३५ दिनपछि सार्वजनिक भए सभापति देउवा

   असोज २८, २०८२       admin

काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्।

देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसँगै पत्नी तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा उपस्थित थिइन्।

भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमै रहेका बेला प्रदर्शनकारीहरूले घरमा आक्रमण गरी देउवा दम्पतीमाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक भएका भिडिओ र तस्वीरहरूमा दुवैजना रगताम्य अवस्थामा देखिएका थिए।

उपचारका क्रममा देउवाको गर्धनमा धारिलो हतियार प्रहारबाट गहिरो घाउ लागेको र त्यसमा १२ वटा टाँका लगाइएको बताइएको छ। लामो उपचारपछि उनी आज मात्र सार्वजनिक भएका हुन्।

यद्यपि उनको स्वास्थ्य पूर्ण रूपमा सुधार नआएको परिवारस्रोतले जनाएको छ। पार्टी नेताहरूका अनुसार आजको बैठक उद्घाटन गरी आफ्ना विचार राखेपछि देउवा फेरि आरामका लागि फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

   असोज २८, २०८२       admin


काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने भएका छन्।

मुख्यमन्त्री सिंहलाई पहिले दिएको समर्थन सबै दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेको हुन्। यसअघि नै विपक्षमा रहेका माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीले आजको मतप्रक्रियामा नत समर्थन गर्ने नत विरोध गर्ने, बरु तटस्थ रहने निर्णय गरेका हुन्।

माओवादी केन्द्रका सांसद युवराज भट्टराईले विश्वासको मतप्रति आफ्नो दल तटस्थ रहने बताए। त्यस्तै, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि “न पक्षमा, न विपक्षमा, हामी तटस्थ बस्नेछौं,” भनेर स्पष्ट पारे।

यसअघि जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९९० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए। त्यसैअन्तर्गत सिंह मुख्यमन्त्री बनेका हुन्।

तर अहिले सिंहले प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि उनी विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका हुन्।

विश्वासको मतका लागि दिउँसो १ बजे बैठक बोलाइएको भए पनि कार्यवाही केही ढिलो सुरु भएको छ। मुख्यमन्त्री सिंह प्रदेशसभामा आइसकेका छन् भने सांसदहरूको उपस्थित हुने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस पदाधिकारी बैठक आज पनि

   असोज २६, २०८२       admin

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने तय गरिएको छ।

गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ।

महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ। आजको बैठकमा यसबारे समान धारणा बनाउन प्रयास भइरहेकाले बैठक महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरुण दल दाङद्वारा अराजक गतिविधिमा संलग्न तीन सदस्यमाथि कारबाही: साधारण सदस्यताबाट समेत निष्कासन

   असोज १३, २०८२       admin

दाङ, १३ असोज । नेपाल तरुण दल दाङले हालैको आन्दोलनमा संलग्न भएको आरोपमा आफ्नै संगठनका तीन जना सदस्यलाई कारबाही गरेको छ। उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गरिएको तरुण दल दाङले जनाएको छ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीले सोमबार जारी गरेको विज्ञप्तिमा घोराहीका विनोद गुरुङ, बबई गाउँपालिकाका अध्यक्ष गोपिकृष्ण बुढा र आफूलाई तरुण दल तुलसीपुर उपमहानगरपालिकाको अध्यक्ष भनेर परिचय दिँदै हिँड्ने कमल घर्तिलाई संगठनविरुद्ध गतिविधि गरेको ठहर गर्दै कारबाही गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “दाङ जिल्लामा समेत सरकारी कार्यालय, पार्टी कार्यालयदेखि निजी घरसम्पत्तिमाथि आगजनी, लुटपाट र तोडफोडका जघन्य घटना घटेका छन्। ती घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएको देखिएकाले संगठनको विधान विपरीत गतिविधि गर्ने तीन जनामाथि कारबाही गरिएको हो।”

तरुण दल दाङले विधानको परिच्छेद ३ को दफा ५ (ख) अनुसार उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गरिएको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समाजवादीले नेतृत्व पुस्तान्तरण गर्ने

   असोज १३, २०८२       admin


काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने, आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्ने र नेतृत्व हस्तान्तरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

अपानीअनुसार पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, रणनीतिक लक्ष्य समाजवाद रहने, समाजवादी कार्यदिशा अगाल्ने र नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गरिनेछ। समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताको आधारमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादलाई मानिएको छ।

नेपाली जनता र पुँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने र नवउपनिवेशवादको विरोध गर्ने नीति अवलम्बन गरिने पार्टीले जनाएको छ। साथै, बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरिएको छ। यसअन्तर्गत पार्टीले अशोक राई नेतृत्वको जसपा, नेकपा ९माओवादी केन्द्र० र विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धरानका मेयर हर्क साम्पाङले खोले नयाँ पार्टी

   असोज १२, २०८२       admin

काठमाडौँ, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दर्ताका लागि पेस गरिएका कागजातहरू हाल रुजु गर्ने प्रक्रियामा छन् । “सवै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता प्रक्रिया टुंगिनेछ,” उनले जानकारी दिए ।

आयोगले हाललाई साम्पाङले दर्ता गराएको निवेदन स्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो ।

जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, ‘विभिन्न चरणको छलफलपछि कांग्रेसलाई नेतृत्व दिएर नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।’

प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण नयाँ सरकार गठनको प्रक्रिया केही ढिलो भएको जनाइएको छ । ‘प्रदेश प्रमुख आजै जनकपुर फर्किनुभयो भने आजै, नभए भोलिसम्म बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी छ,’ यादवले बताए ।

यद्यपि कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा भने अझै सहमति हुन बाँकी रहेको उनले प्रष्ट पारे ।

जनमतले गत भदौ २८ गते आफ्नै सांसद एवं मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो । त्यसपछि नेपाली कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएसँगै सिंहको सरकार अल्पमतमा पुगेको हो ।

मधेस प्रदेशमा सरकार बनाउन ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ ९एकजना निलम्बित बाहेक०, जनमतका १३ र लोसपाका ८ (एक निलम्बित बाहेक) सांसद छन् । यो संख्याले नयाँ सरकार बनाउन पर्याप्त बहुमत जुटाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओलीले गरे सचिवालय बैठक आह्वान

   असोज ११, २०८२       admin

काठमाडौँ,११ असोज । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । भक्तपुरको गुन्डुमा आइतबार दिउँसो १ बजे बस्ने गरी उनले बैठक तय गरेका हुन् ।

‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ । गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।

आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सबै नेताको सम्पत्ति सार्वजनिक गर्न प्रचण्डको घोषणा

   असोज १०, २०८२       admin

काठमाडौ,१० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ।”

उनका अनुसार संगठनात्मक कार्यशैली मात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ। बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन दिएका छन्।

बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुने र तोकिएकै मितिमा निर्वाचन गराउने वातावरण बनाउन पार्टीले पहल गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

   असोज ०, २०८२       admin

काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् ।

डा. भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु।”

बुधबार मात्र उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका थिए। राजीनामा दिनुको मुख्य कारण नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनु भएको उनले बताए।

साथै, डा. भट्टराईले नयाँ कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने मागसमेत राखेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology