प्रतिफल आउने गरि लगानी गरौँ: मुख्यमन्त्री चौधरी

   माघ ०५, २०८०       admin

दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन् । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्ने बताए।
हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौ उनले भने-‘ अव त्यो खोजौ । ‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उनले भने-‘ यो अनुसारकारको योगोगले नीति बनाउनु पर्छ ।  
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस भन्ने लक्ष्यमा छ ।

आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ । लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनु पर्छ, उनले भने, त्यो उपयोगी र काम लाग्ने हुनु पर्छ ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युवा स्वदेश फर्काउन नयाँ ढङ्गको काम आवश्यक : गृहमन्त्री

   माघ ०४, २०८०       admin

काठमाडौं, ४माघ ।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीएका युवालाइ स्वदेश फर्काउने वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

युवाहरु विदेशी पलायन भइरहंदा देशमा वृद्दाश्रमको संख्या बढ्दो देखिने संभावना रहेको भन्दै उनले युवालाइ पलायन हुनबाट रोक्न जरुरी रहेको बताए। यसका लागि नयाँ ढंगले काम गर्नुपर्ने उल्लेख गरे।

उनले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता समेत जनाएका छन् । देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए। उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताए । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

   माघ ०३, २०८०       admin


काठमाडौं,३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् ।
बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन पनि निर्देशन दिएका छन् ।
‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ । यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्’, प्रधानमन्त्रीको निर्देशन छ ।
प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

   माघ ०१, २०८०       admin

नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको  छ ।


दाङ, १ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथ संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताए । यस महान् पर्वले सबैमा उत्साह एवम् उमंग थपोस् र सबै बीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन ।
नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको  छ,  सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ ।
माघी थारु जातिको नयाँ बर्ष , मगर समुदायको नयाँ बर्ष (५०१६) समेत भएकाले संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै हर्ष, खुशीका साथ मनाउदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेक छ्न । पर्वले  शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस शुभकामनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्णाली सरकारको एक वर्ष : उपलब्धि कति ?

   पुष २, २०८०       admin

सुर्खेत , २९ पुस । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको बताए ।

मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको बताए । गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए ।

मुख्यमन्त्री शर्माले एक वर्षको कार्यकालमा चार विधेयक र १८ नियमावली पारित, प्रदेशसभामा तीन विधेयक दर्ता, १६ कार्यविधि निर्माण, पाँच निर्देशिका, तीन मापदण्ड र छ रणनीति योजना तयार, मन्त्रिपरिषद् बैठकबाट १२ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए ।

कर्णालीमा दुई हजार नौ सय २९ स्वीकृत कर्मचारी दरबन्दीमा समायोजन तथा संघीय सरकारबाट कामकाजमा खटाइएका, लोक सेवा आयोगबाट सिफारिस भएका र करार सेवा गरी दुई हजार ८६ जनशक्ति पदपूर्ति गरिएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सबै मन्त्रालयमा छलफल भई स्वीकृतिको अन्तिम चरणमा पुगेको उनले बताए ।
त्यसैगरी सरकारले प्रदेश लोक सेवा आयोगबाट स्थानीय तहमा ८२६ र प्रदेशमा ३२२ गरी एक हजार १४८, सहायक चौथो र पाँचौँ गरी ४७७ जनालाई स्थायी नियुक्ति दिएको छ । त्यस्तै नवौँ तहका १७, सातौँ तहका सात, पाँचौँ तहका पाँच र चौथो तहका तीन गरी ३२ वटा पाठ्यक्रम तयार गरिएको मुख्यमन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर नगर जेसिज २०२४को अध्यक्षमा डाँगी

   पुष २८, २०८०       admin


युवाको विकासका लागि प्रदेश सरकार संगै छ ः मुख्यमन्त्री चौधरी

दाङ, २८ पुस । तुलसीपुर नगर जेसिज २०२४को अध्यक्षमा पूर्ण बिक्रम डाँगी चयन भएका छन । नव निर्वाचित अध्यक्ष डाँगीले शनिवार एक समारोहका बीचमा पदभार ग्रहण गरेका छन ।
तुलसीपुर नगरजेसीजको १२औ पद हस्तान्त्रण कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन । तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वलीको अध्यक्षतामा तथा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा एवम योजना आयोजका उपाध्यक्ष डा.नहकुल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवाहरुसीप र रोजगारमा लाग्नु पर्ने बताए । उनले प्रदेश सरकारले युवा, महिलाहरुको रोजगारीको लागि योजना ल्याएको भन्दै सहकार्य गर्न र जोडिन आग्रह गरे । उनले कसले के गर्न सक्नु हुन्छ आउनुस प्रदेश सरकार कार्यक्रम हेरेर युवा महिलालाई उद्यमी बनाउन र कमाउन सक्के वनाउनका लागि सहकार्य गर्न तयार छ । उनले जेसीज नेतृत्वको पाठशाला भएको हुँदा यसको सहि सदुपयोग गरेर जानु पर्ने बताए ।
योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले जेसीजको इतिहास लामो भएको हुँदा युवा क्षमता विकासमा जेसीजको मुख्य भूमिका रहेको बताए । युवाहरु उद्यमशिलता र दिगो विकास तथा व्यवस्थापनमा लाग्नु पर्ने उनले बताए । उनले जेसीज प्राज्ञिक र व्यवसायीक युवा निर्माणमा लाग्न जोड दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भालुवाङ बस दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दुख व्यक्त

   पुष २८, २०८०       admin


दाङ, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुक्रवार राती राप्तीपुलमा भएको बस दुर्घटनाको दुख ब्यक्त गरेका छन ।

मुख्यमन्त्री चौधरीले शनिबार शोक विज्ञप्ती जारी गर्दै दुर्घटनाले जनधनमा अतुलनीय क्षती पुगेको बताएका छ्न ।  चौधरीले दुर्घटनामा राती नै खटिएर उद्दार र उपचारमा सक्रिय  रहने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद दिएका छ्न । दुर्घटनामा परी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामा गर्दै घाइतेहरुको उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन । मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै परिवार जनमा समवेदना प्रकट गतेका छन ।
यस्तो छ शोक विज्ञप्ती
भे.१ख.३९१२ नं.को यात्रुवाहक बस दाङको भालुवाङमा शुक्रवार राती राप्ती पुलबाट नदिमा खसेर भएको दुर्घटनाले र त्यस्ले निम्त्याएको  जन धनको ठूलो क्षेतीले मर्माहत बनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गर्दछु । उद्दार र उपचारमा खट्नुहुने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु

डिल्ली बहादुर चौधरी
मुख्यमन्त्री

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुल्सीपुर उपमहानगरपालिकाको मुलगेटमा तालाबन्दी

   पुष २६, २०८०       admin

दाङ, २६ पुस ।दाङका टेक्टर व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी गरेका छन । उपमहानगरपालिकाको मुल गेटमा बिहीबार तालाबन्दी भएको हो । व्यवसायीले नदिजन्य पदार्थ उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुख दिएको, बैधानिक रूपमा नदीजन्री बस्तु ओसारपसार गर्दा समेत नियन्त्रणमा लिएर कारबाही गर्न खोजेको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् । 
जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुको आरोप  छ । नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगरपालिकाले अनाहकमा दुख दिएपछि गेटमै तालाबन्दी गर्नुपरेको व्यावसायि अशोक भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको उम्मेदवारी

   पुष २३, २०८०       admin

दाङ,२३ पुस। राष्ट्रियसभा सदस्यको निर्वाचनमा विभिन्न समूहका उम्मेदवारको मनोनयन दर्ता भएको छ। १९ सदस्यका लागि माघ ११ गते हुन लागेको निर्वाचनमा विभिन्न समुहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६ , अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

कुन प्रदेशमा कतिको उम्मेदवारी ?

आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। 
बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । 

कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी 

   पुष २३, २०८०       admin

दाङ ,२३ पुस । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन । 

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेता बिष्णुकुमारी सापकोटा र नेकपा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए छ । 

गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन । सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दङ्गीशरण गाउँपालिका शम्भु गिरी रहेका छन ।  

सुवेदीको प्रस्तावकमा  लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology