प्युठान,११ माघ । प्युठानको मल्लरानी गाउँपालिका–२ मधुगैराबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
शनिबार राति प्रहरीले सोही ठाउँ निवासी ५८ वर्षीय डानकबहादुर सार्कीलाई भरुवा बन्दुक एक थानसहित नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरी टोलीले उनको घर नजिकै रहेको तोरीको कुनिउँमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारेको र त्यसपछि सार्कीलाई पक्राउ गरेको जनाएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,८ माघ । बाँकेको सरकारी जग्गा मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको प्रकरणमा जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन, साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिकाकी लिलावती कैराती तथा वीरेन्द्रकुमार कुर्मीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन प्रमुख मालपोत अधिकृत केसी, नासु खनाल र तत्कालीन गाविस सचिव बोगटीविरुद्ध समान २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ। मालपोत अधिकृत भट्टराई र नासु पुनविरुद्ध समान २० लाख ८७ हजार २ सय ५९ रुपैयाँ, लिलावती कैरातीविरुद्ध २४ लाख ६७ हजार ७ सय २० रुपैयाँ र वीरेन्द्रकुमार कुर्मीविरुद्ध १८ लाख ६२ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी लिइएको छ।
साविक बेतहनी गाविस–४ स्थित विभिन्न कित्ता जग्गासम्बन्धी मुद्दामा २०६७ सालमै अपुताली हक कायम नहुने भनी जिल्ला अदालतले फैसला गरेको थियो, जुन फैसला पुनरावेदन अदालत नेपालगन्ज र सर्वोच्च अदालतबाट समेत सदर भइसकेको थियो।
नजिकका हकवाला नदेखिएको अवस्थामा नेपाल सरकारका नाममा आउनुपर्ने जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेपछि अख्तियारले संलग्न सबैविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,७ माघ । प्रहरीले लागुऔषध सहित तीनवटा सवारीसाधन र एकजना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कारलाई चेकजाँचका क्रममा जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धानपछि मंगलवार आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबिच, यमुनामाई गाउँपालिका–३ बस्ने ३१ वर्षीया नइमा खातुनले लागूऔषध डाइजेपाम बिक्री–वितरण गर्ने उद्देश्यले घरमै लुकाई छिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो।
घर खानतलासीका क्रममा कार्टुनभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध नशालु ईन्जेक्सन बरामद गरिएको थियो। प्रहरीले नुर्फिन – ५०० एम्पुल,फेनारागन – ५०० एम्पुल,डाइजेपाम – ५०० एम्पुल गरी १५ सय नशालु ईन्जेक्सन, नेपाली रुपैयाँ १,००० दरका ४ थान, भारतीय रुपैयाँ २०० का २ थान, १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ०३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान, मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।
प्रहरीले सबै सरसामान रितपूर्वक बरामद गरी खातुनलाई पक्राउ गरेको हो। उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पश्चिम,३ माघ । रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ निवासी ७४ वर्षीय गणेशबहादुर कामिले ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासो प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घाइते पम्फालाई शुक्रबार अपराह्न साढे ४ बजे बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याएकी थिइन्।
जिल्ला अस्पतालबाट थप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे नेपालगञ्ज रिफर गरिएकोमा साँझ साढे ८ बजे उपचारका क्रममा बाटोमै उनको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
घटनापछि गणेशबहादुर कामिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले किशोरीहरूका लागि खेलौना बनाउने तालिम सञ्चालनका क्रममा गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप लागेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ दोहन गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अवैध रूपमा ढुंगा तथा बालुवा दोहन गरिरहेका ९ वटा ट्याक्टर र १ वटा जेसीबी पुस २० गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले अवैध दोहन भइरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको जानकारी दिए ।
उनका अनुसार उक्त सवारी साधनबाट जम्मा ५ लाख ५२ हजार ४ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जरिवाना तिराएपछि ती सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ पुस । सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाकानजिक चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा पर्ने व्यक्ति भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव हुन् । चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनको साथमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकमको ओसारपसार नियन्त्रण गर्न निगरानी र सुरक्षा जाँच थप कडाइ गरिएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६ पुस । घर आँगनमा पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१३ प्रगतिनगर टोलमा पार्किङ गरी राखिएको अटो रिक्सामा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल दाङ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने १८ वर्षीय सन्देश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार पुस २४ गते बिहीबार राति करिब साढे १ बजे सोही स्थानका जीवन वलीले आफ्नो घरको आँगनमा पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा आगो लगाइएको थियो ।
घटनापछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही दिन बेलुका करिब ६ः०० बजे घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क क्षेत्रबाट सन्देश नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई दाङ जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २४ गते राति करिब १२ बजेतिर अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको गस्ती टोलीले घोराही उपमहानगरपालिका–१४ मिलनचोक क्षेत्रमा गस्ती गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा लु ८० प ६३११ नम्बरको मोटरसाइकल चालक घोराही–१४ खोलीगाउँ निवासी ३४ वर्षीय सुशिल गहतराज र पछाडि सवार सोही ठाउँका ३२ वर्षीय अम्मर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई खानतलासीका क्रममा पक्राउ गरिएको हो ।
खानतलासी गर्दा मोटरसाइकल चालक गहतराजले बोकेको ब्यागभित्र लुकाईछिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लास्टिक हटाई तौल गर्दा शुद्ध तौल ४७ ग्राम ६७० मिलिग्राम रहेको डिएसपी शाहले जानकारी दिए ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ पुस। दाङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–५ लठहवाका २० वर्षीय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षीय सन्दिप पाहाडी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूलाई पुस १९ गते राति करिब २:१५ बजे लमही नगरपालिका–५ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ४२ फाइलमा रहेको ३७३ पिस क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस