काठमाडौँ,२८ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नयाँ, युवा–मैत्री र जनमुखी बनाउन संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले एमाले युवाहरूले नै बनाएको दल भएकाले यसको नेतृत्व पनि युवाहरूले नै गर्दै आएको स्मरण गराए। “हाम्रो पार्टीमा पुरानो पुस्ता छ, बीचको पुस्ता छ, युवा पुस्ता छ। तर, जेनजी पुस्तासँगको कडी किन कमजोर हुँदैछ भन्ने गम्भीर समीक्षा गर्छौं,” भट्टराईले भने।
उनले आगामी दिनमा पार्टीको नीति र नेतृत्वलाई युवा–मैत्री बनाउने तयारी रहेको जनाउँदै जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले सबै युवाहरुलाई एमालेप्रति विश्वास गर्न आह्वान गरे।
भट्टराईले भदौ २३ र २४ गतेका घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै संसद विघटनलाई संक्रमण निधानको उचित बाटो नभएको बताए। “जेनजीका मागलाई संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले प्रधानमन्त्री बनाउनुभएकालाई संसदबाटै बनाउन सकिन्थ्यो तर त्यो बाटो रोजिएन। संसद विघटन गर्नु सही निकास होइन,” उनले स्पष्ट पारे।
उनका अनुसार संविधानको पालना नगर्दा यसको खारेजीको जोखिम बढ्ने भएकाले संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुपर्नेछ। “प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं, तपाईंहरूको हरेक कदम संवैधानिक होस्, हामी समर्थन गर्छौं,” भट्टराईले भने।
सचिव भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजका नकारात्मक पाटो भएको उल्लेख गर्दै यसको अन्त्य गर्न आवश्यक रहेको बताए। भौतिक संरचना निर्माणमा एमालेले उल्लेख्य उपलब्धि हासिल गरेको स्मरण गराउँदै उनले भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे। “जनताको आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्न कतै चुक्यौं। त्यस कमजोरीका लागि जनतासँग माफी माग्छौं,” भट्टराईले आत्मालोचना गरे।
एमालेलाई गतिशील बनाउन युवाहरू अपरिहार्य रहेको बताउँदै उनले पार्टी संकटका बेला कारण देखाएर विचलित हुने प्रवृत्ति त्याग्न आग्रह गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ।
जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसद विघटनको कदमको विपक्षमा उभिने निर्णय गरेको हो।
शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले आन्दोलनको माग सम्बोधन गर्न संसदमार्फत संविधान संशोधन गरेर नयाँ सरकार गठन गर्न सकिने ‘जिम्मेवार प्रस्ताव’ अघि सारेको स्मरण गराएको छ।
‘हामीले गरेको प्रस्तावमा सबैको जित हुन्थ्यो, आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त हुन्थ्यो र संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’
कांग्रेसले संसद विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र ‘जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन’ भन्ने गम्भीर आशंका उत्पन्न भएको जनाएको छ। सो निर्णय सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको ठहर पनि विज्ञप्तिमा गरिएको छ।
बैठकले उत्पन्न चुनौतीपूर्ण अवस्थामा संविधानलाई लिकबाट बाहिर जान नदिन र स्थितिलाई थप बिग्रिन नदिन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ। यसका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग संवाद र परामर्श अघि बढाउने बताइएको छ।
त्यसैगरी कांग्रेसले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र तोडफोड भएका संरचनाको तत्काल पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ भदौ । नेपालमा जेन्जी आन्दोलनपछि उनीहरूकै सिफारिसमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् ।
आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका संरचना अस्तव्यस्त भएकाले संविधानबाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने स्पष्ट पारे ।
गौतमले वर्तमान जटिल परिस्थितिमा राजनीतिक पार्टीभन्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीले आवश्यक दिशानिर्देश दिने जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय भूमिको रक्षा, जनताको सुरक्षा र सार्वभौमिकताको रक्षा सबैको प्राथमिक दायित्व भएको पनि बताए ।
“जब राज्य कमजोर हुन्छ, सबै आधार कमजोर हुन्छन् । त्यस्तो अवस्थामा या त राज्य टुक्रिन्छ वा देश विदेशीको कब्जामा जान्छ,” उनले भने ।
नेता गौतमले राष्ट्रिय अखण्डता, एकता र सामाजिक सद्भाव जोगाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनमाथि गरिएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार युवाहरूको आक्रोशलाई बुझ्न र सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले भने, “सरकारले युवाहरूको आवाज सुन्ने प्रयास गरेन, त्यसकै परिणाम अहिले देखिएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षी दलको तर्फबाट हामी संवादमार्फत समाधान खोज्न प्रतिबद्ध छौँ ।”
पुनले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक दलले स्वार्थका लागि प्रयोग गर्नु गलत हुने स्पष्ट पारे । साथै, आन्दोलनका क्रममा सरकारबाटै ठूलो नरसंहार भएको भन्दै बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न आयोग गठन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं पाल सरकारका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउन सबै कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने बताएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले निर्माण गरेको बिपी पार्कको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसको आदर्श र सिद्धान्तलाई व्यवहारमै उतारेर मात्र देशलाई प्रगतितर्फ लैजान सकिने उल्लेख गरे । खड्काले संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेका समाजवाद, राष्ट्रवाद र लोकतन्त्र आज पनि जनतामाझ सबैभन्दा लोकप्रिय विचार बनेर रहेको बताए ।
उनका अनुसार, “हामीले विगतका कमजोरी सच्याउनुपर्छ, मतदाताका गुनासा सुन्नुपर्छ र स्वीकार्नुपर्छ । नयाँ सङ्कल्प र निष्ठासहित जनतामाझ पुग्दा मात्र कांग्रेसप्रति भरोसा र विश्वास पुनःस्थापित हुन्छ।”
खड्काले कांग्रेसको चारतारे झण्डा र रुखको प्रतीक बोकेर घरदैलोमा पुग्दै विश्वास जित्ने लक्ष्य रहेको प्रस्ट पारे । उनले प्रत्येक सदस्यले बिपीका विचारलाई व्यवहारमा उतारेर मात्र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने दोहोर्याए ।
सो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले सुशासन कायम गर्दै खानेपानी, शिक्षा र स्वास्थ्यमा नमुना काम गरिरहेको जानकारी दिए । उनले बिपी कोइरालाले देखाएको बाटो र सिद्धान्तलाई आधार बनाएर नगरको विकास निर्माण अघि बढाइएको बताए ।
ढुङ्गानाले नगरका ऐतिहासिक, सामाजिक र धार्मिक महत्त्वका स्थानको संरक्षण र विकासमा पनि विशेष ध्यान दिइएको उल्लेख गरे ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
सोमबार भएको जेन जेनरेशन (जेनजी) का युवाहरूको प्रदर्शन र उनीहरूले उठाएका मागका विषयमा छलफल गर्नका लागि देउवाले बैठक आह्वान गरेका हुन्।
पार्टी स्रोतका अनुसार बैठक मंगलबार बिहान ९ बजे सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २० भदौ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनको छलफलमा नपर्ने स्पष्ट पारेका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई लक्षित गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषय मात्रै छलफल हुने बताए। उनका अनुसार अरू विषय पार्टीका सम्बन्धित कमिटीमा मात्रै उठाइने छन्।
“ती विषय विधान महाधिवेशनसँग सम्बन्धित होइनन्। सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ। विधान महाधिवेशन विधानमै केन्द्रीत भएर अघि बढ्छ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक रूपमा संवेदनशील बनाइएको आरोप लगाउँदै राजनीति, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि मात्रै समूहगत छलफलमार्फत अन्य विषयहरू समेट्न सकिने बताए।
यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले पनि विद्या भण्डारीको पार्टी सदस्यताबारे महाधिवेशनमा छलफल नहुने निर्णय गरिसकेको थियो।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले नै टुंगो लगाइसकेको भन्दै महाधिवेशनमा यसलाई एजेन्डा नबनाइने बताए। “यसलाई लिएर पक्ष–विपक्षी भइराख्नुपर्ने आवश्यकता छैन,” उनले स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० भदौ । । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । बिहिबार देखि सुरु भएको महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् ।
यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ ।
विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता भएको हो । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि झन्डै आधा घण्टा उनीहरुबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट गरेका हुन् । भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
भेटमा प्रधानमन्त्री ओलीले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे।
उनीहरुबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस