बजेट नचाहिने भन्दै ज्ञानेन्द्र शाहीले गरे बजेट पुस्तिका फिर्ता

   असार ०५, २०८१       admin

काठमाडौँ ,४ असार । कर्णाली प्रदेशलाई बजेट नचाहिने भन्दै राप्रपाका सांसद राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

उनले भने यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिदैन बजेट ।ु

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काङ्ग्रेस सदस्य नेपालीको शोकससभा

   असार ०१, २०८१       admin

हिमाल महरा,३२ जेठ । नेपाली कांग्रेसले बंगलाचुली गाउँपालिका वडा नम्बर.४ वडा कार्यसमिति सदस्य खेतुलाल नेपालीको १३ औ दिनको पुण्य तिथिमा शोकसभा गरेको छ ।
मोटरसाईकल दुर्घटनामा परि निधन भएका नेपालीको शुक्रबार शोक सभा गरियको हो ।

शोक सभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरे, नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तेज बहादुर विक, जिल्ला सदस्य विर बहादुर खत्री (विरु), नेपाल तरुण दल केन्द्रीय सदस्य पवन आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सदस्य देबा जिसी, क्षेत्रिय प्रतिनिधि धनेश्वर भण्डारी, नेपाली कांग्रेस बंगलाचुली उपसभापति दोर्ण खत्री लगायतको शोक मन्तव्य राखेका थिए ।

उनीहरुले नेपाली काङ्ग्रेसले असल युवा नेता गुमाएको बताउदै उनलेे पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । नेपालीको निधनले समाजले असल , कर्तव्यनिष्ठ ब्यक्ती गुमाएको बताए । शोकसभा नेपाली काङ्ग्रेस बंगलाचुली गउँपालिका–४ का वार्ड सभापती शिवराज परियारको सभापतित्वमा भएको थियो ।
शोकसभाको सहजिकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए । नेपालीको गत जेठ २० गते मोटरसाइकल दुर्घटना परि ज्यान गएको थियो ।

आर्थिक सहायताका लागि ९५ हजार ७ सय रुपैया संकलन

यसैविच स्वर्गीय नेपालीको परिवारका लागि थालिएको आर्थिक सहयोग अभियान बाट ९५ हजार ७ सय १५ रुपैया संकलन भएको अभियानका संयोजक विक्रम डाँगीले जानकारी दिए । उक्त रकम स्वर्गीय नेपालीका बुवा दिल बहादुर नेपालीलाई हस्तारण गरिएको छ ।

संयोजक डाँगीका अनुसार स्वर्गीय नेपालीको परिवार सल्लाह अनुसार नेपालीका छोरा १५ बर्ष पुगे पछि निकाल्न मिल्ने गिरी बंगलाचुलीमा रहेको सिटिजन्स बैंकमा छोराको नाममा ८५ हजार ९ सय १० रुपैया राखिने छ ।

स्वर्गीय नेपालीका २ सन्तानलाई महासमिति सदस्य घिमिरे र तरुण दलका केन्द्रीय सदस्य आचार्यले पढाउने भएका छ्न ।

सन्तानलाई महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले पढाउने घोषणा गरेका हुन । कक्षा दश सम्म प्रत्येक बर्ष १२ हजारको दरले रकम उलब्ध गराउने र कक्षा दश पछि पढ्दा जति खर्च हुन्छ त्यही अनुसार थप रकम घोषणा गर्ने उनिहरुले बताएका छन् ।
यसै बिच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर–४ कार्यसमितिले स्वर्गीय खेतुलाल नेपालीको सम्झनामा खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेतुलाल बंगलाचुलीका एक उत्कृष्ट क्रिकेट खेलाडी समेत भएका कारण उनको सम्झनामा बंगलाचुली क्रिकेट विकास समन्वय समिति संग सहकार्य गरेर खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता अयोजना गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निगालपानी –जिनावाङ ८० करोडको सडक योजना

   असार ०१, २०८१       admin


दाङ जेठ ।
रोल्पाको दुर्गम क्षेत्र तर कृषि पकेट क्षेत्र मानिने रोल्पाको जिनावाङ पुग्ने सडक निर्माण हुने भएको छ । कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना आएको हो ।
आर्थिक वर्ष २०८१÷०८२को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक निर्माण गर्न लागेको हो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । त्यहि योजना अनुसार चौधरीले संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजना ल्याएका हुन् ।


मुख्यमन्त्रीको कार्यकालमा जिनावाङ पुगी त्यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नति र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाएका चौधरीले सडकको योजनालाई पूर्णता दिएका हुन् । सल्यान र रोल्पाको सीमाना त्रिवेणी गाउँपालिका रोल्पाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली बहादुर चौधरीले बताए ।

त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।


कृषि क्षेत्रको नमुना विकासका लागि “जिनावाङ मोडेल” आवश्यक छ, चौधरीले भने, सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ । सडक बन्यो भने जिनावाङ्गी किसानलाई पहुँच मार्गको रुपमा सहयोग पुग्ने छ । किसानको बीचमा बोलेको कुरा पूरा गरेको छु, चौधरीले भने, अब सबै लागेर योजनाको काम पूरा गर्नेतर्फ लागांै ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।
जिनावाङका स्थानीय किसान इन्द्र खत्रीले बाटोको योजनाले खुसी बनाएको बताए । हामी किसानहरुका लागि यति ठूलो योजना आउनु गौरवको कुरा हो । यो योजना ल्याइदिने पूर्व मुख्यमन्त्री डिल्ली चौधरीले धेरै–धेरै धन्यवाद छ ।
उनले मन्त्री आएर गाउँमै बोलेको कुरा पूरा गरिदिएको बताए । रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले जिल्लामै ठूलो योजना आएको र त्यसलाई समयमै पूरा गर्नेतर्फ कार्यालय लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

   जेठ २८, २०८१       admin

कास्की,२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ ।


उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै

   जेठ २८, २०८१       admin

कास्की,२८ जेठ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छ्न। उनले आज दिउसो विश्वासको मत लिने भएका हुन् ।


विश्वासको मत लिने भएपछि कांग्रेस सांसदलाई आइतबारदेखि नै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य दल र सांसदसँग छलफल गरिरहेका छन् । राप्रपा र अन्य सांसदसँग पनि त्यहींबाट संवाद गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा। बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०सँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्केको नेताहरुको दाबी छ ।

जेठ २५ गते काठमाडौंबाट फर्केलगत्तै मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने जानकारी संसदलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पदभार लगत्तै मुख्यमन्त्री सिंहका ९ निर्णय

   जेठ २५, २०८१       admin

दाङ,२५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेका छ्न। शुक्रबार पदभार ग्रहण लगत्तै गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।

यस्तै मधेश प्रदेशका प्रत्‍येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने उनले बताए । मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय भएको उनले बताए ।

वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोदीको सपथमा प्रधानमन्त्री दाहाल जाने

   जेठ २४, २०८१       admin

काठमाडौँ,२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीका मुख्यन्त्री महरालाई ज्ञापनपत्र

   जेठ २३, २०८१       admin

दाङ, २३ जेठ । युवा संगठन नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र मुख्यमन्त्री महरालाई बुझाएको हो ।
संगठनले सी जातिको कानुनी मान्यता पाउनुपर्ने भन्दै जिल्लाभर संकलन गरेको हस्ताक्षरलाई बुधबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मानव जाति एउटै जाति हो भन्ने सबैमा समान बुझाइ हुनुपर्ने भन्दै सी जातिको कानुनी मान्यताको लागि जेठ १५ गतेदेखि १८ गतेसम्म हस्तक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।

अभियान अवधिभर १५ हजार बढी हस्ताक्षर संकलन भएको र अभियानबाट संकलित भएको हस्ताक्षरलाई मुख्यमन्त्री समक्ष बुझाएको संगठनले जनाएको छ ।

सी जातिलाई कानुनी मान्यता दिन सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा देशभरका नागरिकहरु उत्साहकासाथ हस्ताक्षर अभियानमा सहभागी भएको संगठनले बताएको हो । संगठनको योजना अुनसार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई हस्ताक्षर र संगठनको ज्ञापनपत्र बुझाएको हो ।

पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका फ्याक्सन इञ्चार्ज सम्झना सीको नेतृत्वमा संगठनका केन्द्रीय कोषाध्यक्ष जीवनी सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दीपक सी, संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज पदम सी, संगठनका केन्द्रीय सदस्य अदीप सीलगायतको टोलीले संयुक्त रुपमा मुख्यमन्त्री महरालाई सी जातिको कानुनी कान्यताको लागि संकलित हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेकपा एस मधेस सरकारबाट बाहिरिदै

   जेठ २२, २०८१       admin

काठमाडौँ,२२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मधेस सरकारबाट बाहिरिने भएको छ। केन्द्रीय गठवन्धन अनुसार मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी भएको एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए ।

“केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने निर्णय गरेका छौँ । उनले भने –‘सरकारबाट बाहिरिने तयारी गरेका छौँ । सम्भव भएसम्म आजै हाम्रा मन्त्रीहरूले राजीनामा बुझाउनुहुन्छ,।”

जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् । त्यहाँ एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुंगेली मन्त्री छन् । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिर लागेको हो ।

यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए । पटेलले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुठी पीडितमाथीको  रवैया नरोके संघर्ष घोषणा गर्छौं:  विप्लव

   जेठ २०, २०८१       admin

हेमन्त प्रकाश वली । जेठ २० , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।
नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेका हुन् ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्वर्गद्वारी गोरक्ष लगायत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाइ घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बिज्ञप्तीमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।

बिज्ञप्तीमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology