पाँच वर्षमै भ्रष्टाचारमुक्त नेपाल बनाउने कांग्रेसको प्रतिबद्धता

   फागुन ०७, २०८२       admin

काठमाडौं,७ फागुन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ कार्यक्रममार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

‘ग्रेसले भ्रष्टाचारविरुद्ध बोल्दा व्यक्तिको नाता, पद वा हैसियत हेर्दैन। उनले भने–‘ सभापति होस् वा कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्ति यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।’

थापाले २०४७ सालपछि जुनसुकै दलसँग सम्बन्धित नेतामाथि पनि निष्पक्ष छानबिन गरिने बताए। उनले अबको शासन प्रणाली कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित हुनुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई समयबद्ध बनाउनुपर्ने धारणा राखे।

उनका अनुसार नागरिकले पाउने सेवा कति समयमा सम्पन्न हुन्छ भन्ने स्पष्ट मापदण्ड तोकिनुका साथै तोकिएको समयभित्र सेवा नदिइए क्षतिपूर्ति दिने व्यवस्था गरिनुपर्छ। उनले भने–‘सार्वजनिक सेवामा एक दिनमा काम हुन्छ भनियो भने त्यो एकै दिनमा हुनुपर्छ ।’

सभापति थापाले डिजिटल प्रविधिमा आधारित सार्वजनिक सेवा सातै दिन २४सै घण्टा उपलब्ध गराउने योजना कांग्रेसले अघि सारेको उल्लेख गर्दै ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमालेको घोषणापत्र सार्वजनिकः पाँच वर्षमै अर्थतन्त्र एक सय खर्ब पुर्‍याउने लक्ष्य

   फागुन ०७, २०८२       admin

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित ‘एमालेले बनाउँछ’ भन्ने मूल नारामा घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दस वर्षभित्र दुई सय खर्ब रुपैयाँ पुर्‍याउने महत्वाकांक्षी लक्ष्य उल्लेख गरिएको छ। साथै पाँच वर्षमै प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलरसम्म पुर्‍याउने प्रतिबद्धता गरिएको छ।

सरकार गठनलगत्तै कार्यान्वयनमा ल्याइने ११ वटा ‘ग्यारेन्टी कार्यक्रम’ अघि सार्दै एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई वार्षिक १० जीबी निःशुल्क डाटा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। स्टार्टअप व्यवसाय सुरु गर्ने युवालाई १० हजार अमेरिकी डलर बराबरको ‘डलर कार्ड’ सुविधा दिने तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि गरिएको छ।

त्यसैगरी न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वार्षिक पाँच हजार रुपैयाँ बोनस उपलब्ध गराउने योजना घोषणापत्रमा समेटिएको छ।

पूर्वाधार विकासतर्फ पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण, विभिन्न सुरुङ मार्ग विस्तार तथा ठूला सहरमा मेट्रो र मोनोरेल सञ्चालन गर्ने कार्यक्रमलाई पुनः प्राथमिकतासहित अघि सारिएको छ।

घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन प्रवर्द्धन र असंलग्न परराष्ट्र नीतिलाई मुख्य प्राथमिकताका रूपमा उल्लेख गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

“राजनीति सत्ता, भोक र निजी स्वार्थका लागि होइन”: विप्लव

   फागुन ०६, २०८२       admin

दाङ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले राजनीति जनताको जीवनस्तर सुधारका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई तुलसीपुर मा सम्बोधन गर्दै उनले दलहरूले राजनीतिलाई स्वार्थपूर्तिको माध्यम बनाएको आरोप लगाए। उनले भने, “हामीले राजनीति सत्ता, भोक वा निजी सुविधाका लागि गरिरहेका छैनौं। हाम्रो उद्देश्य नेपाली जनताले राम्रो जीवन पाओस् भन्ने हो।”

विप्लवले रोजगारीको अभावका कारण युवा विदेशमा जोखिमपूर्ण अवस्थासम्म पुग्न बाध्य भइरहेको उल्लेख गर्दै जनताका माग पूरा नभएकै कारण पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएको दाबी गरे।

उनले विगतमा पार्टीभित्र बनेको गठबन्धनका कारण अनियमितता र अराजकता देखिएको स्वीकार गरे। राज्यसत्तामा पुगेपछि पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो। यद्यपि परिवर्तनकारी आन्दोलनमा जनताको साथ निरन्तर रहेको उनले बताए।

निर्वाचनमा सहभागी हुने निर्णय एकतर्फी नभएको स्पष्ट पार्दै उनले गाउँ–टोलमा गरिएको छलफल र भेटघाटबाट आएको सुझावका आधारमा चुनावमा सहभागी भएको बताए। “जनताको चाहनालाई संघर्षको मोर्चाका रूपमा स्वीकार गर्दै हामी निर्वाचनमा आएका हौं,” उनले भने।

उनका अनुसार स्थानीय कार्यकर्ता र समर्थकसँगको परामर्शका आधारमा उम्मेदवार छनोट गरिएको हो। यो उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपा मधेस संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

   फागुन ०६, २०८२       admin

रास्वपामा ‘दागैदाग’को बिगबिगी रहेकाले कांग्रेस रोजेँ-ममता शर्मा

काठमाडौं,६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनी पार्टी प्रवेश गरेकी हुन्। उनलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका थिए।

शर्माले बुधबार मात्रै रास्वपा परित्याग गरेको घोषणा गरेकी थिइन्। उनी रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी थिइन्।
पार्टी प्रवेशसँगै उनले रास्वपामा विधि र प्रक्रिया नअपनाइएको आरोप लगाइन्।

साथै ‘दागैदाग भएकाहरूको बिगबिगी’ बढेकाले आफूले योगदानको कदर नपाएको दाबी गरिन्।
“रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएको महसुस भयो। त्यसैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनमा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भोलि (मंगलबार) नेकपा बहुमतको नेपाल बन्दको आह्वान

   फागुन ०४, २०८२       admin

काठमाडौँ,४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते(भोलि) देशव्यापी नेपाल बन्दको आह्वान गरेको छ। फागुन २१ गते हुन गइरहेको भनिएको निर्वाचन खारेज गर्न, वैदेशिक हस्तक्षेपको विरोध गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने उद्देश्यले बन्द आयोजना गरिएको पार्टीले जनाएको छ।

पार्टीका महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा वर्तमान संसदीय व्यवस्थालाई एकाधिकारवादी, अलोकतान्त्रिक र जनविरोधी भएको आरोप लगाइएको छ। संविधानमा परिवर्तन र राजनीतिक व्यवस्थामा सुधार नगरी देशको विद्यमान समस्या समाधान नहुने पार्टीको दाबी छ।

विज्ञप्तिमा भ्रष्टाचार, बेरोजगारी, मिटरब्याज, बैंकिङ शोषण, कुशासन लगायतका समस्या वर्तमान राजनीतिक व्यवस्थाबाट सिर्जित भएको उल्लेख गर्दै केही दल, गुट र व्यक्तिको एकाधिकार, सिण्डिकेट र कार्टेलिङका कारण जनताको अवस्था झन् जटिल बन्दै गएको आरोप लगाइएको छ।

देशको राजनीतिक समस्या समाधान नगरी निर्वाचन गरिनु पुरानै समस्याको पुनरावृत्ति हुने दाबी गर्दै पार्टीले ‘स्वाधीन संयुक्त सरकार’ गठन र ‘जनसंविधान’ निर्माणको दिशामा अघि बढ्न आह्वान गरेको छ।

घोषित नेपाल बन्दका क्रममा दुध बोक्ने सवारी, एम्बुलेन्स, कूटनीतिक नियोग, विवाह तथा तत्काल जीवनरक्षासँग सम्बन्धित यातायात बाहेक अन्य सबै क्षेत्र बन्द गर्न आग्रह गरिएको छ। उद्योगी, व्यवसायी, यातायात व्यवसायी, शैक्षिक संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई बन्द सफल बनाउन सहयोग गर्न पार्टीले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपाको ‘सङ्कल्पपत्र’ सार्वजनिक

   फागुन ०२, २०८२       admin

काठमाडौँ,२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्पपत्र’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्पपत्र सार्वजनिक गरे ।

राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई अघि सार्दै प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो पालिका भएको दुई तहको शासकीय प्रणालीको प्रस्ताव गरेको छ। साथै पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्नुपर्ने उल्लेख गरेको छ।

‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित पार्टीले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

आर्थिक क्षेत्रमा पाँच वर्षभित्र वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने तथा वैदेशिक लगानी आकर्षित गर्न लगानीमैत्री कानुन बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ।

यसैगरी वित्तीय पारदर्शिता कायम गर्दै मनी लाउन्ड्रिङ नियन्त्रण, नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्ने, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम सुरक्षित गर्ने लक्ष्य लिइएको छ। अध्यक्ष लिङ्देनले घोषणापत्रमा समेटिएका प्रतिबद्धता कार्यान्वयनयोग्य रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आइतबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

   फागुन ०२, २०८२       admin

काठमाडौं,२ फागुन । नेपाली कांग्रेसले भोलि (आइतबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिनेछ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान संशोधन अपरिहार्य : उपेन्द्र यादव

   फागुन ०१, २०८२       admin

काठमाडौं,१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गरे। प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उनको भनाइ थियो।

अध्यक्ष यादवका अनुसार संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारको सूची अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण छ। प्रदेशहरूको पुनर्संरचना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रमा समावेशी सहभागिता अझै सुनिश्चित हुन नसकेको बताए।

राज्यका निकायहरूमा आंशिक समावेशिता देखिए पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेको उनको तर्क छ। उनले नेपालको संसदीय प्रणाली असफल भइसकेको जिकिर गर्दै वर्तमान निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको टिप्पणी गरे।

“संविधान संशोधनको आवश्यकता हामी संविधान बनेदेखि नै उठाउँदै आएका छौँ। वर्तमान राजनीतिक समस्याहरूको समाधानका लागि संविधान पुनरावलोकन आवश्यक छ,” अध्यक्ष यादवले भने।

उनले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रीकृत ढाँचामै सीमित रहेको बताए। त्यसका कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बनेको उल्लेख गर्दै यी समस्याको समाधानका लागि संविधान संशोधन जरुरी रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जसपाको घोषणापत्र सार्वजनिक

   फागुन ०१, २०८२       admin

काठमाडौं,१ फागुन । जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा शासकीय स्वरूपमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय पहिचानका आधारमा संघीयता सुदृढ गर्ने र प्रादेशिक संरचना निर्माणलाई स्पष्ट रूप दिनुपर्ने प्रस्ताव गरिएको छ।

न्याय प्रणालीलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्नुपर्ने, संवैधानिक निकायहरूलाई थप सशक्त बनाउनुपर्ने तथा जनलोकपालजस्ता निकाय गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

पार्टीले शासन प्रणाली सुधार, संस्थागत सुदृढीकरण र पारदर्शितामार्फत लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रामुपाका केन्द्रीय उपाध्यक्ष रास्वपामा प्रवेश

   माघ २, २०८२       admin

काठमाडौ,२८ माघ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बुधबार रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका हुन्। राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घण्टी’ चुनाव चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गर्ने बताएका छन्।

यसअघि केही दिनअघि रामुपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरू पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology