काठमाडौँ,२५ असार । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले खनालले अनुशासनहीन क्रियाकलाप गरेको ठहर गर्दै कारबाही गरेको हो। समितिका संयोजक आनन्द ढुंगानाले बुधबार खनाललाई कारबाही सम्बन्धी पत्र पठाई लुम्बिनी प्रदेश समितिलाई समेत जानकारी गराएका छन्।
खनालमाथि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ। यही कारण देखाउँदै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले उनीविरुद्ध अनुशासन समितिमा उजुरी दर्ता गराएका थिए।
पार्टी अनुशासन उल्लंघनका विषयमा नेपाली कांग्रेसले पछिल्ला दिनमा कठोर कदम चाल्दै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २० असार। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार बसेको नाउपाको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। उनका अनुसार समर्थन फिर्ता गर्ने निर्णयबारेको पत्र मुख्यमन्त्रीलाई बुझाइनेछ।
नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि यस्तो निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ जना सांसद छन्। तीमध्ये नाउपाका ७ जना सांसद छन्। वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ।
कांग्रेसका १८ र एमालेका ११ जना सांसद ९सभामुखबाहेक० सरकारमा छन्। यसरी नाउपाको समर्थन फिर्ताले सरकारको बहुमतमा तत्काल प्रभाव नपर्ने देखिएको छ।
कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाले समर्थन दिँदै आएका थिए। प्रदेशसभामा माओवादी केन्द्रका १० जना, नेकपा ९एकीकृत समाजवादी० का ३ जना, स्वतन्त्र १ र राप्रपाका १ सांसद रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ असार ।काठमाडौं । नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।
निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ । छलफलमा सहभागी हुँदै पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे ।
‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिँदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’
उनले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न सुझाव दिए । ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । अब सचिवले पनि यो पदमा बसिरहन मिल्दैन,’ उनले भने ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो ।
सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ । याे पार्टीबाट लुम्बिनी प्रदेश सभामा एक जना मात्रै प्रदेश सभा सदस्यकाे प्रतिनिधित्व छ ।
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी छिन । पार्टी विभाजन हुदा काफ्ले जनता समाजवादी पार्टी तर्फ लागिन भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए ।
काफ्ले समानुपातिक सांसद हुन । एमालेका २९ र कांग्रेसका २७ गरि ५६ जना सांसदकाे समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यकाे नेतृत्वमा सरकार गठन भएको थियाे ।
जसपा नेपाल सहित केही साना राजनीति दलले सरकारलाई विश्वासकाे मत दिएका थिए । जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि कुनै असर नपर्ने जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा भिजिट भिसा प्रकरणसँग जोडिएका पछिल्ला घटनाक्रमबारे छलफल हुने छ। उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गरेको छ।
यसै विषयलाई लिएर रास्वपाले संसदमा निरन्तर विरोध गरिरहेको छ। उसले बेल घेरासहित नाराबाजी गर्दै संसद बहिस्कारसमेत गर्दै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० असार । राप्रपाले आजपनि संसदमा विरोध जारी राख्ने भएको छ । भिजिटि भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा असहमति राख्दै राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने भएको हो ।
प्रतिनिधि सभाको बैठकअघि बसेको संसदीय दलको बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको हो।
हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। यो समितिबाट निष्पक्ष छानबिन नहुने निष्कर्षसहित आफ्नो कुरा राखेर संसद बहिस्कारलाई निरन्तरता दिन लागेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन तथा आर्थिक सुधारमा पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने सम्भावनाको संकेत गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल सङ्घीय संसदीय दललाई निर्देश गर्दछ।’
त्यस्तै, जसपाले हालै विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। मनोनयन हुनेहरूमा शशी कपुर मियाँ (पर्सा), करिमा बेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरुङ (रूपन्देही) र नीलम यादव (रूपन्देही) रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१ असार । विरोधको वातावरणमा प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।
सभामुख देवराज घिमिरेले विपक्षी दलको विरोधकै बीच बैठक सञ्चालन गरेपछि असन्तुष्टि जनाउँदै राप्रपाले बैठक बहिष्कार गर्ने निर्णय लिएको हो। रास्वपाले वेल घेराउ गरे पनि राप्रपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। तर, सभामुख घिमिरेले बैठक निरन्तर अघि बढाएका थिए।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक बहिष्कारको घोषणा गर्दै विरोधकै बीच बैठक सञ्चालन गर्नु संसदीय मर्यादाविपरीत भएको बताए।
उनले भने, “संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुँदैन भन्ने मलाई लाग्छ। जनताले जिताएका जनप्रतिनिधिहरूको आवाज दबाएर बैठक चलाउनु दादागिरी हो। दादागिरी बन्द गर्नुस्।”
शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै सबै दललाई एकजुट हुन आग्रहसमेत गरे। राप्रपाले संसद्मा अवरोध भएका बेला कारबाहीको प्रक्रिया नबढाउनुपर्ने अडान लिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै पनि सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको जिम्मेवारी सिंगो पार्टीले नलिने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको असन्तुष्टि बुझ्नुपर्ने आवश्यकता औंल्याए। “जनताले नेताहरूले आफ्नै स्वार्थका लागि सोच्ने, घुस खाने गरेको ठान्छन्,” थापाले भने, “एउटा व्यक्ति चुकेको कारणले सारा पार्टीले गाली खानुपर्ने अवस्था आउँछ। तर कांग्रेस अब त्यो भारी बोक्दैन।”
उनले थपे, “भ्रष्टाचारमा संलग्न कोही पनि पार्टी सदस्य भए उसले व्यक्तिगत रूपमा त्यसको जिम्मेवारी लिनुपर्छ। कांग्रेसले त्यसमा कुनै सम्झौता गर्दैन। पार्टीको औपचारिक धारणा स्पष्ट छ— सार्वजनिक जवाफदेहितामा चुक्ने व्यक्ति पार्टीको संरक्षणमा रहने छैन।”
महामन्त्री थापाले कांग्रेसभित्रको गुटबन्दी अन्त्यका लागि संगठनात्मक संरचना सुधारको आवश्यकता रहेको धारणा पनि राखे। उनका अनुसार, क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चयन गर्ने व्यवस्था गरिएमा गुटबन्दी अन्त्य सम्भव छ।
“हाल कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्, सबै गरेर करिब १२ लाख सदस्य छन्,” उनले भने, “हामीले यदि बुथमै गएर प्रतिनिधि चयन गर्ने र त्यो प्रतिनिधि मार्फत सभापति चयन गर्ने प्रविधि अपनायौँ भने, १२ लाख सदस्यले अप्रत्यक्ष रूपमा सभापति छान्न सक्नेछन्। यसले गुटबन्दी हटाउन सघाउँछ।”
थापाले प्राविधिक सुविधा प्रयोग गर्दै पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्नु आवश्यक रहेको बताउँदै पार्टी सुधारको पक्षमा सबै नेताहरू सहमत भए मात्र कांग्रेसभित्रको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २७ जेठ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान चलाइरहेको जानकारी दिए।
उनले यस प्रकारको पार्टी प्रवेश र समायोजनले अभियानमा थप ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे। माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुनेहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस