काठमाडौं,२८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएको छ। मधेस प्रदेशको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा गणना भएको २२ लाख ९८ हजार ८२ सदर मतमध्ये रास्वपाले १३ लाख ४६८ मत अर्थात् ५६.५९ प्रतिशत मत प्राप्त गरेको छ।
रास्वपाको तुलनामा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निकै कम मत प्राप्त गरेका छन्। कांग्रेसले २ लाख ८७ हजार ३२३ अर्थात् १२.५० प्रतिशत मत पाएको छ भने एमालेले १ लाख ८७ हजार ९०१ मत अर्थात् ८.१८ प्रतिशत मत प्राप्त गरेको छ।
यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १ लाख ३७ हजार ८७८ अर्थात् ६ प्रतिशत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ लाख ७ हजार ६१२ अर्थात् ४.६८ प्रतिशत मत पाएका छन्।
त्यसैगरी जनमत पार्टी ले ५० हजार ७२० अर्थात् २.२१ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३५ हजार ६४२ अर्थात् १.५५ प्रतिशत मत प्राप्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। फागुन। २७। दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका टोपबहादुर महतराले ३१ हजार रुपैयाँ खर्च गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाका लागि श्रम संस्कृति पार्टी का तर्फबाट उम्मेदवार बनेका उनले निर्वाचनमा २२७ मत प्राप्त गरे।
निर्वाचन आयोगमा बुझाएको खर्च विवरणअनुसार महतराले प्रचार–प्रसार, पर्चा छपाइ, यातायात लगायतका विभिन्न शीर्षकमा गरी ३१ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ।
सामान्यतया चुनावी प्रतिस्पर्धामा उम्मेदवारहरूले ठूलो रकम खर्च गर्ने प्रवृत्ति रहँदै आएको अवस्थामा महतराले भने निकै न्यून खर्चमा चुनाव लडेका बताए । निर्वाचनका लागि भनेर मैले ६० हजार विनियोजन गरेको थिएँ उम्मेदवार महतराले भने ,३१ हजार खर्चले निर्वाचन पूरा भयो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ५० लाख मत कटाएको छ।
एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उल्लेख्य मत ल्याएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८ र एमालेले ९ सिट जितेका छन्।
प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपाले समानुपातिकतर्फ हालसम्म ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२५ फागुन । समानुपातिक तर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ४३ लाख ६५ हजार मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४८ प्रतिशत हो ।
त्यसपछि दोस्रोमा नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले ६ लाख ४५ हजार र पाँचौंमा श्रमसंस्कृती पार्टीले ३ लाख १० हजार मत पाएको छ ।
चार महिना अघि मात्रै गठन भएको श्रमसंस्कृती पार्टीले प्रत्यक्ष निर्वाचनमा तीन सीट जितेको छ भने समानुपातिक मतमा तीन प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय दलको मान्यता पाउने सम्भावना नजिक पुगेको छ ।
विशेषगरी ३ लाख १६ हजार हाराहारी मत पाएमा थ्रेसहोल्ड कट्ने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङद्वारा गठन गरिएको श्रमसंस्कृती पार्टीले अहिले करिब ६ हजार मत थप पाएमा राष्ट्रिय दल बन्ने सम्भावना रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गरेको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित भएका उनले आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
खर्च विवरण अनुसार उनले सबैभन्दा बढी रकम घरदैलो तथा प्रचार कार्यक्रममा खर्च गरेका छन् । १५ दिनसम्म सञ्चालन गरिएको २९ वडामा घरदैलो कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
त्यस्तै दुईवटा सवारीसाधन १५ दिनसम्म भाडामा लिएर इन्धनसहित प्रयोग गर्दा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको जनाइएको छ । पाँच पटकको हवाई यात्राका लागि ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
मतदाता प्रशिक्षण कार्यक्रममा ५८ जनाका लागि खाजामा २८ हजार ९७० रुपैयाँ खर्च गरिएको छ भने नमुना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी झापा–५ निर्वाचन कार्यालय दुई महिनासम्म सञ्चालन गर्दा पानी खर्चका लागि १ लाख २० हजार रुपैयाँ र स्टेशनरी खर्चका लागि २२ हजार ८२० रुपैयाँ खर्च भएको जनाइएको छ ।
प्रचार सामग्री छपाइतर्फ कागज तथा ब्यानरका लागि १ लाख ५७ हजार ४१ रुपैयाँ र ब्यानर तथा स्टिकरका लागि १ लाख ९९ हजार ८०८ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
उक्त खर्च विवरण उम्मेदवारका प्रतिनिधि नवीन भण्डारीद्वारा हस्ताक्षरित रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा २०८२ फागुन २४ गते दर्ता भएको विवरणमा कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ उल्लेख गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गर्दछ, साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढङ्गले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ।”
पार्टीका अनुसार निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन ऐन, २०७४ बमोजिम खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदासमेत विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको जनाएको छ ।
“निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भई पार्टीका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका पूर्व मुख्यमन्त्रीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी र एमालेका उम्मेदवार रेवतीरमण शर्मा समेत रहेका छन् ।
चौधरी यसअघि सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन् । तर यसपटक उनले आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।
निर्वाचन नियमअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ । दाङ–१ मा कुल सदर मत ७६ हजार ३८९ रहेको छ । यसको १० प्रतिशत ७ हजार ६३९ हुन्छ । तर मेटमणी चौधरीले ४ हजार ९६५ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत प्राप्त गरेका छन् । उनी पूर्व लुम्बिनी प्रदेशसभा सदस्यसमेत हुन् ।यसैगरी स्वतन्त्र उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३८४ मत मात्रै प्राप्त गरेका छन् ।
केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जना उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको हो ।
सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाली काँग्रेसका योगेन्द्र चौधरी रहेका थिए । उनीहरू दुई जनाबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानतस्वरूप १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,२४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गडकराज पौडेल (गनेस पौडेल) कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक स्टाटस चर्चामा आएको छ।
पौडेलले “अबका ५ वर्ष मैले नगर्ने काम” शीर्षकमा १३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफूबाट अपेक्षा नगर्नुपर्ने कामहरू स्पष्ट पारेका छन्।
उनले पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आधारमा कसैलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नसक्ने स्पष्ट पारेका छन्।
त्यसैगरी स्कुल वा क्याम्पसमा स्कलरसिप मिलाइदिन, ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट बचाउन सोर्स–फोर्स लगाइदिन वा विभिन्न आपराधिक मुद्दामा भनसुन गरेर बचाइदिन पनि आफू तयार नभएको बताएका छन्।
उनले लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता घटनामा कसैलाई कानुनी कारबाहीबाट जोगाइदिन नआउने बताएका छन्। साथै महिला, दलित, यौनिक अल्पसंख्यक तथा सिमान्तकृत समुदायमाथि हुने हिंसा वा अन्यायका घटनामा उल्टै कडा रूपमा उभिने बताएका छन्।
सांसद पौडेलले ठेक्कापट्टा, टेन्डर मिलाइदिन, विश्वविद्यालय वा विभिन्न प्रतिष्ठानमा मनोनयनका लागि सिफारिस गर्न तथा सरकारी प्रक्रियामा छोटो बाटो खोज्न सहयोग माग्न नआउन पनि आग्रह गरेका छन्।
त्यस्तै सरकारी स्रोतसाधन निजी प्रयोजनका लागि प्रयोग गराउन, विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन वा सरकारी पदको दुरुपयोग गरेर कसैलाई दबाब दिन सहयोग नगर्ने उनले बताएका छन्।
स्टाटसको अन्त्यमा उनले “मैले तपाईंलाई भोट हालेको हुँ” भन्दै बिहेवारी, व्रतबन्ध, पास्नी वा भोजमा बोलाउन आवश्यक नरहेको उल्लेख गरेका छन्। तर दुःख वा मरण परेको अवस्थामा भने सकेसम्म आफैँ उपस्थित हुने उनले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका पदाधिकारीहरूलाई ठूलो चुनावी धक्का लागेको छ। प्रत्यक्षतर्फ चुनाव लडेका अधिकांश शीर्ष नेताहरू पराजित भएका छन्।
कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अमरेशकुमार सिंह ले पराजित गरेका हुन्। सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा थापा २२ हजार ८३१ मतमै सीमित भए। कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा थापालाई अघि सारेर चुनावमा होमिएको थियो।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने यसपटक चुनावमा उम्मेदवार बनेका थिएनन्।
महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे पनि चुनावमा पराजित भए। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पौडेल स्मित पोखरेल सँग पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेल ९ हजार १५९ मतमै रोकिए।
त्यस्तै मोरङ क्षेत्र नम्बर ४ मा महामन्त्री घिमिरेलाई रास्वपाका सन्तोष राजवंशी ले हराए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मतमात्रै पाए।
कांग्रेसका सहमहामन्त्रीहरू पनि पराजित भएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा उदयशम्शेर राणा रास्वपाका बुद्धरत्न महर्जन सँग पराजित भए। महर्जनले २३ हजार ३७३ मत ल्याउँदा राणाले १३ हजार ५२० मत पाए।
त्यसैगरी बारा क्षेत्र नम्बर ३ मा फरमुल्लाह मन्सुर पनि पराजित भए। त्यहाँ रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मतसहित विजयी भए भने मन्सुरले १० हजार ५२ मत पाए।
कैलाली क्षेत्र नम्बर १ मा सहमहामन्त्री प्रकाश रसाइली स्नेही पनि पराजित भए। उनलाई नेकपा एमाले का ऐनबहादुर महर ले हराए। महरले १८ हजार ५४३ मत ल्याउँदा रसाइली १६ हजार ३०४ मतमै रोकिए।
डोल्पामा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पराजित भए। उनलाई नेपाल कम्युनिस्ट पार्टी का धनबहादुर बुढा ले हराएका हुन्। धनबहादुरले ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा कर्णबहादुर २ हजार ९४७ मतमै सीमित भए। उनीहरू दाजुभाइ हुन् र फरक–फरक पार्टीबाट राजनीतिमा सक्रिय छन्।
त्यस्तै दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भए। यहाँ रास्वपाका देवराज पाठक ४२ हजार ६०२ मतसहित निर्वाचित हुँदा चौधरी १५ हजार २८० मतमै रोकिए।
यस निर्वाचनमा कांग्रेसका अन्य सहमहामन्त्रीहरू भने उम्मेदवार बनेका थिएनन्।
कांग्रेसले १७ सिट जित्यो
प्रत्यक्षतर्फ कांग्रेसले हालसम्म १७ सिट जितेको छ। कोशी प्रदेशमा पाँचथरबाट नरेन्द्रकुमार केरूङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।
मधेस प्रदेशमा रौतहट–२ बाट मो. फिरदोश आलम विजयी भएका छन्। बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्। गण्डकी प्रदेशमा मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्।
लुम्बिनी प्रदेशमा पाल्पा–१ बाट सन्दीप राना र कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। कर्णाली प्रदेशमा हुम्लाबाट जयपती रोकाया, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेखबाट बासना थापा, सुर्खेत–१ बाट विष्णुबहादुर खड्का र मुगुबाट खड्ग शाही निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछाम–१ बाट भरतकुमार स्वार र डोटीबाट भरतबहादुर खड्का विजयी भएका छन्। यस पटक कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना महिलामात्र निर्वाचित भएकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुग्दै गर्दा नेकपा एमाले तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्वविहीन हुने संकेत देखिएको छ ।
हालसम्म सार्वजनिक नतिजा अनुसार सबैभन्दा धेरै सिट जित्ने दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी अघि देखिएको छ । रास्वपाले यो समाचार तयार पार्दासम्म ११२ भन्दा बढी सिटमा जित निकालिसकेको छ भने थप १४ क्षेत्रमा अग्रता बनाएको छ ।
त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १५ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेस र रास्वपाले सबै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।
तेस्रो स्थानमा खुम्चिएको एमालेले प्रत्यक्षतर्फ हालसम्म सात सिट जितेको छ भने तीन क्षेत्रमा अग्रता बनाएको छ । अर्को कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी ले ६ सिट जित्दा एक क्षेत्रमा अग्रता बनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले एक–एक सिट जितेका छन् भने एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् ।
जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यस निर्वाचनमा विगतमा ठूला मानिने दलहरू: नेपाली कांग्रेस, एमाले, मधेसवादी दल तथा राप्रपासमेत खुम्चिएका छन् ।
२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको एमाले यस पटक प्रत्यक्षतर्फ चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । हालसम्म कोशी प्रदेशमा ३, सुदूरपश्चिममा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिट जितेको छ । तर बागमती, गण्डकी र मधेस प्रदेशमा एमाले शून्य हुने अवस्था देखिएको छ ।
एमालेबाट कोशी प्रदेशमा इलाम–२ बाट सुहाङ नेम्वाङ र ताप्लेजुङबाट क्षितिज थेवे निर्वाचित भइसकेका छन् भने इलाम–१ मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेका काजीमान कागते अग्रतामा रहेका छन् ।
प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित सांसदहरू:
१. मोहम्मद इश्तियाक राई , बाँके–२
२. सुहाङ नेम्वाङ , इलाम–२
३. गणेश सिंह ठगुन्ना , दार्चुला–१
४. ऐनबहादुर महर , बझाङ–१
५. राजेन्द्रकुमार राई ,धनकुटा–१
६. क्षितिज थेबे, ताप्लेजुङ–१
७.लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस