झुठा विवरणमार्फत नागरिकता र राहदानी बनाउने दाङका बस्नेतसहित तीन जना पक्राउ

   पुष ०३, २०८२       admin

दाङ,३ पुस । झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका यमबहादुर बस्नेतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न व्यक्तिले झुठा विवरण प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएर तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरू झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ परेका तीनै जनालाई नागरिकता, लिखत किर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

   पुष ०२, २०८२       admin

काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने आश्वासन दिई ५२ लाख रुपैयाँ लिएका थिए। लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए। वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएकाले प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरी नियन्त्रणमा

   पुष ०१, २०८२       admin

धनगढी,१ पुस। नवजात शिशुलाई झाडिमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाकी ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। ती महिलाका श्रीमान रोजगारीका सिलसिलामा विदेशमा रहेका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

प्रहरीका अनुसार प्रसव पीडाका कारण महिला हाल धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्रै खुल्ने बताइएको छ।

आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा नालानजिक नवजात शिशु फालिएको अवस्थामा फेला परेको थियो। करिब साढे ९ बजेतिर सालनालसहित कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको हो। उद्धारपछि उपचारका लागि शिशुलाई सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

नवजात शिशुको अवस्था हाल सकुशल रहेको प्रहरी निरीक्षक विष्टले बताए। शिशु बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले आमाको खोजबिन गर्दै महिलालाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भरुवा बन्दुकसहित तीनजना पक्राउ

   मङि्सर ३०, २०८२       admin

रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही गाउँपालिका–८ खराङ निवासी ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन्।

प्रहरीका अनुसार शेरबहादुर थापाको गोठ खानतलासी गर्दा अवैध हातहतियार फेला परेपछि उनीहरूसहित पक्राउ गरिएको हो। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फरार ११ प्रतिवादी पक्राउ

   मङि्सर २७, २०८२       admin

दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० गतेदेखि २६ गतेसम्म प्रहरीले गरेको खोजतलास अभियानमा उनीहरूलाई समातिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार दाङ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि दाङ जिल्ला अदालतमा बुझाएको छ।

पक्राउ परेकाहरूमाथि फैसला कार्यान्वयनका क्रममा करिब ६६ हजार १६८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ। साथै, उनीहरूका सम्बन्धित मुद्दामा तोकिएको कुल ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको प्रवक्ता शाहले बताए।

न्यायिक प्रक्रियाप्रति जनविश्वास बढाउन र अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी आगामी दिनमा पनि खोजतलास र निगरानी अभियान निरन्तर जारी रहने बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिजिट भिसा प्रकरणमा सहसचिवसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

   मङि्सर २६, २०८२       admin

काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई भिजिट भिसामा विदेश जाने नेपालीबाट अवैध रूपमा रकम असुलेको आरोप छ।

सहसचिव भट्टराईलाई गएको जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी त्यतिबेला अध्यागमन कार्यालयमा प्रमुखका रूपमा कार्यरत थिए। अख्तियारले भट्टराईविरुद्ध मात्रै ७९ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

यससँगै तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। शुद्धीकरण सम्बन्धी मुद्दामा सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ, र उनीहरूमाथि १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै, भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि समेत अनुसन्धान जारी रहेको अख्तियारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भन्सार छलेर ल्याइएको कपडा बरामद

   मङि्सर २६, २०८२       admin

दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक सवारी साधनबाट लुकाइ छिपाइ ल्याइएका कपडा फेला परेका हुन्।

प्रहरीका अनुसार बरामद सामानमा ५ सय पिस सेण्डो र १ हजार पिस अन्डरवेयर रहेका छन्। यी वस्तुको कुल मूल्य १ लाख ७९ हजार १ सय २० रुपैयाँ बराबर रहेको बताइएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको प्रहरीको जानकारी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बहुविवाह मुद्दामा डिएसपी नेपाल पक्राउ

   मङि्सर २५, २०८२       admin

दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा कार्यरत थिए।

प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध प्रक्रिया अघि बढाएको हो।


‘बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैं हिजो साँझ कार्यालयमा आउनुभएको थियो।पछि उनलाई औपचारिक रूपमा पक्राउ गरी म्याद थप गरिएको हो,’ एसपी क्षेत्रीले बताए।

नेपालमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलनको काम भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए।

यसअघि प्रहरी निरीक्षकको पदमा रहेर बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज हुँदा नेपाल गाँजाको आर्थिक कारोबारमा संलग्न देखिएपछि विभागीय कारबाहीमा परेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

   मङि्सर २४, २०८२       admin

काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

आन्दोलनका बेला इलाम नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रहरी पोस्ट, विद्यालय, सहकारी, विभिन्न पार्टी कार्यालयलगायत ठाउँमा ठूलो क्षति पुगेको थियो।

केवल इलाम नगरपालिका कार्यालयमै करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अन्य निकायमा समेत कागजात, फर्निचर, सवारीसाधन र उपकरण जलाइएका वा तोडफोड गरिएको थियो।

आन्दोलनपछि जेनजी समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरे पनि विध्वंश मच्चाउने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङको लमहीमा गोली चल्यो

   मङि्सर २१, २०८२       admin

दाङ , २० मंसिर । दाङको लमहीमा गोली चलेको छ। अज्ञात समूहले एक सुन पसलमा गोली प्रहार गरेको बताइएको छ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गोली चलाउनेको खोजीकार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतले लमहीको एक सुनचाँदी पसलमा  गोली चलेको पुष्टि गरे । घटनाको थप अनुसन्धान भइरहेको उन्ले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology