काठमाडौ,२७ कार्तिक । साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधिद्वारा कुटिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका हुन्।
गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। आक्रमणबाट अधिकृत राईको अनुहारमा गम्भीर चोट लागेको छ। हाल उनको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
घाइते राईका अनुसार वडाध्यक्ष लिम्बूले सम्झौता नभएको खेलकुद कार्यक्रमको एक लाख रुपैयाँ भुक्तानी मागेका थिए। आफूले कानुनअनुसार सम्झौता नभएका योजनाको रकम वितरण गर्न नमिल्ने बताएपछि लिम्बू आक्रामक बनेर कुटपिट गरेको राईले बताए।
घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आक्रमणकारी वडाध्यक्षविरुद्ध तत्काल कारबाही गर्न र कर्मचारीहरू स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “कर्मचारीको सुरक्षामा सरकार गम्भीर नभए हामी कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।”
आक्रमणपश्चात् गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज आंशिक रूपमा प्रभावित भएको छ।
यसैबीच, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले पनि प्रेस विज्ञप्ति जारी गर्दै योजना अधिकृतमाथि भएको आक्रमणको तीव्र निन्दा गरेका छन्। उनले वडाध्यक्षविरुद्ध कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै भने, “कर्मचारीमाथि भएको यो आक्रमणले गाउँपालिकाको मर्यादामा आँच पुगेको छ।”
अध्यक्ष रुम्दालीले एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले गाउँको विकास र दैनिक प्रशासनिक काममा समेत अवरोध पुर्याइरहेको आरोप पनि लगाएका छन्।
तर, आरोपित वडाध्यक्ष लिम्बूले भने योजना अधिकृत राईले उपभोक्ता समितिको रकम भुक्तानी नगरेको र सुरुमा आफूमाथि नै आक्रमण गरेको दाबी गरेका छन्। उनले राईको आक्रमणबाट आफ्ना हातको औँला फ्याक्चर भएको बताएका छन्।
गाउँपालिकामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूबीचको राजनीतिक विवादले प्रशासनिक कामकाज र विकास निर्माणका योजनामा निरन्तर अवरोध सिर्जना भइरहेको स्थानीयवासीले बताएका छन्
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ कार्तिक । दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
देशव्यापी रूपमा २०८२ भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा दाङमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय नारायणपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी तथा चोरी गरी क्षति पुर्याएको आरोपमा घोराही उपमहानगरपालिका–१० उत्तर अमरई बस्ने ३४ वर्षीय रमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । महिला हत्याको आरोपमा दुईजना पक्राउ परेका छ। तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
१० दिनअघि घरबाट घाँस काट्न निस्किएकी कार्की चार दिनपछि वडा नं. १ सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो।
घटनापछि प्रहरीले शंकास्पद व्यक्ति खोजी गर्दै दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरी सिन्धुली ल्याएको छ। प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेका छन्।
सूर्यबहादुरको बयानका आधारमा उनको भान्जा टंकबहादुर कामी पनि संलग्न रहेको पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अर्को एक जना भने अझै फरार छन्।
प्रहरीका अनुसार मृतकको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा लामो समयदेखि रहेको अवैध सम्बन्ध बाहिरिने डरले हत्या गरिएको खुलेको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए।
मृतकका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्ने गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२७ कार्तिक । सिराहा प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले छापा मारेको हो।
प्रहरीले स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१७ का राम जीवन यादव (२५) र दीपककुमार यादव (२७) को साथबाट ब्राउन सुगर जस्तो देखिने २४ ग्राम ८२० मिलीग्राम पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी, स १० प ५३२६ नम्बरको मोटरसाइकलमा सवार नवराजपुर–१ का ऋषि कुमार यादव (२०) र भगवानपुर–५ का देवेन्द्र कुमार यादव (१८) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूबाट डाईजोपाम, प्रोमेथाजाईन, ब्रुफेनफाईन एम्पुल तथा सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
उनीमाथि क्यानडा पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ। पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकी अधिकारीलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
पर्वत,२५ कार्तिक । पर्वतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक पुरुषले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्।
५१ वर्षीय जीतबहादुर विकले सोमबार राति ५२ वर्षीया श्रीमती सीता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। कुटपिटबाट बेहोस भएकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतक सीताको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार नै श्रीमतीले धरौटी तिरेपछि छुटेका थिए।
घर पुगेकै दिन साँझ खाना खाइसकेपछि उनले श्रीमतीमाथि आक्रमण गरेका थिए।
घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। त्यसपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर स्थानीयले नियन्त्रणमा लिएर थुनेका जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए।
मृतकका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ कार्तिक । दाङले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा लिएको छ। दाङको गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ती खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन गरी ल्याउँदै गरेका दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गढवाले रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिएर कारबाहीका लागि गढवा गाउँपालिकामा पठाएको थियो । गाउँपालिकाले प्रति ट्याक्टर ३० हजार रुपैयाँका दरले जम्मा ६० हजार रुपैयाँ जरिवाना गरी उक्त ट्याक्टरहरू सम्बन्धित व्यक्तिहरूको जिम्मामा छोडेको जनाएको छ ।
प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न निरन्तर अनुगमन जारी राखेको बताएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीलाई समेत कुटपिट गरेका छन्।
मुख्यमन्त्रीको कार्यकक्षमा रहेका एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोज्दा भीडले उनलाई कुटेको भिडियो सार्वजनिक भएको छ। भिडले उनको टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ। फाइल भुइँमा खसाएपछि अन्य कर्मचारीले उनलाई कोठाबाट बाहिर निकालेर ज्यान जोगाएका थिए।
मुख्यमन्त्री नियुक्तिको विवादपछि प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको र मधेश भवन अगाडि टायर बालेर प्रदर्शन समेत गरिएको छ।
आज बिहानै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर तोडफोड गरेका थिए। यस क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत फालिदिएका छन्।
यी दलका सांसद र कार्यकर्ताहरू एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान ४ बजे बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर बिदाइ पनि गरेका थिए। तर पछि उनी महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटल पानसमा पुगेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्।
यस घटनापछि मधेशको राजनीति तनावग्रस्त बनेको छ। निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले “मधेशको अस्मिता लुटेको” आरोप लगाएका छन्।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्ने यही मौका भएको भन्दै सडकमै प्रदेशसभाको बैठक डाकेर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दिपायल, २३ कार्तिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओमप्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय अमृत साउँद हुन्। उनलाई आइतबार बिहान ७ बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।
साउँद भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाट घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला पारेपछि उनको डेरामा तलासी लिएको थियो।
तलासीका क्रममा कपन प्रहरी प्रभागबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस