अधिवेशन गर्न नसकेका भ्रातृ संस्था भंग गर्दै काँग्रेस

   चैत ३०, २०८१       admin

काठमाडौँ,३१ चैत । नेपाली काँग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ । काँग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
पार्टीले उपलब्ध गराएको समय सीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन । 

प्रमुख भ्रातृ संस्थाका रूपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् । काँग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन् । भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।

यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपांग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपांग संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपांग संघले पहिलो पटक महाधिवेशन गरेका हुन् ।

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज कांग्रेस दाङको जिल्ला सम्मेलन : महामन्त्री शर्माले सम्वोधन गर्ने

   चैत २८, २०८१       admin

दाङ, २९ चैत्र । नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन आज हुदै छ । पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

जिल्ला सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउनका लागि उपस्थितिका लागि नेपाली कांग्रेस दाङले वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसस्थाका प्रतिनिधिलगायत सवैलाई आग्रह गरेको छ । जिल्ला सम्मेलनमा पार्टीले बर्षभरी गरेका कार्यक्रमको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संघसस्थालाई सशक्त र क्रियाशील बनाउनका लागि भूमिका खेल्ने नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । जिल्ला सम्मेलनका लागि मञ्च व्यवस्थापन, अतिथिलाई निमन्त्रणा, सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेलगायतको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन विहान ११ बजेदेखि घोराही बहुउद्देश्य सभागृहमा हुनेछ ।  सम्मेलनले कांग्रेसका नेता कार्यकर्तालाई नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्गा प्रसाई भारतमा पक्राउ

   चैत २७, २०८१       admin

दाङ, २८ चैत  । दुर्गा प्रसाई पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका हुन ।

भारतको आसाम राज्यमा उनी पक्राउ परेको बुझिएको छ ।  प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेका छ्न ।

प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्।प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए। चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा मनाइयो सिंचाई दिवस

   चैत २४, २०८१       admin

दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा सिचाई दिवस मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय को आयोजनामा सिंचाइ दिवस मनाइएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताए ।

मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिंचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि बढाउँदा पानीको समस्या समाधान गर्न सकिने बताए ।  ‘बाझो जमिनमा सिंचाइ पु¥याउन सकिन्छ भने यसबाट पर्यटक समेत भित्रयाउन सकिन्छ । तराई तथा पहाडमा पानीको जलाशय निर्माण गरेर पानीको समस्या समाधान गर्न सकिन्छ । वर्षाको पानी संकलन गरेर त्यसलाई हिउँदमा सिंचाइमा प्रयोग गर्न सकिन्छ’ उनले भने । मुख्यमन्त्री आचार्यले पानीका स्रोतको संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जमिन मुनि र सतह दुबै तहको पानीको स्रोत क्रमशः घट्दै गएकाले सिंचाइ आयोजनासमेत रुङ्गन अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । ‘ती सिंचाइका आयोजनाहरू संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गर्न सकेको छैन । यसले गर्दा किसानहरूले सजिलै सिंचाइ गर्न पाउनु भएको छैन । प्रदेश सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको छ ।’ उनले समन्वय र सहकार्यका माध्यमबाट सिंचाइ समस्याको समाधान खोजिने र संघीय सरकारले सञ्चालन गरेको भूमिगत पानी सिंचाइ योजनाहरू प्रभावकारी नबन्दा समस्या झन जटिल बनेको बताए ।

स्वदेशमै कच्चा पदार्थ उत्पादनको थालनी गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री आचार्यले बाहिरबाट मकै आयात भइरहेको उल्लेख गर्दै प्रदेशभित्रै वर्षको तीन सिजन मकै खेती भइरहेको अवस्थामा ऊर्जा र कृषि मन्त्रालयबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, उपभोक्ता तिलक न्यौपाने लगायतले सम्बोधन गरेका थिए । मन्त्रालयका सचिव बिष्णु भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा महाशाखा प्रमुख महेश पोख्रेलले प्रदेशमा सिंचाईको वर्तमान अवस्था र चुनौतीको बारेमा प्रस्तुती राखेका थिए ।  

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने कारागार चलान

   चैत २४, २०८१       admin

दाङ, २५ चैत ।  पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन चलान गरिएको छ । उनलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको हो ।
शुक्रबार  राति  आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै विमानमार्फत रुपन्देही ल्याएर  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् । गत  शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गगन थापा दाङ आउँदै

   चैत २३, २०८१       admin

दाङ, २४ चैत ।  थारु सङ्घको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा दाङ आउने भएका छन्। आज दिउँसो तुल्सीपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्न थापा दाङ आउन लागेका हुन् ।

नेपाल थारु सङ्घको क्षेत्रीय सम्मेलन र भेलालाई सम्बोधन गर्न महामन्त्री थापा दाङ आएको थारु संघका अध्यक्ष यादव चौधरीले बताए । थापाले दिउँसो १ बजे सम्मेलनलाई सम्बोधन गर्नेछन्। थापासँगै पूर्व मन्त्री मिनेन्द्र रिजाल दिपक गिरी, पूर्व मुख्यमन्त्री दिल्लीबहादुर चौधरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी लगायतका नेता हरुले कार्यक्रममा सम्बोधन गर्ने छ्न ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछाने घरबाटै पक्राउ : बुटवल पठाइँदै

   चैत २१, २०८१       admin

काठमाडौ  , २२ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । घर बाटनै उनलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई शनिबार बिहान बुटवल  लगिने बुझिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछानेलाई थुनामा पठाउन उच्चको आदेश

   चैत २१, २०८१       admin

दाङ , २२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। 

रवि लामिछानेलाई थुनाामा पठाउने उच्च अदालतको आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश भएको छ।

यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेडक्रसमा दलीय भागबन्डा गर्ने ५ जनालाई जेनेभाको प्रतिबन्ध

   चैत २०, २०८१       admin

काठमाडौं, १५ चैत । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले नेपाल रेडक्रसका पाँच अनुहारलाई कारबाही गरेको छ ।
बुधवार एक सूचना जारी गरेर कारबाही सार्वजनिक गर भएको हो । फेडेरेसनको कम्प्लाएन्स एण्ड मेडिएसन कमिटीले नेपाल रेड क्रसको ‘निष्ठा’को सवालमा कारबाही गरेको सार्वजनिक गरेको छ ।

कमिटीकी र्यापोर्टर क्रिस्टिना कुम्पालाले सार्वजनिक गरेको सूचना अनुसार कारबाहीमा पर्ने पाँच अनुहारहरूमा सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल्सिना छन् ।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरू परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको हो ।

इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबन्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् । र्यापोर्टर क्रिस्टिना कुम्पुलाले नेपाल रेड क्रसलाई पठाएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन्  । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।
रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको  रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो । नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा घाटा बजेट आउदैन : मुख्यमन्त्री

   चैत १, २०८१       admin

दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको जान्कारी दिदै सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।

यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्न आग्रह गरे । ‘आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ । प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ ।’
प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए । ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ ।’

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए । प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूले सुझावसहितको धारणा राखेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धि र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए ।
बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो । चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन् । टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology