रुपन्देही–३ उपनिर्वाचन : समाजवादीले सात जनाको नाम सिफारिस

   भदौ १६, २०८२       admin

दाङ,१६ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम अघि सारेको हो। भुसाल यसअघि २०७४ सालमा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

सिफारिसमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ की सह–इञ्चार्ज विजयलक्ष्मी राय परेका छन्।

जिल्लाले पठाएको नाममध्ये कार्यदलले एक महिलासहित तीनजनाको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउनेछ। उक्त कार्यदलमा पार्टीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह रहेका छन्।

उपमहासचिव चौधरीका अनुसार कार्यदलले सबै सातै उम्मेदवारसँग छलफल गरेर चुनावी रणनीति बुझिसकेपछि मात्र तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बहुविवाह विवादपछि रास्वपाका उम्मेदवार डा. थापाको पत्रकार सम्मेलन स्थगित

   भदौ १६, २०८२       admin

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन बहुविवाहको विवादपछि स्थगित गरिएको छ। रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार रहेका थापाले बहुविवाह गरेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन रोकिन पुगेको हो। उनीमाथि बहुविवाहको आरोप लागेपछि पार्टीले घटनाको अनुसन्धान गर्न समय आवश्यक पर्ने भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको नेताहरूले बताएका छन्।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन स्थगित हुनुको कारणलाई विशेष कारण भन्दै टिप्पणी गरेका छन्। उनले स्पष्ट रूपमा बहुविवाह विवादको चर्चा भने गरेका छैनन्।

सामाजिक सञ्जालमा भने रास्वपाले बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ। यही आलोचनासँगै पार्टीले कार्यक्रम स्थगित गर्दै विषयको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समय तय गरेर गर्ने जानकारी सञ्चारमाध्यमहरूलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्ड आज रुपन्देहीमा

   भदौ १५, २०८२       admin

दाङ,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आज बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

सोही अवसरमा प्रचण्डबाट ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरिनेछ। माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जका रूपमा पनि जिम्मेवारी बहन गर्दै आएका नेता थिए।

पार्टी र जनआन्दोलनमा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीमा माओवादी केन्द्रले उनको सालिक निर्माण गरेको छ। सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रम यही उद्देश्यका लागि आयोजना गरिएको हो।

अध्यक्ष बरालले भने, “भदौ १५ कै दिन प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकमा पनि सहभागी हुनुहुनेछ। दिनभरि प्रचण्ड रुपन्देहीमै रहने कार्यक्रम छ। बिहान सालिक अनावरण र पुस्तक विमोचनपछि पार्टीका आन्तरिक बैठक र छलफलमा उहाँ सहभागी हुनुहुनेछ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लोसपाको महाधिवेशन चैतमा

   भदौ १३, २०८२       admin

काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए।

बैठकले तराई–मधेशका जिल्लामा खडेरीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै संघीय र प्रदेश सरकारसँग क्षतिपूर्ति प्याकेज घोषणा गर्न माग गरेको छ।

यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा सुख्खाग्रस्त स्थिति सिर्जना भई खानेपानीको अभाव बढेको बैठकले उल्लेख गरेको छ। चापाकल, इनार र पोखरी सुक्दै गएपछि आम नागरिक पीडित भएको भन्दै तीनै तहका सरकारलाई तत्काल खानेपानीको सहज व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनता समाजवादी पार्टीले मन्त्री फिर्ता बोलाउने, नयाँ दुई नाम सिफारिस

   भदौ ०८, २०८२       admin

काठमाडौँ,८ भाडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गर्दै प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाई डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको छ। बस्नेतले भने, “सरकारमा हाम्रो पार्टीबाट रहेका दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुनेछ, त्यसपछि नयाँ मन्त्रीहरूले जिम्मेवारी सम्हाल्नुहुनेछ।”

जसपाले यादव र साहलाई एक वर्षका लागि सरकारमा पठाएको थियो। उनीहरू एक वर्षभन्दा बढी समयदेखि सरकारमा जिम्मेवारी सम्हालिरहेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई नयाँ जसपा गठन भएपछि रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो। तर, उनले सो पद नस्वीकार्दै एक वर्ष कुर्ने निर्णय गरेकी थिइन्।

त्यस्तै, यसअघि जसपा नेपाल सरकारमा सहभागी हुँदा डा. वीरेन्द्र महतो वनमन्त्रीसमेत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

म राजावादी होइन : दुर्गा प्रसाई

   भदौ ०२, २०८२       admin

काठमाडौं,२ भदौ । व्यवसायी दुर्गा प्रसाईंले आफू राजावादी नभएको स्पष्ट पारेका छन्।

केही साताअघि जेलमुक्त भएका उनले सोमबार पत्रकार सम्मेलनमार्फत आफू कुनै पनि वादी नभएको भन्दै राष्ट्रवादी भएको दाबी गरे।

प्रसाईंले भने, “राजा पनि राजावादी होइनन्, म पनि होइन। म राजावादी होइन, राष्ट्रवादी हुँ। यो दल नेपाल र नेपालीको हुन्छ, भुइँमान्छे र सर्वहारा वर्गको पार्टी

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरुणदलको महाधिवेशन कार्यतालिका सार्वजनिक

   भदौ ०२, २०८२       admin

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

अध्यक्ष विद्धान गुरुङले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १० भित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म जिल्लास्तरका अधिवेशन गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, महाधिवेशनका लागि भाद्र १५ भित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ। यसै महिनाको मसान्तभित्र सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिहरू अनुमोदन गर्ने प्रक्रिया पूरा गर्ने उल्लेख गरिएको छ।

२०७३ सालपछि पहिलोपटक हुन लागेको अधिवेशनका लागि हाल तदर्थ समितिबाट संस्था सञ्चालन भइरहेको छ। तरुण दलले यसपटकको अधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनको अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराही उपमहानगरपालिका ८ का अध्यक्षको राजीनामा स्वीकृत , सदस्य चौधरीलाई कार्यबाहक तोकियो

   भदौ ०२, २०८२       admin

दाङ, २ भदौ। घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले वडा अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ। नगर प्रमुख नरुलाल चौधरीले असार अन्तिममा राजीनामा स्वीकृत  गरिसकेको र आजको कार्यपालिका बैठकमा अनुमोदन गरिएको बताए ।

राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो , त्यो  असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ नगर प्रमुख चौधरीले भने ।  केहि महिला  अघि नै अध्यक्ष शाहले नगर प्रमुखलाई राजीनामा बुझाएका थिए ।
घोराही उपमहानगरपालिकाको  कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो । कार्यपालिकाले राजीनामा  अनुमोदन  गरेसँगै  अध्यक्ष  पदबाट शाह हटेका छन ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमालेकोको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरी समक्ष केही महिना अघि नै राजीनामा बुझाएका थिए। उनीलाई बिचमा एमालेले समेत कारबाही गरेको थियो ।  वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

   श्रावण ३१, २०८२       admin

काठमाडौँ,३० साउन । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रबार प्रदेश प्रमुख उनलाई सपथ गराएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त मन्त्रीहरु प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए । सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।

२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

यसअघि २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

   श्रावण २८, २०८२       admin

काठमाडौँ, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आफ्नै पार्टीका नेता तथा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव सफल बनाउँदै सत्ता नेतृत्व सम्हालेका हुन्।

विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री बानियाँलाई समर्थन गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रदेश सभामा आजको मतदानले बानियाँ नेतृत्वको सरकारको राजनीतिक स्थायित्वमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology