दाङ,२३ पुस। राष्ट्रियसभा सदस्यको निर्वाचनमा विभिन्न समूहका उम्मेदवारको मनोनयन दर्ता भएको छ। १९ सदस्यका लागि माघ ११ गते हुन लागेको निर्वाचनमा विभिन्न समुहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६ , अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
कुन प्रदेशमा कतिको उम्मेदवारी ?
आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२३ पुस । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेता बिष्णुकुमारी सापकोटा र नेकपा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए छ ।
गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन । सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दङ्गीशरण गाउँपालिका शम्भु गिरी रहेका छन ।
सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस