काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले धादिङ घर भई हाल काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतीय नागरिक २४ वर्षीय अकबर खान, विजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटीमा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय प्रभात मल्ललाई नियन्त्रणमा लिएको हो।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार कृष्ण गुरुङले २४ भदौमा प्रहरी वृत्तबाट पेस्तोल लुटेको खुल्न आएको छ। अनुसन्धानका क्रममा उनले उक्त पेस्तोल राजन देउलालाई दिएको र देउलाले त्यसपछि अकबर खानमार्फत बिक्री गर्न खोजेको खुलेको छ।
डीएसपी अधिकारीका अनुसार, ‘अकबर खानले ग्राहक खोजेर सुमिन शाक्यलाई ६५ हजार रुपैयाँमा पेस्तोल बिक्री गरेको पाइएको छ।’ त्यसपछि शाक्यले उक्त पेस्तोल प्रभात मल्ललाई १ लाख रुपैयाँमा पुनः बिक्री गरेको खुलेको छ।
प्रहरीले मल्लको पसलको चेन्जिङ रुमभित्र कपडाले बेरेर लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको जनाएको छ। बरामद पेस्तोलसँगै त्यसमा लाग्ने म्याग्जिन र १५ राउन्ड गोली पनि भेटिएको छ।
पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म ३४० जना मध्ये ११७ जनामात्र पक्राउ परेका छन्।
गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागार र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट ३४० जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये धेरैजना अझै पक्राउ परेका छैनन्।
एसपी जिसीका अनुसार फरारमध्ये केही भारत प्रवेश गरेका र केही नेपालमै लुकेर बसेको अनुमान गरिएको छ। “सबैको खोजी कार्य जारी छ,” उनले बताए।
बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बालसुधार गृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बालसुधार गृहबाट भागेका ४४ जना पनि पक्राउ परेका छैनन्। यस्तै नौबस्ता कारागारबाट भागेका १४७ जना मध्ये ३४ जना नियन्त्रणमा आएका र ११३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
भाग्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि गोली चल्दा नौबस्ता बालसुधार गृहका पाँच बालबन्दीको मृत्यु भएको थियो।
भदौ २५ गते नेपालगन्जस्थित पुरानो कारागारबाट पनि कैदीबन्दीले भाग्ने प्रयास गरेका थिए। तर नेपाली सेनाले सुरक्षा कडा बनाएपछि प्रयास असफल भएको थियो। सो क्रममा सेनाले चलाएको गोली लागेर एक कैदीको खुट्टामा चोट लागेको थियो।
भागेका मध्ये केहीलाई बाँके, केहीलाई नेपाल–भारत जमुनाहा नाकामा र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ कार्तिक । दाङमा प्रहरीले तास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा दुई महिला र तीन पुरुष रहेका छन् ।
पक्राउ पर्नेहरुमा घोराही–१० खैराका विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका दलबहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी तुलसी खड्का र कल्पना घर्ती मगर तथा भमबहादुर बाठा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
उनीहरुको साथबाट १२ बुक तास तथा ५५ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान१४ कार्तिक । सल्यान प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल शारदा–१ बसोबास गर्ने २४ वर्षीय सन्दीप नेपाली रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३ ग्राम तौलको ब्राउनसुगरका १५ पुडिया, नगद र२४ हजार ५ सय १० रुपैयाँ, ६ थान मोबाइल फोन र रा.४ प.८६३०, रा.२ प.१९ र रा.४ प.३५ नम्बरका तीनवटा मोटरसाइकल बरामद गरिएको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको कमाण्डमा खटिएको टोलीले श्रीनगरबाट उनीहरूलाई सोमबार राति करिब ८ः४० बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(–१७ ग्वार्कोस्थित एक क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत,१४ कार्तिक । सुर्खेतमा छोराले सुतिरहेकी आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् ।
हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कबिरामले मदिरा सेवन गरेको बुझिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १३ कार्तिक । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार उनीहरूलाई गएराति पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक बा.प्र.०२–०५० प.१६०२ नम्बरको मोटरसाइकल खोलाकिनारमा रोकेर बसेका बेला बा.४२ प.४०६९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धारिलो हतियार देखाई कालो झोला लुटी फरार भएका थिए।
घटनापछि प्रहरी वृत्त बालाजुबाट पीडितसँग समन्वय गर्दै खोजतलास सुरु गरिएको थियो। पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी चौकी तीनपिप्लेबाट खटिएको टोलीले लुटपाटमा संलग्न दुवै जनालाई लुटिएको झोलासहित नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको झोलासँगै बा.प्र.०२–०५० प.१६०२ नम्बरको बिलबुक, मोबाइल चार्जर, घरको चाबी, रोलेक्स लेखिएको घडी, नगद रु ३,०००, खुकुरी, रेड्मी कम्पनीको मोबाइल, बोबो लेखिएको कालो झोला, ट्रामाडोल लेखिएको लागुऔषध ३० थान र बा.४२ प.४०६९ नम्बरको रातो–कालो मोटरसाइकल बरामद गरेको जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरी वृत्त बालाजुमा राखी सोधपुछ भइरहेको र थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ कार्तिक । पश्चिम दाङको शान्तिनगरमा बेबारिसे अबस्थामा बन्दुक फेला परेको छ । प्रहरी चौकी चिराघाटबाट गस्ती गएको टोलीले बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरिक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा गएको गस्ती टोलीले शान्तिनगर ४ गब्दवाको सुन्दर सामुदायिक वनक्षेत्रमा बेवारिसे अबस्थामा रहेको बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बेबारिसे अबस्थामा फेला परेको बन्दुक ईलाका प्रहरी कार्यालय खिलतपुरमा राखिएको छ । बन्दुक फेला परेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामुदायिक वनको कोषबाट १८ लाखभन्दा बढी रकम हिनामिना गरेको प्रमाणित भएपछि आयोगले मडैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार मडैले १० मंसिर २०७८ मा समितिको बैठक माइन्युट नक्कली तयार गरी, सचिव र कोषाध्यक्षको जानकारीबिना किर्ते हस्ताक्षर गरेर चेकमार्फत रकम निकालेका थिए।
उनले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म विभिन्न मितिमा ७ वटा चेकमार्फत २० लाख १५ हजार रुपैयाँ आफ्नै नाममा निकालेका थिए। समितिले सो कुरा पत्ता लगाएपछि मडैले २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए।
रकम उनले डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट निकालेका थिए।
आयोगका अनुसार समितिको निर्णयपत्र र बैंकमा दर्ता भएको निर्णयपत्रबीच फरक–फरक विवरण पाइएपछि, मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो।
फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदनका आधारमा मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरी रकम दुरुपयोग गरेको प्रमाणित भएको आयोगले जनाएको छ।
आयोगले मडैको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै १८ लाख १५ हजार रुपैयाँ बिगो रकम कायम गरेको छ।
सोही ऐनको दफा ३ (१) को देहाय (च) तथा (घ) अनुसार कैद र जरिवानाको सजाय माग गर्दै आज (बुधबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौंको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बताए।
पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस