दाङ,१२ माघ । राष्ट्रिय सभाका १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस ९ सिटमा विजयी भएको छ भने नेकपा (एमाले) ले ८ सिट जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ सिट हात पारेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा तय गरिएको चुनावी तालमेल नीतिअनुसार कांग्रेसले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरी उम्मेदवारी दिएको थियो। निर्वाचन सातै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पन्न भएको थियो।
प्रदेशगत नतिजा अनुसार लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ (अपाङ्ग) र चन्द्रबहादुर केसी (खुला), तथा नेकपा (एमाले) की रामकुमारी झाँक्री (महिला) निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै नेकपा (एमाले) की रोशनी मेचे (महिला) र सोमनाथ पोर्तेल (दलित) निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अल्पसंख्यक), लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर (अन्य) तथा नेकपा (एमाले) की रेखाकुमारी झा (महिला) निर्वाचित भएका छन्।
वागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला) र नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल (अन्य) निर्वाचित भएका छन्। गण्डकी प्रदेशमा नेकपा (एमाले) की सम्झना देवकोटा (महिला) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य) विजयी भएका छन्।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही (अन्य) र नेकपा (एमाले) का मीनासिंह रखाल (खुला) निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) की लीलाकुमारी भण्डारी (महिला) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य) निर्वाचित भएका छन्।
स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित रहेका थिए भने अन्य दलका केही सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा सहभागी भएनन्।
राष्ट्रिय सभामा कुल १९ पद रिक्त हुनेमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ माघ । राजनीतिक वैकल्पिको रूपमा चर्चामा रहेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको बताएका हुन्। डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायत नेताहरूले पार्टीसँगको सम्बन्ध अन्त्य भएको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा उनीहरूले विचार, मूल्य र नागरिक सरोकारका आधारमा स्वतन्त्र रूपमा सक्रिय रहने जनाएका छन्। ‘हामी उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीबाट अलग भएको बताउने अन्य नेताहरूमा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा. घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा. सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु र देवेन्द्र श्रेष्ठ रहेका छन्।
अलग हुनेमध्ये केही नेताहरू विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका हुन्। सामूहिक रूपमा जारी गरिएको विज्ञप्तिमा उनीहरूले वैकल्पिक राजनीति र नागरिक सरोकारलाई निरन्तर प्राथमिकतामा राख्ने संकेत गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ गठबन्धनबाट नेकपा (एमाले) की उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरतर्फ कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ मत र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरेका छन् ।
अपाङ्गता समूहमा कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ले ५ हजार ३२२ मत ल्याउँदै विजयी भए । यस समूहमा नेकपाका सर्जन विकले १ हजार ६०१ मत प्राप्त गरे।
यस्तै अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ।आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ।
सहमति अनुसार पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेकपा (एमाले) ले मतदान गर्ने भएको छ।
त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले) का उम्मेद्वारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।
दुवै पार्टीहरूले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टी पंक्तिलाई अविलम्ब निर्देशन दिने जनाएका छन्।

सहमति–पत्रमा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवको हस्ताक्षर रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था गरिएको छ भने मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
उनक अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र २०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २९९ जना मतदाता रहेका छन्। मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा उनीहरूका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।
निष्कासनमा पर्नेहरूमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१०माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट किनारामा परेको उक्त समूह ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा लागेको हो।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेको बताइएको छ।
पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीतिक अवस्था, त्यसअघिको परिस्थिति र आगामी रणनीतिबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला गर्न लागिएको स्रोतले जनाएको छ।
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले हालसम्म स्वीकार गरेको छैन। निर्वाचन आयोगले उक्त महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,८ माघ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक प्रक्रिया नपुगेकाले चौधरीको उम्मेदवारी खारेज गरिएको हो। यससम्बन्धी निर्णय आज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ माघ । गोपाल ओली ‘प्रबिन’ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ओलीले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायतको उपस्थितिमा भएको छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
गोपाल ओली प्रबिन माओवादीका पूर्व लडाकु हुन्। यसअघि उनले पार्टीभित्र असहमति जनाउँदै बागी उम्मेदवारी दर्ता गराएका थिए। तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन्।
पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी बैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले फागुन २१ गते हुने निर्वाचन तथा त्यसपछि विकसित हुने राजनीतिक गतिविधिका कारण बैशाखमा नियमित महाधिवेशन आयोजना गर्न सम्भव नभएको बताए।
उनका अनुसार २०८३ साल पौष मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै उनले दीर्घकालीन सोचका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।
महामन्त्री घिमिरेले आगामी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गरिने र उनी भावी प्रधानमन्त्री बन्ने दाबी पनि गरे।
यसैगरी, राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै गठबन्धन भइसकेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउने बताए। उनले फागुन २१ गते हुने निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नगरिने स्पष्ट पार्दै निर्वाचनपछिको परिणामका आधारमा भने गठबन्धन हुन सक्ने सम्भावना रहेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस