दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ।
साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस गरिएको छ।
त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। उनका अनुसार सबै पदका लागि सिफारिस सर्वसम्मत रूपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।
मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शपथपछि उनले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।
विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने योजना रहेको स्रोतले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडीसँग तुलना गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै भने–
‘एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो, ड्याम्मै गोल गरिहाल्छ।’
उनका अनुसार एमाले अहिले सरकार बनाउने–ढाल्ने खेलमा छैन। ओलीले स्पष्ट पार्दै भने– ‘हामी सरकार बनाउने पक्षमा छैनौँ। स्वतन्त्र र निष्पक्ष चुनावको प्रतीक्षामा छौँ। चुनाव जे बेला हुन्छ, त्यसपछि बन्ने सरकार एमालेकै हुन्छ।’
एमालेलाई उनले विशाल नदीको बाढीसँग तुलना गर्दै साना अवरोधले रोक्न नसक्ने दाबी गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।
यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई प्राप्त छ।
पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले १७ मंसिरमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दाबी पेस गर्ने समय १९ मंसिर साँझ ५ बजेसम्म रहेको थियो।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार ६ दलको समर्थनसहित यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्।
देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिए।
भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनपछि देउवा र ओलीबीच यो पहिलो भेट हो। सो आन्दोलनकै दबाबका कारण ओली प्रधानमन्त्रीबाट हट्नुपरेको थियो भने देउवामाथि उनको निवासमै सांघातिक आक्रमण भएको थियो। आन्दोलनका क्रममा दुवै दलका कार्यालय र नेताहरूका निवासमा आगजनीसमेत गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक तयारी र समन्वयका लागि बैठक बोलाइएको हो।
बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।
यस्तै, बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय तथा सुरक्षाकर्मीका शीर्ष अधिकारीहरू पनि उपस्थित रही आगामी निर्वाचनका सुरक्षा तथा व्यवस्थापन विषयमा जानकारी दिइरहेका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेका बेला, निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएका दलहरू भने अब निर्वाचन–केन्द्रित गतिविधिमा सक्रिय छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि सबैले निरन्तर रुपमा लागिरहनुपर्ने बताएकी छन्।
हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले पैसा र शक्तिको पहुँच भएकाले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशभर जनजागरण आवश्यक रहेको उल्लेख गरिन्।
उनले सरकारलाई प्राप्त कार्यादेशभित्र रही दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न सकिने सम्भावनामा आफूले पनि पहल गर्ने बताइन्।
सो अवसरमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था समावेश गर्न आग्रह गरेको थियो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई पहिलो प्राथमिकता दिएपछि दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकिरहेको विषयमा आफूहरूको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको अध्यक्ष सुनारले बताए।
भेटका क्रममा उनले व्यक्तिगत कारणले प्रधानमन्त्री कार्कीविरुद्ध उठेका केही आलोचनाका विषयमा क्षमायाचनासमेत गर्दै विषम परिस्थितिमा देश सम्हाल्न अगाडि आएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ मंसिर । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।सात दलिय सहमतिमा प्रदेश प्रमुख समक्ष यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।
शुक्रबारकाे सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएकाे हाे ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पार्टीका नेता र कार्यकर्तालाई आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।
पार्टीको उम्मेदवार छनौट समितिले औपचारिक टुंगो नलागेसम्म कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी दाबी गर्ने, घोषणा गर्ने वा आकांक्षा व्यक्त गर्ने अभिव्यक्ति नदिन चेतावनी दिएको हो।
समितिका अनुसार हालसम्म पार्टीले रुपन्देही क्षेत्र नं–३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन गरेको छ। त्यसबाहेक अन्य कुनै क्षेत्रका लागि उम्मेदवार टुंगो नलागेको भन्दै स्पष्ट जानकारी गराइएको छ।
पछिल्लो समय विभिन्न तहका नेता तथा सदस्यहरूले आफू उम्मेदवार हुने वा आकांक्षी रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका घटनाले समितिको ध्यानाकर्षण भएको र त्यसैले यो निर्देशन जारी गरिएको समितिले जनाएको छ।
रास्वपाले आफ्नो आधिकारिक नीति र निर्धारित विधिअनुसार मात्र उम्मेदवार चयन गरिने पुनः दोहोर्याउँदै, औपचारिक निर्णय नआएसम्म कुनै पनि क्षेत्रमा उम्मेदवारी तय भइसकेको जस्तो भ्रम नफैलाउन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।

यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो ।
जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिर्वतको वहस सुरु भएको थियो । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरेपछि कुरा मिल्न सकेको थिएन । यसले गर्दा केन्द्रीय समिति वैठक लम्बियो । अन्ततः नियमित अधिवेशन नै आमनिर्वाचनभन्दा अगाडि गर्न कांग्रेस नेतृत्व तयार भएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस