काठमाडौ,२६ कार्तिक । अभिनेत्री तथा टेलिभिजन होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रीय सदस्य बनेकी छन्।
पार्टीको ५१ सदस्यीय पदाधिकारी सूचीमा बर्दियाकी रीमाको नाम समावेश छ। उनले बुधबार अपरान्ह औपचारिक रूपमा हस्ताक्षर गर्दै पार्टीमा प्रवेश गरेको पुष्टि गरेकी छन्।
‘म औपचारिक रूपमा पार्टीको केन्द्रीय सदस्य बनेकी छु,’ रीमाले भनिन्।
स्रोतका अनुसार बुधबार अपरान्ह उनले नाममा साइन गरेकी हुन्। सो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन्।
पूर्वसचिव अनुपकुमार उपाध्याय को संयोजकत्वमा गठन गरिएको उज्यालो नेपाल पार्टी केही दिनमै निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ।
रीमा पछिल्लो समय टेलिभिजन कार्यक्रम होस्टिङ र केही नयाँ फिल्म परियोजनाको तयारीमा व्यस्त थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२६ कार्तिक । एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्। मातृभूमि जागरण अभियान, नेपालका संयोजक रावलले बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन्।
सहमति पत्रमा रावलको जिम्मेवारी लगायतका विषय आपसी सहमतिबाट टुंगो लगाइने उल्लेख छ। त्यस्तै, पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यक कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए।
एकीकरणको औपचारिक घोषणा केही बेरमा राष्ट्रिय सभा गृहमा हुँदैछ। नयाँ पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने सहमति भइसकेको छ। दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताबाट रावलको वरीयता निर्धारण हुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २६ कार्तिक । चार दलीय समाजवादी मोर्चा २८ महिनापछि विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको मोर्चा अन्ततः अस्तित्वमा नरहेको घोषणा गरिएको हो।
मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधबार एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेका हुन्।
विप्लवले जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको र दलहरूबीच नयाँ किसिमका एकता तथा मोर्चाबन्दी सुरु भएकाले समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन्।
उनले भनेका छन्, ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल भएका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू एकता भएर नयाँ पार्टी गठन गरिसकेका छन्, यस्तो अवस्थामा मोर्चाको औचित्य समाप्त भएको छ।’
कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू — नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबीच एकता भएको थियो।
समाजवादी मोर्चा २०८० साल असार ४ गते गठित भएको थियो। त्यतिबेला पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरिएको थियो।
जसपा विभाजनपछि २०८१ साल साउन १ गते मोर्चाबाट बाहिरिएको थियो, सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा समावेश भएको थियो।
मोर्चाले गठनदेखि अहिलेसम्म ५५ जिल्लामा संगठन विस्तार गरेको, दुई सय पालिकामा पहुँच बनाएको र सातै प्रदेशमा सन्देश सभा तथा काठमाडौँमा दुई पटक ठूला विरोध प्रदर्शन गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशकी सांसद कञ्चन विच्छा साहलाई स्पष्टीकरण सोधेको छ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकारमा सहभागी भएको कारण जनाउँदै सांसद विच्छालाई जवाफ मागेको हो।
समितिले उनलाई २४ घण्टाभित्र लेखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन स्थगित गरिएको बैठक आजबाट पुनः बसेको हो।
गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको भूमिका र आगामी रणनीति तय गर्नका लागि यो बैठक आह्वान गरिएको हो।
गत असोज २८ गते सुरू भएको बैठक अझै सकिएको छैन। बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि आन्तरिक बहस जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र अहिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन् ।
सोमबार शोभाभगवतीमा गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले जनतासामु जान निर्वाचन नै सही बाटो हुने बताए ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ । देशको यो संकट कांग्रेसले पार लगाउनेछ,’ उनले भने ।
पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे बोल्दै सिंहले भने, ‘नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन । अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।’
उनले जेन-जीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै नयाँ पुस्ताको विचार, ऊर्जा र आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई ५० हजार रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो। निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तय गरिएको छ।
समानुपातिक उम्मेदवार छनोटका मापदण्ड तयार गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई तोकिएको थियो। आचार्यका अनुसार उम्मेदवारका लागि कानुनी प्रावधानका साथ पार्टीले आन्तरिक मापदण्डहरू तयार गरेको छ।
‘उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको छ,’ आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिकको बन्द सूचीमा नाम परे पनि दलले प्राप्त गरेको मतका आधारमा उम्मेदवार छनोट हुन नसकेमा बुझाइएको शुल्क फिर्ता नहुनेछ।
यसअघि रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूबाट २५ हजार रुपैयाँ शुल्क लिएको पार्टीले अघिल्लो चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक पुनः उम्मेदवार नबनाउने निर्णय पनि गरेको छ।
आचार्यले उम्मेदवारका लागि सार्वजनिक पदको दुरुपयोग नगरेको, वैध आयस्रोत भएको, र द्वेषपूर्ण गतिविधि नगर्ने स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको बताए।
उम्मेदवार छनोट प्रक्रिया ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’ लगायतका विधिबाट हुनेछ। सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समिति गठन गरी अंकका आधारमा अन्तिम सूची तयार गरिने पनि उनले जानकारी दिए।
आवेदन पेस गर्ने अन्तिम मिति पार्टीको आगामी बैठकले तय गर्ने रास्वपाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिन निर्देशन दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलन र प्रदर्शन गर्न प्रशासनको अनुमति आवश्यक नपर्ने बताएका हुन्।
ओलिले भने, “प्रशासनलाई जानकारी दिनुस्, लुकेर गर्नुपर्ने छैन। हामी यसरी गर्दैछौं, स्वीकृति दिनुहोस् भन्नुहोस्। स्वीकृति नदिए पनि सडकमा उत्रनुस्। संविधानभन्दा सीडीओको आदेश माथि हुँदैन।”
उनले युवाहरुलाई देश र जनताको पक्षमा दृढतापूर्वक आवाज उठाउन आग्रह गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारका क्रममा आलमको मृत्यु भएको पुष्टि गरेका छन्।
आलमका छोरा डा. राजीक आलमका अनुसार केही समयअघि भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा पनि उनका बुवाको उपचार गरिएको थियो। भारतमा सुधार देखिएपछि घर ल्याइए पनि फेरि स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। यसअघि नख्खु कारागारबाट छुटेपछि केही दिनमै मस्तिष्कघात भएको र माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्नताको आरोपमा आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय दिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठमा उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी नख्खु कारागारबाट छुटेका थिए। करिब छ वर्ष जेलजीवन बिताएपछि स्वतन्त्र बनेका आलम छुटेको केही दिनमै मस्तिष्कघात भएपछि फेरि अस्पतालमा भर्ना भएका थिए।
रौतहट क्षेत्र नम्बर २ बाट लगातार चारपटक सांसद निर्वाचित भएका आलम क्षेत्रका प्रभावशाली नेता मानिन्थे। उनी पहिलो संविधानसभा निर्वाचनदेखि नै त्यहाँको राजनीतिक शक्तिका रूपमा परिचित थिए। दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजाबाट पराजित भए पनि २०७४ को संसदीय निर्वाचनमा पुनः जित हासिल गरेका थिए।
आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनका काका शेख इद्रिसको प्रेरणाले कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी २०४५ सालमा कांग्रेस रौतहटका जिल्ला सभापति बनेका थिए। उनी विभिन्न कालखण्डमा श्रम, वन, स्थानीय विकास र भूमिसुधारजस्ता मन्त्रालयमा राज्यमन्त्री र मन्त्री बने। आलमका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजीक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । नेकपा कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति र कम्युनिष्ट एकताको सम्भावनाबारे विस्तृत छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस