रास्वपाले हस्ताक्षर अभियान संगठन विस्तारसँग जोड्ने

   श्रावण २४, २०८२       admin


दाङ,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानलाई अब संगठन निर्माणसँगै जोडेर प्रभावकारी बनाउने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले जनसमर्थनलाई संस्थागत रूप दिने रणनीति अनुसार हस्ताक्षर अभियानलाई संगठन विस्तारको माध्यम बनाउने निर्णय गरेको हो। प्रवक्ता मनीष झाका अनुसार, अब पार्टीका सबै संगठनात्मक गतिविधि हस्ताक्षर अभियानसँग सँगसँगै अघि बढाइनेछ।

“जनताको समर्थनलाई संगठनको बलमा रूपान्तरण गर्दै अभियानलाई देशव्यापी बनाउने योजना छ,” झाले बताए। उनका अनुसार हालसम्म ३२ लाख ६ हजार ६०८ जनाको हस्ताक्षर संकलन भइसकेको छ भने ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग रकम उठेको छ।

बैठकले पार्टीको संगठन वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सशक्त बनाउने लक्ष्यसहित केन्द्रीय समिति र विभागीय सदस्यहरूलाई जिल्ला(जिल्लामा परिचालन गर्ने निर्णय पनि गरेको छ।

पार्टीले विभिन्न विभाग तथा समितिमा नयाँ जिम्मेवारी वितरण गर्दै संगठन सुदृढीकरणको कामलाई तीव्र बनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादी केन्द्रले विप्लव नेतृत्वसँग पार्टी एकता गर्ने

   श्रावण २०, २०८२       admin

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकताको तयारी थालिएको जानकारी दिएका हुन्।

“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,” बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “छिट्टै वार्ता समिति बनाएर प्रक्रिया अघि बढाइनेछ।”

यसअघि पनि माओवादी केन्द्रले विभिन्न चरणमा विप्लव समूहसँग एकता गर्ने निर्णय गर्दै आए पनि ती प्रयासहरू रणनीतिक तहमा मात्रै सीमित भएका थिए।

केही दिन अघिसम्म माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकताको सम्भावना खोज्दै छलफल गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रचण्डको घोषणाः देशमा फेरि नयाँ विद्रोह आवश्यक छ

   श्रावण १, २०८२       admin


काठमाडौँ,१८ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो भनाइ दिएका हुन्।

अध्यक्ष प्रचण्डले देशमा क्रान्तिकारी सोच र देशभक्त शक्तिहरूमाथि भइरहेका षड्यन्त्रहरूविरुद्ध प्रतिकार गर्न अब फेरि विद्रोह आवश्यक रहेको तर्क गरे। उनले वामपन्थी, क्रान्तिकारी र देशभक्त शक्ति एकजुट भएर प्रतिक्रियावादी शक्तिको प्रतिरोध गर्नुपर्ने बताए।

‘आज हामी बल गर्दै छौँ, देशभक्त, क्रान्तिकारी, वामपन्थीलाई जोडेर षड्यन्त्रको प्रतिवाद गर्ने प्रयासमा छौँ। मलाई जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया र संविधानसभासम्म आइपुग्दा अझै जीवित रही नेतृत्वमा रहन सकेको छु भन्ने लाग्छ। उनले भने–‘ त्यसैले फेरि एकपटक नयाँ प्रकारको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित अघि बढिरहेका छौँ,।’

प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिँदै बिदा दिने निर्णय गरिएको तर त्यसलाई अदालतले रोकेको बताएका छन्। उनले त्यस निर्णयलाई रोकिनुप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक निर्णयहरूमा न्यायालयको हस्तक्षेप स्वीकार्य नहुने संकेत गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनार्दन शर्मामाथि कारबाहीको माग

   श्रावण १७, २०८२       admin

सुभाष साह, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।

शुक्रबार -आज_ माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्दै छ । सो बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन् । गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो ।

अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यस’दयगतमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ । शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन् ।

प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन् ।

गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो ।

शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रियता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाउन थालेपछि यो असन्तुष्टि प्रचण्डसहितका नेताले अनुशासनको कारबाहीको विषय अगाडि बढाउन लागेको बताइन्छ ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पार्टी नेतृत्व, नीति एवं कार्यक्रमकै विरुद्धमा अभिव्यक्ति दिनेलाई अनुशासनको कारबाहीको विषय पनि बैठकमा आउने बताए । साथै, केन्द्रीय कमिटी बैठक, योजना, पार्टी एकताबाट आएकालाई जिम्मेवारीसहित पछिल्लो राजनीतिक अवस्थाका ’दयगतमा बैठकमा छलफल हुने एजेन्डा रहेको उनले बताए ।

उपमहासचिव शर्माले पार्टी नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले उनलाई इंगित गर्दै पार्टीभित्र ‘सिँगौरी खेल्न दिएको’ अभिव्यक्ति दिएका थिए । शर्माले पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई पटक–पटक उठाएपछि प्रचण्ड असन्तुष्ट छन् ।

प्रचण्ड र शर्माको सार्वजनिक रूपमै यस्तो अभिव्यक्ति आउन थालेपछि प्रचण्डनिकटका नेताहरूले शर्माका विरुद्धमा सार्वजनिक रूपमै अभिव्यक्ति दिन थाले । अब यो विषय पार्टी बैठकमै उठाउँदै अनुशासनको ‘डन्डा’ चलाउने रणनीतिमा पार्टी नेतृत्व रहेको छ । प्रचण्ड र शर्माका बीचमा टकराव बढ्दै गएपछि पार्टी नै विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेको छ ।

पार्टी महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव गर्दै अनुशासनको विषयसमेत बैठकमा प्रवेश गराउँदै छन् ।

माओवादी नेतृत्वमाथि यसअघि खुलेर कसैले असहमति राख्न सकेका थिएनन् । असन्तुष्ट बनेपछि मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले पार्टी नै छाडेका थिए । तर, एमालेमा जस्तो आन्तरिक असन्तुष्टिलाई लिएर कारबाहीमा भने अहिलेसम्म माओवादी उत्रिएको छैन । पछिल्ला दिन एमालेले भीम रावललगायतका नेतालाई गरेको कारबाहीकै जस्तो बाटोमा जाने संकेत माओवादी नेतृत्वले देखाउन थालेको छ ।

नेतृत्वबाटै फुटको हल्ला !
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी विभाजनको अनावश्यक प्रचार गर्नेबाट सचेत हुन आग्रह गरेका छन् । माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएको समेत उनले आरोप लगाएका छन् । माथिलो तह भने पनि त्यस तहमा रहेका नेताको पहिचान भने उनले खुलाएका छैनन् ।

‘विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखका छन् ।

यस्तै, उनले गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने जनाएका छन् । यसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने शर्माको निष्कर्ष छ ।

पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जित ऊर्जालाई दुईबुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने उनले जनाएका छन् ।

‘यतिबेला देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनसंरचना र पार्टीको पुनर्गठन नै हो,’ शर्माले भनेका छन् ।


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेलगत्तै नेता वामदेव गौतम असन्तुष्ट देखिन थालेका छन् । गत २ साउनमा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टीमा गौतम तेस्रो मर्यादाक्रमका नेता भए पनि उनी असन्तुष्ट छन् । पार्टी प्रवेशको एक महिना नपुग्दै उनले असन्तुष्टि पोख्न सुरु गरिसकेका छन् ।

कहिले संगठन विभाग प्रमुख त कहिले के खोज्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत गुनासो पोख्न थालेका छन् । पार्टीमा जिम्मेवारी नभएको भन्दै उनले जिम्मेवारी खोजेका छन् । तर, पार्टीले उनलाई जिम्मेवारी दिनै बाँकी रहेको छ ।

पार्टीको बैठकबाट उनले तोकिएरै जिम्मेवारी पाउने भए पनि त्यसअघि नै उनले गुनासो पोख्नु कुण्ठा मात्रै रहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । ‘वामदेव जहाँ जान्छन्, जहाँ हुन्छन् त्यहाँ विवाद र झमेला आउनु नौलो होइन, यो त उहाँको नेचरजस्तै भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री ओलीसहित १६ जना विरुद्ध प्रहरीमा उजुरी

   श्रावण १५, २०८२       admin

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उजुरी पठाउँदै प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ नेताहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका हुन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।

पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र पूर्वश्रममन्त्री डोलप्रसाद अर्याललाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्।

यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रधानमन्त्री ओलीसहितका नेताहरूविरुद्ध यस्तै उजुरी दर्ता गराएका थिए।

तर, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि यो विषय प्रहरीको आधिकारिक दर्ता प्रक्रियामा नपर्ने जनाएका छन्। उनका अनुसार उजुरीको प्रकृति अध्ययन गरेर मात्र अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

   श्रावण १५, २०८२       admin

हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन्।

नवगठित मन्त्रिपरिषद्मा सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको भएपनि उनीहरूको मन्त्रालय भने तोकिएको छैन। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलको नेताबाट मंगलबारमात्र विश्वास गुमाएका थिए। विश्वासको मत लिनुपर्ने प्रस्तावमा २२ सांसद विपक्षमा उभिएपछि उनी पराजित भएका थिए। लामाले पक्षमा १५ मतमात्र पाएका थिए। बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्।

संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक वर्षमा पायो लुम्बिनी सरकारले पूर्णता : युवा तथा खेलकुद मन्त्रीमा पाण्डेय नियुक्त

   श्रावण १३, २०८२       admin

दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका हुन । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विकासमा गुणस्तरीयता कायम गरौ

   श्रावण १३, २०८२       admin

लुम्बिनीमा विकास समस्या समाधान समिति बैठक :

दाङ, १२  साउन ।   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न तथा कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका छन्।

सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले समपूरक, विशेष र सशर्त अनुदानका बजेटहरू समयमै कार्यान्वयन गर्न र ठेक्का प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका छन्। साथै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने र “साल बसाली योजनामा रकमान्तरण नगर्न” पनि उनले स्पष्ट गरेका छन्। धेरै पहाड भत्काएर होइन, आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गरिनुपर्छ,” मुख्यमन्त्री आचार्यले भने। उनले कालोपत्रे सडकको सट्टा प्राविधिक दृष्टिले बलियो देखिएको ढलान सडकलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।

मुख्यमन्त्री आचार्यले जनघनत्वको आधारमा योजना छनोट गर्नुपर्ने र योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता तथा जनसरोकारको महत्व बढाउनुपर्ने बताएका छन्।
कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक र प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुद्धका शिक्षाले शान्तिमा नयाँ आयाम

   श्रावण १२, २०८२       admin

दाङ , ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन  । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’उनले भने  ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए ।‘लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ,’उनले भने ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने  बताए  ।

उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पुरयाउने विश्वास व्यक्त गरे  ।
मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए  ।
संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी ले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए ।
कार्यक्रममा भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिए  । कार्यक्रममा विभिन्न विद्वानहरुले शुभकामना सन्देश मार्फत वौद्ध शिक्षा र यसको सान्दर्भिताको बारेमा व्याख्या गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा संगोष्ठीको उद्घाटन गरिएको थियो । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता समेत गरिएको थियो । रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताए । उहाँले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्व राजदुतहरू प्रा.डा लोकराज बराल, दीप कुमार उपाध्याय लगायतले बोल्दै विश्वशान्तिका लागि बुद्ध कुटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताए  ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए  । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए  । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् । सेमिनार दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

   श्रावण ११, २०८२       admin

दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन।

स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्य रहेको थियो।

उक्त कार्यक्रमका लागि नेताहरू तुलसीपुरको विपी चोक हुँदै दंगीशरण गएका थिए। तर, विपी चोकको शालिकमा कसैले माल्यार्पण गरेनन्। काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण) का अनुसार बिहान नेताहरू व्यस्त रहे पनि साँझमा माल्यार्पण हुने अपेक्षा गरिएको थियो। तर, दुई दिनसम्म पनि कोही नेता माल्यार्पणका लागि शालिकमा पुगेनन्।

यो बेवास्ता काँग्रेसका युवाहरूलाई खट्कियो। अन्ततः नेपाल लोकतान्त्रिक खेलकुद संघ तुलसीपुर नगर कार्यसमितिको अगुवाइमा साउन १० गते विहान युवाहरू आफैंले विपीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। साथै, शालिकमा नेपाली काँग्रेसको झण्डा फहराइयो।

कार्यक्रमको अध्यक्षता संघका नगर अध्यक्ष धनराज रोकाले गरेका थिए। कार्यक्रममा काँग्रेसका युवा नेता बिमल रिजाल, नेता सुरेन्द्रबहादुर खड्का, महासमिति सदस्यहरू टीकाराम घर्ती, ऋषिराज लहरे (अरुण), तुलसीपुर उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष बेदबहादुर केसी, नेपाल तरुण दल दाङका सदस्य नेत्र गिरी (वसन्त), नगर उपाध्यक्ष केशव भुसाल, केशव चौधरी (मिग्मा) लगायतको सहभागिता थियो।

नेताहरूको अनुपस्थितिमा युवाहरूले विपीको योगदान सम्झिएर जिम्मेवारी निभाएका छन्। तर, संस्थापक नेताप्रति गरिएको यस्तो बेवास्ता काँग्रेस भित्रकै अनुशासन, मर्यादा र आदर्शप्रतिको प्रतिबद्धता कति बलियो छ भन्ने प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology