लुम्बिनीका मुख्यमन्त्रीले राजिनामा दिने तयारी

   चैत २२, २०८०       admin

दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।

आज बस्ने प्रदेश सभाको चौथो अधिवेसनमा विश्वासको मत लिने कार्यसूची भएपनि आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछी संसद बैठकलाई सम्वोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन ।

विश्वासको मत लिने र सरकारलाई जोगाईराख्ने कसरतमा मुख्यमन्त्री देखिएपनि साना राजनीतिक दलहरु पनि नयाँ राजनीतिक समिकरणको आधारमा सरकार बनाउने कसरतमा जुटेपछी सरकारले विश्वासको मत नपाउने अवस्था छ । मुख्यमन्त्री चाैधरीले आफ्नो राजिनामा बारे नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा जानकारी गराएका छन् !

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् ।


मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछी पनि बहुमत पु¥याउन सक्ने अवस्था देखिदैन । कांग्रेस, नागरिक उन्मुक्ती पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन् । नयाँ राजनीतिक समिकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । लुम्बिनीमा माओवादीले सरकार बनाउनेगरी दलहरु संग छलफल अघि बढाएको छ । संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्व. खड्काको शालिक देउवाले अनावरण गर्ने

   चैत १४, २०८०       admin

दाङ,१४ चैत । नेपाली काँग्रेसका पुर्व महामन्त्री, क्रान्ति नायक स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गरिने भएको छ । नेपाली काँग्रेसका सभापती एवम पुर्व प्रधान मन्त्री शेरबहादुर देउवाले शालिकको अनावरण गर्ने भएका छन् ।

यही चैत १६ गते विहान ११ वजे शालिक निर्माण गरिएको स्थलमा एक कार्यक्रमको आयोजना गरि अनावरण गरिने नेपाली काँग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । स्वर्गीय खड्काको शालिक लमही नगरपालिका वडा नं ९ अमेलीयामा निर्माण गरिएको छ । नेपाली कांग्रेस दाङको नेतृत्व तथा नेपाली कांग्रेस क्षेत्र नं १ को संयोजनमा शालिक निर्माण गरिएको दाङ कांग्रेसले जनाएको छ ।

शालिक अनावरण कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्था लगायत सम्पूर्णलाई नेपाली काँग्रेस दाङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस दाङ क्षेत्र नं २ ‘क’ को सम्मेलन चैत १७ मा

   चैत १३, २०८०       admin

दाङ, १३ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र न २ (क) को दोस्रो सम्मेलन यही चैत १७ गते हुने भएको छ । सम्मेलनलाइ सम्बोधन गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) दाङ आउने भएकी हुन् ।

सम्मेलन चैत १७ गते शनिवार घोराहीमा विहान साढे ११ बजे बाट सुरु हुने नेपाली कांग्रेस कांग्रेस दाङ क्षेत्र न २ (क) का प्रचार प्रसार बिभागका संयोजक देबा जि सीले जानकारी दिइन् ।

सम्मेलनमा सहभागी हुन कालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्य कर्ता, भातृ तथा सबेच्छुक संघ संस्था लगायत सम्पूर्णलाइ अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेसपाको कार्यकारीणी समितिको बैठक बस्दै

   चैत ०४, २०८०       admin


काठमाण्डौं, ४ चैत । नेपाल समाजवादी पार्टी ९नेसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । हिजो शनिबारमात्रै नेकपा माओवादी केन्द्रसंग नेसपाले पार्टी एकताको सहमति गरेको ।

पार्टी एकताको सहमतिले पार्टी भित्र उत्पन्न परिस्थितिका बिषयमा छलफल गर्न कार्यकारिणी समितीको बैठक बस्न लागेको हो।

अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा आज मध्याह्न १२ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बोलाइएको नेता रोशन पोखरेलले जानकारी दिए ।
शनिबार नेसपाकै एक समूहले माओवादीसँग एकता गर्ने समझदारी गरेपछि सो पार्टी संकटमा परेको छ ।
बैठकमा पार्टीभित्र उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर आवश्यक निर्णय लिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेसपा र माओवादीबिच पार्टी एकता

   चैत ०३, २०८०       admin

दाङ,३ चैत । नेकपा माओवादी र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता भएको छ। नेसपा पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेसंगै माओवादी केन्द्रसंग एकता भएको हो।

बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

   चैत ०२, २०८०       admin

काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरेको छ। सहकारी ठगीको आरोप लागेको भन्दै गृहमन्त्री लामिछाने बिरुद्ध राजीनामा माग गरिएको हो ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै काँग्रेसका सांसदहरूले उठेर उनको विरोध गरेका हुन् ।

प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

उनले लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेकोले राजीनामा गर्न माग गरे। उनले भने( ‘म आग्रह गर्न चाहन्छु गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

पौडेलले अनुसन्धानमा रहेको घेरामा रहेको हुनाले लामिछानेले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी लिनु र उनलाई त्यस्तो जिम्मेवारी दिनु उचित नहुने धारणा राखेका थिए ।
‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने । बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी सञ्चालकको बचतबाट आफूहरूको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग राखेका छन् ।

पौडेलले संसद्को प्रश्नबाट प्रधानमन्त्री भागेर हिँडेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्डलाई विश्वासको मत प्राप्त

   फागुन ३०, २०८०       admin

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए

प्रतिनिधिसभाको बैठकमा मागिएको विश्वासको मतको समर्थनमा १५७ सांसदले प्रधानमन्त्रीको पक्षमा समर्थन जनाएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत), जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीका सांसदहरु र स्वतन्त्र दुई सांसदले समर्थन जनाएका छन् ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका ११० सांसदहरुले मतदान गरेका छन् ।

यस्तै एकजना तटस्थ बसेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

विश्वासको मतमा मत विभाजन हुनुअघि विभिन्न दलका प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे ।

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डको आह्वान

   फागुन ३०, २०८०       admin

काठमाडौं, ३० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् ।

यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ ।

सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, -‘यदि विश्वासको मत प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झलमल शहरको अलमल वस्ती

   फागुन २५, २०८०       admin

आहा! सुन्दै आन्नद आउने
खै कहिले देखु देखु हुने
मन नै खलबलाउने गरी
उस्कै चित्रण घरी घरी हुने
चन्चल मनको चन्चल सपनी
झलमल शहरको अलमल कहानी ।।

बेमौसमी फलको स्वाद झै
कता कता छिपछिप मनमा
उस्कै लहरका गुनगान गाउने
रमेकै छन् ,कमाएकै छन्
शब्द सुन्दा मन नै कता कता
भक्कानीएर झलमल शहरमा अलमलाउने ।।

हो! म पनि त्यही बाटो गल्ली हुदै
सपनाका पोकाहरू धोक्रोमा राखी
उस्कै पछि लागे उज्ज्वल सपनी बोकी
खै कस्तो छ , कहाँ छ , के छ त्यहाँ त्यस्तो
झलमल शहरको विरानो बाटो
झलमल शहरको बिरानो बाटो !

ठोक्किदै छु म निर्वस्त्र सपनामा उस्तै
धाउदै छु कलम र कपी बोकी सस्तै
म पनि उस्तै भए सस्तो खै कस्तो कस्तो
मग्न त्यी खोक्रो शब्दका अक्षर जस्तो
भुलभुलैया रहेछ चर्चा सबथोक यहाँ
दलदलमा फुलेको फुल रहेछ कहानी यस्तो ।।

म गलेको छु उस्तै छट्पटाहटमा सम्झेर भोली
गोली ठोकेको छ यो छातीमा सम्झेर होली
खै! उठ्छु या उठ्दैन म बज्रप्रहार भएको छ
सपनी सबै चितामा लम्पसार परेको छ
बिन्ती छ दागबत्ती पाऊ है ए! झलमल शहर
तिम्रो शहर रहेछ अलमल कहर अलमल कहर ।।

लेखक: समिप आचार्य
✍️यात्री

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाले टुंग्यायो मन्त्री: गृहमा रवि , शिक्षामा सुमना

   फागुन २३, २०८०       admin

काठमाडौं ,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology