लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

   भदौ ०४, २०८१       admin

७० मत पक्षमा , ११ विपक्षमा

दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन । 

प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका थिए । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत  आएको छ ।

साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

   भदौ ०४, २०८१       admin


दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको लिन लागेका छन । आज भैरहेको  प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका छन ।

लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासकाे मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरुसंग पनि विश्वासकाे मत दिन अनुरोध गरेका छन  । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अध्यक्ष भण्डारीले गरे जन्मदिनमा रक्तदान

   भदौ ०४, २०८१       admin

दाङ , ४ भदौ। तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । चेम्बर अफ कमर्सको आयोजनामा भण्डारीले रक्तदान गरेका हुन् ।

उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा चौध जना व्यक्तिहरुले रक्तदान गरेका थिए । जन्मदिनका अवसर पारेर अरेक वर्ष सामाजिक कार्य गर्दै आएका अध्यक्ष भण्डारीले यस पटक रक्तदान गरी जन्मदिन मनाएका हुन ।

 चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य टोप बहादुर घर्ती, सल्लाहकारहरु नेत्रलाल ओली, तेज बिक्रम घर्ती, नन्दन रोका, निवर्तमान महासचिव प्रेम प्रकाश ओली, लाईन्स क्लव दाङका अध्यक्ष गोरख ओली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सन्तोष कुमार खड्काको स्वागत मन्तव्य र महासचिव दुर्गा प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शान्तिनगर गाउँपालिकाको मुख्यालय जुम्लेकुला सारियो

   भदौ ०२, २०८१       admin


दाङ, २ भदौ । दाङको शान्तिनगर गाउँपालिकाको मुकाम परिवर्तन भएको छ । स्थापना देखि पालिकाको मुकाम रहेको स्थानबाट नयाँ ठाउँमा कार्यालय सारिएको हो ।

शान्तिनगर वडा नं ४ चिराघाटमा रहेको कार्यालय जुम्लेकुलामा सारिएको हो । आइतबारबाट कार्यालय सारिएको मंगलबारबाट नयाँ  ठाउँबाट सेवा दिइने  अध्यक्ष प्रमोद बस्नेतले बताए । 


४ बर्ष अघि पालिकाको मुख्यालय सार्ने निर्णय भएको थियो । त्यो अहिले कार्यान्वयन  भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसदीय समितीको सभापतिमा दुइजना सर्वसम्मत

   श्रावण ३१, २०८१       admin

काठमाडौं,३१ साउन। संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । दुइ समितीका लागि सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

उनीहरुलाई बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरे ।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा नवनिर्वाचित सभापतिहरुले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

   श्रावण ३०, २०८१       admin

धनगढी,३० साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा उनलाई ३६ सांसदले समर्थन जनाए ।

शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत दिए भने माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरी ८ सांसदले विपक्षमा मतदान गरे । स्वतन्त्र सांसद डा ताराप्रसाद जोशी तटस्थ बसे ।

संघमा राजनीतिक समीकरण परिवर्तन भएपछि २० साउनमा शाह मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप

   श्रावण ३०, २०८१       admin

धनगढी,३० साउन । विश्वासको मत लिन लागेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहजारी गरेको छ । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन् । तर हालै सत्ताबाट बहिर्गमन भएको एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने जानकारी दिए । सुदूरपश्चिममा समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त शाहलाई कांग्रेसका १८ र एमालेका ७ जना प्रदेशसभा सदस्यसँगै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य छन् । बहुमतको सरकारको लागि यहाँ २७ सिट सङ्ख्या चाहिन्छ । यहाँ कांग्रेस र एमालेको मात्रै २९ पुग्ने भएको छ ।

समाजवादीसँग नेकपा माओवादी केन्द्र पनि विपक्षमा मतदान गर्ने भएको हो । माओवादी संसदीय दलका उपनेता अक्कल रावलले विपक्षमा मतदान गर्ने बताए । माओवादीका यहाँ सभामुखसहित ११ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाले सातै प्रदेशमा राष्ट्रिय भेला गर्ने

   श्रावण ३०, २०८१       admin

काठमाडौँ, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । रास्वपाले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए। राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले जनाएको छ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए। त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामाथि पनि छलफल हुनेछ।

राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सांसद बोल्दाबोल्दै माइक काटिएपछी संसदमा हंगामा मच्चियो

   श्रावण २, २०८१       admin

काठमाडौँ २९ साउन। प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद हरि ढकाले बोल्दा बोल्दै सभामुख देवराज घिमिरेले माइक काटिएपछि संसदमा हंगामा मच्चिएको हो। आज मङ्गलबार बसेको बैठकमा सांसद ढकालले आकस्मिक समयमा बोलिरहेका थिए।

ढकालले नेपाल विद्युत प्राधिकरण र सरकारबीच देखिएको टसलबारे कुरा राख्न सुरु गरेपछि सभामुख घिमिरेले माइक काटेका थिए ।

सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिए। उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए।

उनले भने, ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। संविधान र संसदको नियमावली विपरीत भयो भने सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर यो विषय बोल्न पाइँदैन भन्ने कुरा मान्य हुँदैन। सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्दैनौँ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नयाँ युवा नीति आबश्यक : राष्ट्रपति  पौडेल

   श्रावण २८, २०८१       admin

काठमाडौ , २८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको रास्ट्रपति पौडेलले बताए ।

राष्टपतिले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको समेत बताए।
राष्ट्रपति पाैडेलले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सीमितता रहेको बताए ।

उनले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे। नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौंतारिनु नपर्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology