काठमाडौं , ४ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।
आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । अ
महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए।
२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थामा नयाँ नेतृत्व आएको छ। निर्वाचन मार्फत तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व आएको हो । खानेपानीमा काङ्ग्रेस समर्थित लोकतान्त्रिक प्यानलका ८ जनस उम्मेदवर हरु निर्वाचन भएका छन । सचिवमा एमाले र राप्रपा समर्थित उम्मेदवार विजय भएका हुन । नौ सदस्य कार्यसमिति रहेको खानेपानीमा आठ जना नेपाली कांग्रेस समर्थित र एकजना एमाले राप्रपा समर्थित निर्वाजित भएका छ्न ।
तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दोस्रो कार्यकालका लागि लोकतान्त्रिक प्यानलका यमकान्त भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । नौ जना पदाधिकारी मध्य एक जना बाहेक सबै पदहरुमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुन ।
सोमबार बिहान सार्वजनिक अन्तिम मत परिनाम अनुसार नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भण्डारीले दुई हजार नौं सय ६९ मत प्राप्त गरि बिजयी भएका हुन । भण्डारी यसअघि पनि खानेपानीको अध्यक्ष थिए ।
निर्वाचन समितिका संयोजक प्रदीपकुमार धितालका अनुसार २९६९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले २३८१ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित भण्डारी निकटतम प्रतिष्पर्धी शर्मा भन्दा ५८८ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।
अर्का नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले १२१३ मत प्राप्त गरे । उनीलाई राप्रपाले सहयोग गरेको थियो ।
लामिछाने प्राप्त गरेको मत अध्यक्षमा निर्वाचित भण्डारी भन्दा १७५६ले कम हो । लामिछाने शर्मा भन्दा ११६८ मत कम प्राप्त गरे ।
उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्मा निर्वाचित भएका छन् । २७०६ मत प्राप्त गरि शर्मा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १९०३ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १४२० मत प्राप्त गरे । काँग्रेसका शर्माले राप्रका केसी भन्दा ८०३ र माओबादीका भण्डारी भन्दा १२८६ मत बढी मत प्राप्त गरि निर्वाचित भएका हुन ।
सचिव पदमा भने नेकपा एमालेका भुवन भुसाल निर्वाचित भए । भुसालले २४५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार गौतमले २४१३ मत प्राप्त गरे । यी दुई बीचको मतान्तरण ३८ छ ।
मतगणनाको सुरुमा परिनाम सार्वजनिक हुँदा भुसालको अग्रता थियो । त्यसपछि भने काँग्रेसका गौतमले अग्रता लिएका थिए ।
यी दुई बीचको रोचक प्रतिष्र्धाका बीच अन्तिममा भुसाल झिनो मतान्तरले निर्वाचित भएका हुन । सचिव पदका अर्का उम्मेदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले १०९५ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै भोलाप्रसाद थापा बिजयी भएका छन । थापाले निर्वाचनमै सबैभन्दा लोकप्रिय मत प्राप्त गरे । थापा ३२६८ मत प्राप्त गरि निर्वाचित हुदा निकटतम प्रतिस्पर्थी एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न सफल भए ।
सदस्य तर्फका पाँचै सिट नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २५०७ र बुद्धिराम चौधरी २१२० मत प्राप्त गरि निर्वाचित भए । अन्य दलका उम्मेदवारहरुले आधा कम मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य तर्फ सुष्मा अधिकारी २४५९ , लुमा बुढा मगर २३८५ र शारदी सार्कीले २१४८ मत प्राप्त गरि निर्वाचित भए ।
शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार १ सय ८२ मत खसेको थियो ।निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए । निर्वाचनमा दलित उम्मेदवार प्तानल सहित नेतृत्वको प्रतिस्पर्धामा थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३ चैत । तुलसीपुर खानेपानी निर्वाचनमा२१८१ मत गणना हुँदा गर्दा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै रहेको छ । सुरु देखिकै निरन्तता रहिरहेको छ ।
पदाधिकारीमा आएको प्यानल अनुसारको मत परिणाम ।
१. (कांग्रेस)प्यानल
अध्यक्ष : यमकान्त भण्डारी ९५०
उपाध्यक्ष : नारायणप्रसाद शर्मा ९५१
सचिव : रञ्जन कुमार गाैतम ८५८
कोषाध्यक्ष : भाेला प्रसाद थापा १०१२
२. (माओवादी-विप्लव-जनमोर्चा)प्यानल
अध्यक्ष : सिताराम शर्मा (माओवादी केन्द्र ) ७४१
उपाध्यक्ष : दुर्गा प्रसाद भण्डारी (जनमाेर्चा) ३४६
सचिव : रूद्रबहादुर वली (विप्लव) ४४०
कोषाध्यक्ष : कर्णबहादुर वली (माओवादी केन्द्र) ३५२
३. (एमाले-राप्रपा)प्यानल
अध्यक्ष : मनाेज लामिछाने (एमाले) ४७८
उपाध्यक्ष : लक्षमण केसी(राप्रपा) ६४१
सचिव : भुवन भुषाल (एमाले) ७०९
कोषाध्यक्ष : शुसिला न्याैपाने (एमाले) ६२६
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ चैत्र । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उपभोक्ताहरूको हितमा काम गर्ने सक्षम नेतृत्व चयन गर्न उपमहानगरपालिकाको अरनीको मैदानमा मतदान प्रक्रिया सुरु भएको छ ।
संस्थाको नेतृत्वका लागि यसपटक तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका तर्फबाट वर्तमान अध्यक्ष यमकान्त भण्डारी पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट पूर्व सचिव मनोज लामिछाने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट निवर्तमान उपाध्यक्ष सिताराम शर्मा आचार्य नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ।
संस्थाका उपभोक्ताहरूले यो निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेका छन्। उनीहरूको प्रमुख सरोकार भनेको खानेपानी सेवाको गुणस्तर सुधार, संस्थाको पारदर्शिता, तथा सेवा प्रवाहको सुलभता हो। खानेपानीमा दश हजार नौ सय मतदाता रहेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ फागुन । दाङको घोराही-१४ मा रहेको शुभप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी भएको आक्रमणको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दाङ सहित दाङमा क्रीयासिल शिक्षकका संघ संगठनद्वारा विरोध गरेका छन ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा भएको सांघातिक आक्रमणको कडा विरोध गरिएको छ। विज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं १४ अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेलामा गणपूरक संख्या नपुगी निर्णय प्रक्रिया अघि बढाउन खोजिएको थियो। सोही क्रममा स्थानीय अभिभावक समूहले आपत्ति जनाउँदै विरोध गरेका थिए। यसै क्रममा वडाध्यक्ष भानसिङ बुढाको नेतृत्वमा केही समूहले बलपूर्वक निर्णय गर्न दवाब दिँदै विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई कुटपिट गरेका छन्।
नेपाल शिक्षक महासंघले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा भएको यस्तो हिंसात्मक घटना दुःखद रहेको जनाएको छ। महासंघले शिक्षालयहरूलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन तथा शिक्षक तथा विद्यालय कर्मचारीलाई निर्भय वातावरणमा काम गर्न दिन सबै पक्षलाई आग्रह गरेको छ।

महासंघले दोषीलाई कानूनी कारबाहीको माग गर्दै शान्ति सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले सहज वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।
बिज्यप्तिमा नेपाल शिक्षक महासंघ, दाङका अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ, दाङका अध्यक्ष प्रकाश डागी , एकीकृत अखिल नेपाल शिक्षक संगठन, दाङ अध्यक्ष झक्कुप्रसाद केसि, अखिल नेपाल शिक्षक संगठन, दाङका अध्यक्ष धनिराम घर्ती मगर, अखिल नेपाल शिक्षक संघका रुमालप्रसाद बसेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, दाङका अध्यक्ष शुशिला पौडेल,नेपाल शिक्षक फोरम, दाङ जयराम यादव, विद्यालय कर्मचारी परिषद्, दाङका अध्यक्ष तप्तप्रसाद शर्माले हस्ताक्षर गरिएको संयुक्त बिज्ञानप्प्तिमा शिक्षक महासंघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २८ फागुन । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद हुँदा दाङमा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षले सोही वडामा रहेको शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढालाई कुटेका हुन् । एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिटभए पछि राजनीतिक तरङ आएको छ । मावि शुभ प्रभातको विद्यालय व्यवस्थापन समितिको बैठकमा विब्यस गठनमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बनाइनु पार्ने भन्दै आएका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका आरोक लगाउदै प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको अभिभावकहरुले बताए । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले आफुलाई कुटपिट गरेको प्रधानाध्यापक बुढाले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ फागुन । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन मा दुई प्यानल खडा भएका छन । नेपाल विद्यार्थी संघ र संयुक्त प्यानल प्रतिस्पर्धामा देखिएका हुन ।
सभापति पदका लागि भने चार जनाको उम्मेदवारी दर्ता गराएका छन । आगामी चैत ५ गते स्ववियु चुनावका लागि नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवारी दिएका हुन । नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघबाट प्रमोद भण्डारीको नेतृत्वमा उम्मेदवारी परेको छ ।
संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट सभापतिमा लेखमणी खत्री (लक्ष्मण) को उम्मेदवारी परेको छ । लक्ष्मण पनि नेविसंघकै नेता हुन । टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका छन् ।
त्यस्तै स्वतन्त्र रुपमा दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् । कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी)ले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र तर्फका अर्का उम्मेदवार निरज बस्यालको आवश्यक प्रमाणपत्र नपुगेका कारण उनको उम्मेदवारी भने निर्वाचन समितिले खारेज गरि दिएको स्ववियु निर्वाचन समितिका उपप्रमुख सुर्य शर्माले बताए ।सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त बिद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रवाट संकिता डाँगीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट शिक्षा नेपाली, संयुक्त बिद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन् ।
नेविसंघका प्रत्यक्ष तर्फका सददस्य पदका उम्मेदवार
१ – मनिषा चौधरी
२– रुपेश चौधरी
३– यामकुमारी भण्डारी
४– सञ्जिब चौधरी
५– प्रशान्त खनाल
६– ममता वली
७– करुणा नेपाली
८– लक्ष्मण वली
नेविसंघका प्रत्यक्ष तर्फका दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नेविसंघका समानुपातिक तर्फका उम्मेदवार
१– नबिन खड्का
२– अभिषेक कुसुन्डा
३– सुभाश केसी
४– जानकीकुमारी भुसाल
५– सन्तोष खड्का
६– प्रिया सेन
७– निश्चलसिंह बिष्ट
८– सुस्मिता केसी
९– अर्जुन भट्टराई
१०– रेशम खड्का
११– सुजल आचार्य
१२– चन्द्रप्रकाश केसी
१३– विकास न्यौंपाने
१४– भविष चौलागाँई
१५– सुगम केसी
संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवार
१ – नेबबहादुर भण्डारी (नबीन)
२– कबि सेन
३– प्रेम केसी
४– दिलिप शर्मा (दीपक)
५– अनिता खड्का
६– तुलसीराम भण्डारी
संयुक्त बिद्यार्थी प्यानलका समानुपातिक तर्फका उम्मेदवार
१– हेमन्त प्रकाश वली
२– मनोज रावत
३– भद्रबहादुर खत्री (भुपेस)
४– पूर्णिमा बस्नेत (सपना)
५– जर्नादन वली
६– देवबहादुर वली
७– प्रमोद नेपाली
८– कमल कँडेल
९– संकल्प बस्नेत
१०– सुरजकुमार बुढाथोकी
११– राजु बिक
१२– सुमन भण्डारी
१३– ओदबहादुर भण्डारी
संयुक्त बिद्यार्थी प्यानलबाट समानुपातिक तर्फपनि जम्मा १३ जना मात्रै उम्मेदवार प्रस्तुत गरेको हुँदा यसमा पनि नेविसंघलाई स्वतह लाभ हुने देखिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका हुन्।
यसअघि, फागुन २६ गते उम्मेदवारहरूको लागि मनोनयन पत्र वितरण गरिएको थियो। निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । फागुन २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध तथा छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। फागुन २९ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन हुनेछ। यसपटकको निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २६फागुन ।
दानको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई सोमबार निर्वाचन समितिले चुनाब चिन्ह दिएको छ ।
निर्वाचन मा तिन समुह बीच प्रतिस्पर्धा रहेको छ । काङ्ग्रेस , एमाले र माओवादी समर्थित प्यानल खडा भएका छ्न ।
नेपाली काँग्रेसको समर्थनमा रहेको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाएका छन् । भण्डारी नेतृत्वको टिमको उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’ , सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाको भागमा ‘पुतली’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै भण्डारी नेतृत्वकै टिममा खुल्ला सदस्य तर्फ प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ र बुद्धिराम चौधरीले ‘कार’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’ , सुष्मा अधिकारीले ‘चरा’ र शारदा सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका थिए । सोमबार बेलुका ४ बजेसम्म उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने समय सीमा रहेको छ ।
खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छने भने नेकपा माओबादी केन्द्रको छुट्टै टिमपनि चुनाबी मैदानमा छ ।
खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ ।
त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल गरिएको थियो।
कार्यक्रम क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि खनालले प्रजातन्त्र दिवस नेपाली जनताले मौलिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै भने, “नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको दिन नै प्रजातन्त्र दिवस हो।” साथै, पछिल्लो समय प्रजातन्त्र र पुराना दलहरूविरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै उनले त्यसप्रति सजग रहनुपर्ने आवश्यकता औंल्याए।
उनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र स्थापना भएको र हरेक परिवर्तनमा कांग्रेसले अग्रसरता लिएको स्मरण गराउँदै ती परिवर्तनहरूलाई संस्थागत गर्न कांग्रेसका सबै तहले जुट्नुपर्नेमा जोड दिए।
अन्य वक्ताहरूले पनि प्रजातन्त्रको मर्म जनसामान्यलाई बुझाउन आवश्यक रहेको बताए। उनीहरूले दशकौं बितिसक्दा पनि जनताले प्रजातन्त्रको पूर्ण प्रत्याभूति महसुस गर्न नसकेको उल्लेख गर्दै प्रजातान्त्रिक मूल्य, राष्ट्रियता, र समाजवादलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार डा. बिनबहादुर सिंह वली, खड्ग बुढाथोकी, पूर्व क्षेत्रीय सभापति गोविन्द मज्गैयलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस