उमा भण्डारी ,७ माघ । प्रतिनिधिसभा सदस्य २०८२ को चुनावी सरगमी सुरूभएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा गरी ६२ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ भने चुनावी माहोल पनि त्यसै गरि सुरु भएको छ ।
उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डासहित चुनावी मैदानमा प्रतिस्पर्धामा देखिएका छन् । जिल्लामा संख्यात्मक रूपमा हेर्दा उम्मेदवारको भीड देखिए पनि लैङ्गिक प्रतिनिधित्व भने अत्यन्त कमजोर रहेको छ ।
दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा १४ जनाले मनोनयन दर्ता गराएका छन् । ती मध्ये महिलाको सँख्या शुन्य छ । यस्तै, क्षेत्र नं.२ मा २३ जनाले मनोनयन दर्ता गराउँदा २ जना मात्रै महिला उम्मेदवार छन् । भने क्षेत्र नं. ३ बाट २५ जनाको मनोनयन दर्ता हुँदा महिला उम्मेदवार एकजना मात्रै देखिन्छन् ।
कुल ६२ जना उम्मेदवारहरु रहँदा तीनजना अर्थात महिला उम्मेदवारको सँख्या ८ प्रतिशत मात्रै देखिएको छ । महिला उम्मेदवारको न्यून उपस्थितिले संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी राजनीति कमजोर देखाएको छ ।
राजनीतिक दलहरूले महिला सहभागिताबारे सार्वजनिक रूपमा प्रतिबद्धता जनाए पनि प्रत्यक्ष निर्वाचनमा टिकट वितरण गर्दा ती प्रतिबद्धता व्यवहारमा देखाएका छैनान । चुनाव जित्ने सम्भावना, संगठनभित्रको पहुँच र आर्थिक स्रोतलाई प्राथमिकता दिँदा महिलाहरू पछाडि पर्ने गरेको देखिन्छ।
दाङका प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार दिएका छैनान ।
काँग्रेसबाट दाङ निर्वाचन क्षेत्र नं. १ मा योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा किरण किशोर घिमिरे र क्षेत्र नं. ३ मा दिपक गिरी उम्मेदवार बनेका छन्।
नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ रेवतीरमण शर्मा, क्षेत्र नं. २, शंकर पोखेल र क्षेत्र नं. ३ मा घनश्याम पाण्डे चुनावी मैदानमा छन्।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा मेटमणी चौधरी, क्षेत्र नं. २ मा निर्मल आचार्य र क्षेत्र नं ३ मा धनबहादुर मास्कीलाई उम्मेद्वार बनाएको छ ।
नेकपा माओवादीले क्षेत्र न.१ मा प्रकाश शाह र दाङ–३ मा बलबहादुर ओलीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ १ मा देवराज पाठक , दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुबेदी उम्मेदवार बनाएको छ । यी प्रमुख दलका उम्मेदवारमध्ये एक जना पनि महिला छैनन्।
महिला उम्मेदवारहरू प्रायः स्वतन्त्र वा साना दलबाट मात्रै देखिनु राजनीतिक संरचनाको वास्तविक तस्वीर हो। दाङ–२ मा स्वतन्त्र उम्मेदवार विष्णु कुमारी भुसाल र कल्पना लामा तथा दाङ–३ मा राष्ट्रिय जनमोर्चाकी कमला जीसी , जनता समाजवादीकि शोभा डाँगी, आम जनता पार्टीकि माण्डबी नेपाली गरी पाँच जना महिला उम्मेदवार हुन्।
उनीहरूको उम्मेदवारीले महिलाको राजनीतिक उपस्थितिलाई संकेत गरे पनि संख्या र दलगत समर्थनका हिसाबले त्यो पर्याप्त छैन। शुन्य जस्तै हो ।
महिलालाई उम्मेदवार बनाउने मात्रै होइन, चुनावी खर्च, संगठनको साथ, प्रचार–प्रसारमा समान अवसर र नेतृत्व विकासका कार्यक्रम आवश्यक हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सामाजिक र पारिवारिक जिम्मेवारी, आर्थिक निर्भरता र राजनीतिक संस्कृतिका कारण महिला अझै पनि प्रत्यक्ष चुनावबाट पछि पर्दै आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोग, नेपालका अनुसार दर्ता भएका उम्मेदवारहरूमध्ये अधिकांश पुरुष रहेका छन् भने एक जना महिला उम्मेदवार पनि समावेश छिन्।
राजनीतिक दलतर्फ नेपाली काँग्रेसबाट दिपक गिरी , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट घनश्याम पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, राष्ट्रिय जनमोर्चाबाट कमला जीसी, नेशनल रिपब्लिक नेपालबाट प्रितम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी , राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुबेदी, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बलबहादुर ओलीले मनोनयन दर्ता गराएका छन्।
यसैगरी ,स्वतन्त्र उम्मेदवारका रूपमा गोपाल वली, सुरेश नेपाली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार र इन्द्रबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारहरूको उमेर ३१ वर्षदेखि ६३ वर्षसम्म रहेको छ। अब उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेन्डा लिएर मतदातामाझ पुग्ने तयारीमा जुटेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म ६ जनाले आ–आफ्नो दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट खुमबहादुर गाहा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश शाह रहेका छन्।
मनोनयन दर्ता गराउने सबै उम्मेदवार पुरुष रहेका छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको उमेर ३२ वर्षदेखि ५१ वर्षसम्म रहेको छ।
आगामी निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ जाने तयारीमा जुटिसकेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व,६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर उनले आज मंगलबार उम्मेदवारी दर्ता गर्नुभएको हो। प्रचण्ड सोमबार नै रुकुम पूर्व आइपुगेका हुन् ।
यसअघि प्रचण्डले २०६४ सालमा काठमाडौं–१० र रोल्पा, २०७० मा काठमाडौं -१० र सिरहा- ५, २०७४ मा चितवन-३ तथा २०७९ मा गोरखा–२ बाट निर्वाचन जितेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ माघ झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो।
झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला रास्वपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।
त्यसपछि दुवै पक्षबीच धकेलाधकेल हुँदै झडप भएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने अर्कोतिर स्थानीय नेतामाथि भरोसा गर्दै शक्तिशाली प्रतिस्पर्धी संग भिडाएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी लाई टिकट दिएको छ। चौधरी संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका नेता हुन् ।
त्यसयता उनी कुनै पनि निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका थिएनन्। लामो समयपछि पुनः संसदीय राजनीतिमा फर्काइएका चौधरीको उम्मेदवारीलाई कांग्रेसले ‘अनुभवको पुनरागमन’का रूपमा हेरेको छ।
क्षेत्र नम्बर २ बाट कांग्रेसले किरण किशोर घिमिरे लाई अघि सारेको छ।
स्थानीय राजनीतिमा सक्रिय घिमिरे पहिलो पटक संघीय सांसदको प्रतिस्पर्धामा होमिँदै छन्। उनको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेल सँग हुने भएपछि यो क्षेत्रलाई दाङकै सबैभन्दा चासोको केन्द्र मानिएको छ। एमालेविरुद्ध स्थानीय पकड भएका घिमिरेलाई अघि सार्नु कांग्रेसको साहसी निर्णयका रूपमा हेरिएको छ।
त्यसैगरी क्षेत्र नम्बर ३ बाट कांग्रेसले दिपक गिरी लाई निरन्तरता दिएको छ। गिरी निवर्तमान सांसद हुन्। अघिल्लो कार्यकालमा संसदमा देखाएको सक्रियता र क्षेत्र विकासमा गरेको भूमिकाकै आधारमा कांग्रेसले उनलाई पुनः विश्वास गरेको जनाएको छ।
अनुभवी, स्थानीय र निवर्तमान तीनै किसिमका उम्मेदवारलाई मैदानमा उतारेर कांग्रेसले कडा प्रतिस्पर्धाको तयारी गरेको स्पष्ट संकेत दिएको छ।
अब दाङको चुनाव उम्मेदवारको मात्रै नभई रणनीति, संगठन र राजनीतिक साखको परीक्षा बन्ने देखिन्छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिएको छ।
दाङका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलहरूले उम्मेदवार तय गरेका छन्।
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दीपक गिरीलाई चुनावी मैदानमा उतारेको छ।
नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा पार्टी महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे उम्मेदवार रहेका छन्।
नेकपा ९माओवादी केन्द्र०ले क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी, क्षेत्र नम्बर २ बाट निर्मल आचार्य र क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्कीलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा देवराज पाठक, क्षेत्र नम्बर २ मा पार्टी सहमहामन्त्री विपिन आचार्य र क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले पनि तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। जनमोर्चाका अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मणिराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी उम्मेदवार रहेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने छ। मनोनयनपछि दाङमा चुनावी गतिविधि झनै सक्रिय हुने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय चुनौती दिँदै आइतबार रिट दर्ता गरिएको थियो। रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन्। प्रारम्भमा आइतबारकै लागि पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले समय अभावका कारण सम्भव नहुने जानकारी दिएको थियो।
कांग्रेसभित्रको आधिकारिकताको विवाद गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ कार्यसमिति चयन गरेपछि चर्किएको हो। सोही महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि देउवा समूह अदालत पुगेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली मंगलबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ ।
क्षेत्र नम्बर–२ ले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई उपस्थित हुन अनुरोध गरेको हो । क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो १२ः३० बजे घोराहीस्थित पार्टी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसले लोकतन्त्र मजबुत बनाउने, संविधानको रक्षा गर्ने तथा राष्ट्रियता र जनअधिकार सुदृढ गर्ने जिम्मेवारी बोकेको उल्लेख गरिएको छ । साथै पार्टीको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यमा कांग्रेस निरन्तर सक्रिय रहेको बताइएको छ ।
मनोनयन दर्ता प्रक्रिया केवल औपचारिक कार्यक्रम मात्र नभई पार्टीको शक्ति, मतदाताको समर्थन र सामूहिक प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ ।
कांग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा तथा टोल कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ–संस्था, सम्पूर्ण नेता, कार्यकर्ता र मतदातालाई मनोनयन दर्ता कार्यक्रममा उपस्थित भई पार्टीलाई थप मजबुत बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल आचार्य र क्षेत्र नम्बर–३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपाका नेता मेटमणि चौधरीले तीनै क्षेत्रमा उम्मेदवार टुंगो लागेको जानकारी दिएका छन् । दाङ–१ बाट उम्मेदवार बनेका चौधरी लगातार निर्वाचन जित्दै आएका नेता हुन् ।
उनले २०७४ सालमा बाम गठबन्धनको समर्थनमा नेकपा एमालेबाट तथा २०७९ सालमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनको बलमा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
यही क्षेत्रबाट उम्मेदवारीको दाबेदारी गरिरहेका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले टिकट नपाए बागी उम्मेदवारी दिने संकेत गर्दै आएका छन् । तर पार्टी नेतृत्वले चौधरीलाई नै उम्मेदवार बनाएको छ, जसले पार्टीभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।
दाङ–२ बाट उम्मेदवार बनेका निर्मल आचार्य यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर–३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै, दाङ–३ बाट उम्मेदवार बनेका धनबहादुर मास्की हाल लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री हुन् ।
उनले २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र–नेकपा एस गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दाङ क्षेत्र नम्बर–३ (२) बाट विजय हासिल गरेका थिए ।
यता, नेकपा एमालेले दाङ क्षेत्र नम्बर–३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाइसकेको छ भने क्षेत्र नम्बर–१ र २ मा अझै उम्मेदवार टुंगो लागेको छैन । नेपाली कांग्रेस दाङका कुनै पनि क्षेत्रमा उम्मेदवारी टुंग्याएका छैनन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस