झलमल शहरको अलमल वस्ती

   फागुन २५, २०८०       admin

आहा! सुन्दै आन्नद आउने
खै कहिले देखु देखु हुने
मन नै खलबलाउने गरी
उस्कै चित्रण घरी घरी हुने
चन्चल मनको चन्चल सपनी
झलमल शहरको अलमल कहानी ।।

बेमौसमी फलको स्वाद झै
कता कता छिपछिप मनमा
उस्कै लहरका गुनगान गाउने
रमेकै छन् ,कमाएकै छन्
शब्द सुन्दा मन नै कता कता
भक्कानीएर झलमल शहरमा अलमलाउने ।।

हो! म पनि त्यही बाटो गल्ली हुदै
सपनाका पोकाहरू धोक्रोमा राखी
उस्कै पछि लागे उज्ज्वल सपनी बोकी
खै कस्तो छ , कहाँ छ , के छ त्यहाँ त्यस्तो
झलमल शहरको विरानो बाटो
झलमल शहरको बिरानो बाटो !

ठोक्किदै छु म निर्वस्त्र सपनामा उस्तै
धाउदै छु कलम र कपी बोकी सस्तै
म पनि उस्तै भए सस्तो खै कस्तो कस्तो
मग्न त्यी खोक्रो शब्दका अक्षर जस्तो
भुलभुलैया रहेछ चर्चा सबथोक यहाँ
दलदलमा फुलेको फुल रहेछ कहानी यस्तो ।।

म गलेको छु उस्तै छट्पटाहटमा सम्झेर भोली
गोली ठोकेको छ यो छातीमा सम्झेर होली
खै! उठ्छु या उठ्दैन म बज्रप्रहार भएको छ
सपनी सबै चितामा लम्पसार परेको छ
बिन्ती छ दागबत्ती पाऊ है ए! झलमल शहर
तिम्रो शहर रहेछ अलमल कहर अलमल कहर ।।

लेखक: समिप आचार्य
✍️यात्री

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपाले टुंग्यायो मन्त्री: गृहमा रवि , शिक्षामा सुमना

   फागुन २३, २०८०       admin

काठमाडौं ,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेले टुग्यायो मन्त्री

   फागुन २३, २०८०       admin

काठमाडौं, २३ फागुन । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

३ मन्त्रीले लिए सपथ

   फागुन २१, २०८०       admin

काठमाडौं, २१ फागुन। तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले १, नेकपा माओवादी१ र रास्वपा बाट १ जना गरि ३ जनाले सपथ लिएका हुन।

सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिखर सम्मेलनको तयारी तिव्र : सम्मेलन लुम्बिनीको ब्राण्डिङ हो : मुख्यमन्त्री

   फागुन १, २०८०       admin

दाङ , १९ फागुन । लुम्बिनी सरकार को आयोजना हुन लागेको शिखर सम्मेलनको तयारी तिब्ररुपमा भइरहेको छ ।  विश्व सामु  लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले लुम्बिनीमा शिखर सम्मेलन गर्न लागिएको  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छ्न ।
बुद्ध क्षेत्र लुम्बिनीमा  फागुन २८ र २९ गते  हुने शिखर सम्मेलन प्रदेशको प्रतिष्ठित कार्यक्रम हो । मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्‍याउने बताए ।  सम्मेलनबाट लुम्बिनीको गरिमा थप बढ्ने विश्वास लिएको उनले बताए ।
शिखर सम्मेलनको विषयमा सनिवार पत्रकार सम्मेलनमा गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीको ब्राण्डिङ, प्रचारप्रसार गर्ने बताए । उनले यस बाहेक अन्य कुनै पनि गलत उद्देश्य सम्मेलन  नरहेको बताए  ।
मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलनबाट कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिवद्धता ब्यक्त गरे । ‘हामी पञ्चशिलको सिद्धान्त अनुसार चल्छौं, कुनै पनि छिमेकी राष्ट्रलाई असर गर्ने हाम्रो उद्देश्य होइन,’ मुख्यमन्त्री चौधरीले भने , शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुने छन् । त्यस्तैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।
त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।
नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।
सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने चौधरीको भनाई छ । सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने विश्वास छ । ‘बालबालिकाको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित हुनेछ’ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।
मुख्यमन्त्री चौधरीले अनुमानको भर्मर अनर्गल प्रचार न गर्न यथार्थता बुझेर समाचार प्रकाशन गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महासमिति बैठकमा मुख्यमन्त्रीको धारणा : अहिले संगठन निर्माणमा केन्द्रित बनौं

   फागुन १०, २०८०       admin

काठमाडौँ, १० फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनु पर्ने बताएका छन । २०८४को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत बताए ।


नेपाली काँग्रेसको महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणाराख्दै चौधरीले अहिले संगठन गरेर ०८४को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए । उनले भने, हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो । अहिले भनेको संगठन बनाउने कुरा हो ।
‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सहि बाटोमा डो¥यावस् । अहिले नै गठबन्धन हुन्छ कि हुँदैन ? ०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन । हामी कुन बाटोमा हिँड्दैछौँ, मुख्यमन्त्री चौधरीले भने । ‘अहिले संगठन बनाउने कि गठबन्धनका कुरा गर्ने ? अहिले नै चुनाव आइसक्यो र ? हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ, उनले भने, ‘०८४ मा जे डिसिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो । मुख्यमन्त्री चौधरीले भने, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । हाउगुजी बनाएको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चार तारे झण्डा सधैँ फहराइ रहोस, रुख कहिले नढालोसे । भनेर संगठन बनाउन तर्फ लाग्ने की हाउगुजी बनाएर हिड्ने ? ।

‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोँचौँ । हामी कहाँ छौँ पार्टी विगारेको तपाई हामीले हो , मुख्यमन्त्री चौधरीले भने । ‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चाहियो । अहिले किन रिन्यू भइरहेको छैन ?, चौधरीले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ? छैनन् । ‘दलितको घरमा कसरी पुग्ने ? रणनीतिक रुपमा पहिला कहाँ कसरी पुग्ने पुग्ने ? जनजातिको घरमा कसरी पुग्ने ? त्यो रणनीतिका कुरा गर्दैनौँ । हाउगुजीका मात्रै कुरा गर्छौं । चौधरीले भने, ‘यो गठबन्धनको कुरा ०८४ मा गर्नुस । हामी विश्वास गर्छौ केन्द्रीय कार्यसमितिले देश र परिस्थितिअनुसार कोसँग के गर्ने ? त्यहि बेला कुरा गरौँला । पहिला संगठन गरौँ ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए । उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नु हुन्न । हाउगुजीका कुरा बाहेक केही छैन । केन्द्रले प्रदेशलाई अधिकार दिएको छैन । गाली खाने प्रदेशले मात्रै हो ? विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ । डोजरको विकास चाहिएको छ । तर आर्थिक विकास र समृद्धिमा लाग्दा गालि खानु पर्छ, सहयोग हुदैन, उनले भने, संविधाको रक्षाका लागि कसले नेतृत्व गर्ने ? यसैगरी कांग्रेसले संविधान कार्यान्वनयमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ । अनि हामी सबै फेल हुन्छौ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउदै

   फागुन ०५, २०८०       admin

तुलसीपुर, ५ फागुन। महोत्सव–२०८० मा आज शनिवार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल –धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउँदै छन् ।

त्यस्तै अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा फागुन १८ गते प्रदेश सभाको बैठक आह्वान

   माघ २२, २०८०       admin

दाङ, २२, माघ ।
लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन ।


नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरि प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जनताका कुरा सुन्न ‘समुदायमा कांग्रेस’ : निधी

   माघ १७, २०८०       admin

दाङ, १७ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व मन्त्री बिमलेन्द्र निधिले जनताका कुरा सुन्न नेपाली काङ्ग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहेका निधिले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरु सुन्नका लागि अभियान थालेको बताए । 

जनताकै घरदैलोमा पुगेर कुरा सुन्ने अभियान भएको बताए । अभियानका क्रममा सुमदायमा तीन तहका सरकारले गरेका विकास निर्माण गतिविधि, जनताका समस्या बझुनेदेखि समाधानका लागि पहल गर्ने, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र जनताको पार्टी कांग्रेस भएको विश्वास दिलाउनका लागि लागिएको बताए । नेता निधिले यो अभियान आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रीत गरेर सञ्चालन भएकाले इमान्दार रुपमा सवै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । पहिलेको तुलनामा देशमा धेरै विकास निर्माणका काम भएपनि जनतामा केही भएको छैन भन्ने निराशा भएको भन्दै निधिले त्यसलाई हटाउनुपर्ने बताए । 

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरे अनुसार काम हुन नसकेपनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने बताए । ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो’,नेता निधिले भने,‘त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ,त्यसतर्फ लाग्ने हो ।’ समुदायमा कांग्रेस अभियानअन्तर्गत यो कुरा जनतालाई बुझाउनुपर्ने नेता निधिले बताएका थिए । 

नेता निधिले संघीयताको मुल मर्म अनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने भएपनि नपाएको बताए । त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी संगठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । नेता निधिले प्रदेशलाई अधिकार सम्पन्न गराउँदै विकास निर्माणका लागि केन्द्र ताक्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि संघीयता ल्याएपनि पूर्ण अधिकार नदिदा संघीयता कार्यान्वयनमा समस्या भएको बताए । 

 प्रहरी र कर्मचारीहरु प्रदेश मातहतमा नआउँदासम्म संघीयता पूर्ण कार्यान्व्यनमा आउन नसक्ने बताए ।  नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रियसभा सदस्य निर्वाचन: गठबन्धनका उम्मेदवार विजयी

   माघ ११, २०८०       admin

दाङ,११ माघ । लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

औपचारिकरूपमा घोषणा हुन भने बाँकी छ।
लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology