काठमाडौँ,१६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। बुधबार दुबै दलले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरणको घोषणा गरेका हुन्।
सम्झौता पत्रमा देशमा सशक्त राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुई पार्टीबीच एकता गर्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ।

दुवै दलका नेताहरूले एकताले राष्ट्रिय हित, पहिचान र राजनीतिक स्थायित्वका सवालमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१६ पुस । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक महिनापछि पूर्णता पाएको छ। मन्त्रिपरिषद् विस्तार गर्दै बुधबार थप छ जना मन्त्री नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो।
नवनियुक्त मन्त्रीहरूले जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मन्त्रिपरिषद् विस्तारअनुसार मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी शङ्करप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्तकुमार कुशवाहा खेलकुद तथा समाज कल्याण र फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।
सरकारले आवश्यक मन्त्री समेटेसँगै अब प्रदेशको प्रशासनिक तथा विकास गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्।
तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ।
यसअघि नै रास्वपामा आवद्ध भइसकेका मेयर बालेन्द्र शाहको उपस्थितिमा भएको सहमतिमा कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा राखिएको हो। यसले बालेन, रवि र कुलमानबीच राजनीतिक सहकार्य र एउटै दिशामा अघि बढ्ने स्पष्ट सन्देश दिएको छ।

सहमति सार्वजनिक भएपछि मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने सन्देश लेख्दै तीन नेताबीचको साझा उद्देश्य र दृष्टिकोण संकेत गरेका छन्।
सहमतिको चौथो बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सोमबार पार्टी एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिह्न पनि तारा नै कायम रहनेछ । साथै, दुवै पार्टीबाट संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने सहमति भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१४ पुस । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ।
सोमबार समानुपातिकतर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पार्टी संरक्षक रेशमलाल चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीले अन्य दलहरूसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे।
संरक्षक चौधरीका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा पनि देशका सबै भूगोललाई समेटेर उम्मेदवार समावेश गरिएको छ। उनले कास्की, पर्वत, लमजुङ, रूकुम, रोल्पा, कालिकोट, दैलेख र डोल्पालगायत विभिन्न जिल्लाबाट उम्मेदवार समेटिएको बताए।
उनले नाउपा नेपालसँग गठबन्धन रहेकाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइने उल्लेख गरे। निर्वाचनको परिणाम भने अन्ततः मतदाताको छनोटमा निर्भर रहने उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलहरू निर्वाचन आयोग पुग्न थालेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो।
यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन्।
अधिकांश राजनीतिक दलहरू उम्मेदवारहरूको सूची अन्तिम रूप दिन व्यस्त रहेका छन्। यसबीच नेपाली कांग्रेसका नेताहरू पनि बन्दसूची बुझाउन आयोग परिसरमा पुगेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म पाँच राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) रहेका छन्।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले जनही १ सय १० जनाको सूची बुझाएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२ जना तथा नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको बन्दसूची पेस गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ।
पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही माफीरमिनाहा भए पनि सम्बन्धित व्यक्तिहरूको पार्टीको बहाल पद समाप्त हुने उल्लेख गरेको हो। परिपत्रमा क्रियाशील सदस्यताको निरन्तरता भने कायम राखिने र सदस्यता नवीकरण गर्न सकिने निर्णय गरिएको छ।
यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनविपरीतका गतिविधिमा संलग्न भएकाहरूको निलम्बन, निष्कासन तथा विधानअनुसार स्वतः लागेका कारबाहीको बाँकी अवधि माफ गर्ने निर्णय गरेको थियो। तर, त्यस बैठकपछि जारी विज्ञप्तिमा कारबाही अवधिमा गुमेको पदबारे कुनै स्पष्ट उल्लेख गरिएको थिएन।
शनिबारको निर्णयले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा समर्थन प्राप्त उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक समर्थक तथा असहयोग गर्नेहरूलाई राहत दिएको थियो। यही निर्णयपछि पार्टीभित्र पद पनि पुनःस्थापना हुने अपेक्षा बढेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग बैठक गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले यस माग राखेका हुन्। यसअघि गत सोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेंद्र यादवले पनि समानुपातिक बन्दसूची बुझाउने म्याद परिमार्जन गर्न आग्रह गरेका थिए।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहित दलहरूले बन्दसूची बुझाउने मिति पुस १३–१४ गते तोकेको छ। कांग्रेसले संसदीय समिति नबन्ने अवस्था र गुटगत सूची एकीकृत गर्ने समयको कमीका कारण परिमार्जनको माग गरेको बताइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक रूपमा आयोगसँग कुनै आग्रह आएको छैन र म्याद परिमार्जन गर्न सुरु गरिए निर्वाचन निर्धारित मितिमा सम्भव नहुने स्पष्ट पारेका छन्। आयोगका अनुसार कार्यतालिका टाइट भएकाले परिमार्जन गर्न सकिँदैन।
शासनमा एक मन्त्रीका अनुसार दलहरूले आयोगलाई तालिका हेरफेर गर्न दबाब दिइरहेको भए पनि आयोगले “म्याद थप्न सम्भव छैन” भनेर स्पष्ट जानकारी गराएको छ।
कांग्रेसले औपचारिक वा अनौपचारिक रूपमा परिमार्जनका लागि आग्रह जारी राखेको छ, तर हालसम्म सरकार वा आयोगको स्पष्ट प्रतिक्रिया आएको छैन। कांग्रेस
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु देश र जनताको हितमा रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा देखिएका राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने उल्लेख गरे। उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको भन्दै लोकतान्त्रिक दलहरूले यसको विकल्प खोज्न नहुनेमा जोड दिए।
कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले हाल पार्टीप्रति नवयुवाहरूको आकर्षण बढ्दै गएको बताउँदै सहसंयोजक नेपालले देशभरबाट युवा पार्टी निर्माणमा सक्रिय रूपमा जुटिरहेको बताए। विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने पनि उनले स्पष्ट पारे।
चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूको परीक्षा सुरु भएको उल्लेख गर्दै सहसंयोजक नेपालले पार्टीलाई अझ बलियो बनाउन संगठन सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले पार्टीको स्पष्ट समाजवादी राजनीतिक कार्यक्रमका कारण जनताको भरोसा र विश्वास बढ्दै गएको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार पार्टीको नाम एकीकरणपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको चुनाव चिह्न घण्टी कायम रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
त्यसैगरी पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहने उल्लेख गरिएको छ।
सहमतिपत्रमा दुवै नेताले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै , समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
पार्टी एकीकरणपछि संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति पनि भएको छ।
यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति गरिएको
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस