काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारका क्रममा आलमको मृत्यु भएको पुष्टि गरेका छन्।
आलमका छोरा डा. राजीक आलमका अनुसार केही समयअघि भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा पनि उनका बुवाको उपचार गरिएको थियो। भारतमा सुधार देखिएपछि घर ल्याइए पनि फेरि स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। यसअघि नख्खु कारागारबाट छुटेपछि केही दिनमै मस्तिष्कघात भएको र माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्नताको आरोपमा आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय दिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठमा उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी नख्खु कारागारबाट छुटेका थिए। करिब छ वर्ष जेलजीवन बिताएपछि स्वतन्त्र बनेका आलम छुटेको केही दिनमै मस्तिष्कघात भएपछि फेरि अस्पतालमा भर्ना भएका थिए।
रौतहट क्षेत्र नम्बर २ बाट लगातार चारपटक सांसद निर्वाचित भएका आलम क्षेत्रका प्रभावशाली नेता मानिन्थे। उनी पहिलो संविधानसभा निर्वाचनदेखि नै त्यहाँको राजनीतिक शक्तिका रूपमा परिचित थिए। दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजाबाट पराजित भए पनि २०७४ को संसदीय निर्वाचनमा पुनः जित हासिल गरेका थिए।
आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनका काका शेख इद्रिसको प्रेरणाले कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी २०४५ सालमा कांग्रेस रौतहटका जिल्ला सभापति बनेका थिए। उनी विभिन्न कालखण्डमा श्रम, वन, स्थानीय विकास र भूमिसुधारजस्ता मन्त्रालयमा राज्यमन्त्री र मन्त्री बने। आलमका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजीक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । नेकपा कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति र कम्युनिष्ट एकताको सम्भावनाबारे विस्तृत छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका छैनन्,’ उनले भने, ‘त्यसैले यो राज्य संरचना परिवर्तन गरेर मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको चुनाव गर्न सकिन्छ।’
विप्लवले प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने आवश्यकता रहेको बताए तर अहिलेको अवस्थामा त्यो सम्भव नभएको स्पष्ट पारे।
‘अहिले प्रत्यक्ष कार्यकारी भनियो भने पैसाको बलमा एनजिओ डाँकाहरू, विदेशी डलर ल्याएर जनतालाई भ्रष्टीकरण गर्नेहरूले देशविरुद्ध गतिविधि बढाउने खतरा रहन्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता एनजिओहरूमा नियन्त्रण र प्रतिबन्ध लगाइएपछि मात्र निष्पक्ष चुनाव सम्भव हुनेछ।’
उनले थपे, ‘विदेशीको दाना खानेले निष्पक्ष चुनाव दिन सक्दैन, विदेशीको इशारामा चल्ने शासकले पनि नेपालमा निष्पक्ष चुनाव गराउन सक्दैन।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूमध्ये संयुक्त छलफल सम्पन्न भएको छ।
छलफलमा पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, नेसपा ९नयाँ शक्ति० नेतृ दुर्गा सोवलगायत सहभागी थिए।
जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै समग्र राजनीतिक पुनर्गठन र वैकल्पिक राजनीतिक ध्रुवीकरणका विषयमा छलफल केन्द्रित भएको सहभागी नेताहरूले जानकारी दिएका छन्।
छलफलमा भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका सम्भावनाबारे पनि विस्तृत विचारविमर्श गरिएको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै गर्नुपर्ने मागसहित आज बत्तिसपुतलीमा भेला हुँदैछ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनको मिति तय गर्न नसकेपछि नियमित महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला आह्वान गरेका हुन्।
महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका थिए। तर, यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ।
नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराईका अनुसार भेला नियमित समयमै महाधिवेशन गर्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। “महाधिवेशन ढिलाइ भइरहेको अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन यो भेला गरिएको हो,” उनले भने।
यो भेला सभापति शेरबहादुर देउवा निकट, नेता शेखर कोइराला निकट र पूर्वमहामन्त्री शशांक कोइराला निकट समूहले आयोजना गरेको हो। यसअघि विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्र अर्को समूहले पनि भेला आयोजना गरेको थियो। सो पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग प्रस्तुत गरेको छ। तर, नियमित महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आवश्यक नभएको भन्दै समयमै नियमित अधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीका घटकहरूलाई अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्।
बुधबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै उनले विगतका विभाजनहरूबाट पाठ सिक्दै स्थायी एकताको बाटो लिनुपर्ने बताए। “आज एकताको लागि यहाँ उपस्थित सबै घटकहरूलाई म भन्न चाहन्छु अब हामी कहिल्यै फुट्ने छैनौं, यही संकल्पका साथ अघि बढौं,” खनालले भने।
उनले यसअघि पनि कम्युनिस्ट एकता भएको तर त्यसले दीर्घकालीन रूप लिन नसकेको स्मरण गराउँदै भने, “यसअघिका एकताहरू पनि गर्यौं तर ‘ए’ बेग्लै भयो, ‘कता’ बेग्लै भयो। अहिले पनि बाहिर धेरै पार्टीहरू छन् — उनीहरूलाई पनि नयाँ ढंगले सोच्न आग्रह गर्छु।”
नेता खनालले कम्युनिस्टबीच आपसी आरोप–प्रत्यारोप नगरी सहकार्य र एकताको भावनामा अघि बढ्नुपर्नेमा जोड दिए। “अब आरोप होइन, आपसी विश्वास र सहकार्यको भावना चाहिन्छ,” उनले भने।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको वरीयताक्रम तोकिएको छ। भृकुटीमण्डपमा बुधबार १० कम्युनिस्ट पार्टीबीच एकता घोषणा गर्दै नयाँ संरचना बनाइएको हो।
घोषणा सभामा नेता महेन्द्रराय यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोक्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव हलबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
विभिन्न कम्युनिस्ट घटकहरू एकीकृत हुँदै गठन गरिएको नयाँ पार्टीको औपचारिक घोषणा भृकुटीमण्डपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । नेकपा (एमाले) बाट अलग भई चार वर्षअघि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) अन्ततः तीन टुक्रामा विभाजित भएको छ।
अध्यक्ष माधव नेपालसहितको बहुमत समूह माओवादी केन्द्रसहितका १० वाम घटकसँग एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेको छ। यस समूहमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतका नेताहरू सामेल छन्।
यस्तै, महासचिव घनश्याम भुसालले भने एकीकृत समाजवादीलाई पुनर्गठन गरी नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने घोषणा गरेका छन्। भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायत नेताहरूले साथ दिएका छन्। उनले आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताएका छन्।
तेस्रो पक्षमा नेतृ रामकुमारी झाँक्री छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्। झाँक्री समूह अहिले कुनै पनि पार्टीमा नजाने बताएको भए पनि एमालेमा फर्कने सम्भावना बढी रहेको संकेत दिइएको छ।
२०७८ सालमा माधव नेपाललाई साथ दिँदै एमाले विभाजनमा भूमिका खेलेकी झाँक्री अहिले पुनः एमालेमै फर्किने संकेतसहित चर्चामा छिन्।
यसरी, चार वर्षअघि एकताको नाममा बनेको नेकपा (एकीकृत समाजवादी) आज तीन धारमा विभाजित भएको छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी हौं, तर अहिले आन्दोलन हाम्रो विरुद्धमा छ।”
उनका अनुसार अहिले कांग्रेस एक किसिमले सडकमा फ्यालिएको अवस्थामा पुगेको छ। “कार्यकर्ता र शुभेच्छुकको प्रश्न हामीप्रति छ। यी प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले मतदानकै माध्यमबाट हाम्रो उत्तर दिनेछन्,” थापाले चेतावनीस्वरूप भने।
थापाले मतदाताले कांग्रेसका उम्मेदवारहरू भोट माग्न आउँछन् भनेर कुर्दैनन् भन्दै पार्टीप्रतिको असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिए। “जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्, पार्टीका कमिटीहरूले पनि पर्खेर बसेका छैनन्,” उनले स्पष्ट पारे।
जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उल्लेख गर्दै उनले पार्टीले आफ्ना गल्तीहरूबाट सिक्नुपर्ने बताए।
त्यस क्रममा थापाले सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिएर उपचारका लागि सिंगापुर गएको जानकारी पनि दिए।
देश अहिले तीन विकल्पको मोडमा रहेको बताउँदै थापाले भने, “देश हिंसाको दिशामा जान सक्छ, अहिलेको जस्तै अवस्थामा रहन सक्छ, वा जनभावनालाई समेटेर नयाँ दिशा दिन सक्छ। यीमध्ये तेस्रो विकल्प कांग्रेसले अगुवाइ गर्नुपर्छ।”
थापाले पार्टीले विगतमा आफैंले नेतृत्व नगरेका आन्दोलनहरूलाई पनि संस्थागत गर्दै आएको स्मरण गराउँदै निष्कर्षमा भने, “यो अनिश्चितताको घडीमा कांग्रेसले ‘हामी छौं, हामीले सम्हाल्छौं’ भन्ने आत्मविश्वास देखाउनैपर्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आगामी ११औं राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने तय भएको छ । महाधिवेशनमा ४० वर्षमुनिका युवालाई पनि प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।
देशभरबाट करिब २ हजार १०० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट चार जना प्रतिनिधि चयन गरिँदैछ, जसमा एक जना अनिवार्य रूपमा ४० वर्षमुनिका युवा हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार, चार प्रतिनिधिमध्ये दुई जना खुला, एक जना महिला र एक जना युवा हुने गरी चयन प्रक्रिया तय गरिएको हो।
पार्टीले एक प्रतिनिधिसभा क्षेत्रमा रहेका एक हजार २०० सदस्य बराबर चार जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरेको छ। त्यस्तै, अनेरास्ववियु र युवासंघ नेपालबाट पनि पाँच–पाँच जना ४० वर्षमुनिका युवा प्रतिनिधि सहभागी हुने निश्चित गरिएको अधिकारीले बताए।
उनका अनुसार अन्य संगठन र कमिटीहरूबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा सहभागी हुने अवसर खुला रहनेछ। साथै, महाधिवेशनमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधि सुनिश्चित गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनका लागि प्रतिनिधि चयन मङ्सिर १३ गते देशभर एकैदिन गरिनेछ भने ११औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस