काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
गौतमले पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट नेकपा एमाले तथा पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
उनले भने, “नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि उपमहासचिव पदबाट विधिवत रूपमा उम्मेदवारी फिर्ता लिएको हुँ। अब दुई समूहका तीन/तीन जनालाई प्रतिस्पर्धाका लागि छाडिदिएको छु।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।
तेस्रो पटक पार्टी नेतृत्व सम्हाल्ने लक्ष्यसहित ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।
एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारीहरू रहेको अध्यक्षमण्डल घोषणा गरेका छन्।
बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता तथा समसामयिक विषयहरू प्रस्तुत गरी छलफल गरिने जनाइएको छ।
महाधिवेशनको बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन र संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ मंसिर । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया लुम्बिनी प्रदेशमा जारी रहेको छ। पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा पठाउने व्यवस्था छ।
लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट उम्मेदवार सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जानकारी दिए। उनका अनुसार बाँकी ५ जिल्लाबाट सिफारिस आउने क्रम जारी छ।
नेपाली कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेशमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको भए पनि बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाबाट सिफारिस आउन बाँकी रहेको छ।
ती जिल्लामध्ये केहीमा क्षेत्रीय समितिबाट सिफारिस आए पनि जिल्ला कार्यसमितिले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ भने कतिपय जिल्लामा अझै निर्णय टुङ्गो लाग्न सकेको छैन। सभापति पुनका अनुसार अधिकांश स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसकेका छन् तर जिल्लास्तरमा बुझ्ने र समन्वय गर्ने क्रममा केही ढिलाइ भएको हुनसक्छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्। अर्घाखाँची, रोल्पा र रुकुम पूर्वी जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेका छन्। पार्टीको व्यवस्था अनुसार क्षेत्रबाट आएका सिफारिस जिल्ला हुँदै प्रदेशमा पठाइने प्रावधान छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो तुलसीपुर नगर भेला सम्पन्न भएको छ। भेलाले जीवन भण्डारीलाई तुलसीपुर नगर सभापतिमा चयन गरेको छ।
भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति पनि गठन गरिएको छ। समितिमा उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली, कोषाध्यक्षमा राजन भण्डारी रहेका छन्।
सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन्।
रास्वपाको यो भेला पार्टीको स्थानीय संगठन सुदृढीकरण र नगर तहमा सक्रियता बढाउने उद्देश्य लिएको बताइएको छ। प्रथम नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले, गणेश पराजुली मनिषा लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२७ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्।
पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले अजम्बरी रहेको जिकिर गरे। ओलीले पुराना पार्टी र नेताहरूको सान्दर्भिकता सकिएको भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई जनताको उपस्थितिले खण्डन गरेको बताए।
उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइयो। तर प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु—लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२७ मंसिर । एमालेको ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, र सहसंयोजक माधव नेपाल र सहभागी नहुने भएका छन्।
महाधिवेशनका लागि एमालेले औपचारिक निम्तो दिए पनि यी शीर्ष नेताहरू नजाने भएका हुन्। प्रचण्ड र माधव नेपाल हाल पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट महाधिवेशनमा नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले केन्द्रविन्दुलाई जानकारी दिएका छन्।
यस्तै, कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने देउवाको सचिवालयले जनाएको छ।
एमालेले महाधिवेशनको उद्घाटन समारोहमा नेकपा, कांग्रेस, रास्वपासहित १६ राजनीतिक दललाई आमन्त्रण गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम सिफारिस गरिएको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए। उनले भने, “सांसद र मन्त्री भइसकेँ। नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ। पार्टी सुदृढीकरणको काममा आफू लाग्नेछु।”
पाण्डेका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि उनको इच्छा छैन।
जेनजी आन्दोलनको बेला पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए। उनले सरकार र आन्दोलनकारीको सम्बन्धमा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीको नाताले नैतिक जिम्मेवारी आफूले लिने बताए।
पाण्डेले यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको र पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने काम आफ्नो प्राथमिकता रहेको पनि स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ।
साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस गरिएको छ।
त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए। उनका अनुसार सबै पदका लागि सिफारिस सर्वसम्मत रूपमा गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस