ग प्रशस्त गर्न भनेका छन् ।
दाहालले प्रधानमन्त्री पद नछोड्ने बरु सबै दलसँग संवाद अघि बढाउने रणनीति तय गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस