दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो। पछिल्लो एकसातामा मात्रै प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
दाङ प्रहरी प्रवक्ता चक्रबहादुर शाहले , यही मंसिर १४ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ फैसला छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ मंसिर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन्।
उनी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भुजेलले पुतलीबजार–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेका थिए।
उक्त घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो।
फैसला सुनिएपछि फरार रहेका भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार उनले भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान ,१८ मंसिर । सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक ३८ वर्षीय बाबु पक्राउ परेका छन्। १४ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। उनले जिल्ला अदालत सल्यानबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको बताए।
प्रहरीका अनुसार ३८ वर्षीय उक्त बाबुले गत असोज २६ गते छोरीमाथि बलात्कार गरेका थिए। त्यसपछि केही दिनपछि फेरि कोही नभएको मौका छोपी बलात्कार गर्न प्रयास गर्दा आमाले देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम पूर्व,१७ मंसिर । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ द्धारेखोला नजिकको जंगलबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ।
राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दुई थान भरुवा बन्दुक र एउटा नाल फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद वस्तु देखेपछि खोजतलास गर्दा बन्दुकहरू भेटिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र बन्दुक कसले, किन राखेको भन्नेबारे अनुसन्धान अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरसभाबाट बजेट स्वीकृत नगराएपछि सरिता फाउन्डेसन नामक गैरसरकारी संस्थालाई पाँच लाख रुपैयाँको चेक जारी गरी मिलेमतोमा नौ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा मुद्दा दायर गरिएको हो।
मंगलबार (मंसिर १६) दायर गरिएको मुद्दामा तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौंका रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदार कौशलकिशोर चौधरी, खरिदार छोटेलाल मिश्र, सरिता फाउन्डेसन र संस्थाकी निर्देशक सरिताकुमारी साहसमेत प्रतिवादी छन्।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट बजेट स्वीकृत नगरी सरिता फाउन्डेसनका नाममा चेक काटिएको विषयमा उजुरी आएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानपछि उनीहरूले मिलेमतोमा नौ लाख ९८ हजार ९२१ रुपैयाँ हिनामिना गरेको प्रमाणित भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अदालतमा दायर मुद्दामा प्रतिवादीहरूसँग जनही नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।
जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक–६ का विश्व लिङ्देन, दमक–९ का सरोज पुरी र इलाम चुलाचुली–४ का पवन हाङसुङ्वा छन्।
प्रहरीको संयुक्त टोलीले दमक–८ स्थित डेराबाट सरोज पुरीलाई नियन्त्रणमा लिन खोज्दा उनको साथबाट चाइनिज टाइप–५४ पेस्तोल एक थान र १५ राउण्ड गोली फेला पारेको थियो। प्रारम्भिक सोधपुछपछि पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बताएका थिए।
त्यसपछि प्रहरीले विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले सो हतियार पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारे। सोही आधारमा प्रहरीले हाङसुङ्वाको खेतमा पुगेपछि खाल्डोमा पुरेर राखिएको अवस्थामा अरू १ थान पेस्तोल र ५ राउण्ड गोली फेला पारेको छ।
बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका बस्नेत सवार गाडीमा प्रदर्शनकारीहरूले बेलुनको लोला र रङ हानेका छन्।
दुर्व्यवहारको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूले बस्नेतको विरोधमा नाराबाजी समेत गरेका थिए।
बस्नेत भने विमानस्थलबाट इटहरीतर्फ अघि बढिसकेका छन् भने विराटनगर क्षेत्रमा अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
यसअघि पनि सिमरा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतमाथि प्रदर्शनकारीहरूले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको अभियोगमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष रहेका उनीहरूले हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवामाथि कुटपिट गरेको आरोप लागेको छ।
यस सम्बन्धमा जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
शिक्षकको जागिर मिलाइदिने भन्दै दुवैले साढे ४ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परिएका थिए। अनुगमन तथा अनुसन्धानपछि उनीहरूले घुस रकम लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
अख्तियारले दुवैलाई जनही साढे ४ लाख रुपैयाँ बिगो तोकेर प्रचलित कानुनअनुसार सजाय माग्दै मुद्दा दायर गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गरेर देश ठप्प पार्ने चेतावनी दिइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पक्राउ गरी परिसरमा ल्याइएको हो।
‘पछिल्लो समय प्रसाईंले सार्वजनिक ठाउँमा शान्ति भंग हुने किसिमका अभिव्यक्ति दिँदै आएका छन्। उनी कहिले के भन्छन् भन्ने स्पष्ट नभएकाले त्यसको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ एसपी भट्टराईले बताए।
सोमबार दिउँसो मात्र प्रसाईंले सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगलागी, ७५ जनाको मृत्यु, मल्ल होटल अगाडि सवारीसाधनभित्र बसेर भएको भनिएको वार्ता र बानेश्वरको घर छतबाट जेन-जी आन्दोलनको ‘अप्रेशन’ चलेको जस्ता दाबी प्रस्तुत गर्दै एक विशेष भिडियो सार्वजनिक गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस