दाङ, २ भदौ। घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले वडा अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ। नगर प्रमुख नरुलाल चौधरीले असार अन्तिममा राजीनामा स्वीकृत गरिसकेको र आजको कार्यपालिका बैठकमा अनुमोदन गरिएको बताए ।
राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो , त्यो असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ नगर प्रमुख चौधरीले भने । केहि महिला अघि नै अध्यक्ष शाहले नगर प्रमुखलाई राजीनामा बुझाएका थिए ।
घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो । कार्यपालिकाले राजीनामा अनुमोदन गरेसँगै अध्यक्ष पदबाट शाह हटेका छन ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमालेकोको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरी समक्ष केही महिना अघि नै राजीनामा बुझाएका थिए। उनीलाई बिचमा एमालेले समेत कारबाही गरेको थियो । वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० साउन । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रबार प्रदेश प्रमुख उनलाई सपथ गराएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त मन्त्रीहरु प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए । सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।
२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।
यसअघि २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।
कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आफ्नै पार्टीका नेता तथा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव सफल बनाउँदै सत्ता नेतृत्व सम्हालेका हुन्।
विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।
मुख्यमन्त्री बानियाँलाई समर्थन गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रदेश सभामा आजको मतदानले बानियाँ नेतृत्वको सरकारको राजनीतिक स्थायित्वमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानलाई अब संगठन निर्माणसँगै जोडेर प्रभावकारी बनाउने निर्णय गरेको छ।
शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले जनसमर्थनलाई संस्थागत रूप दिने रणनीति अनुसार हस्ताक्षर अभियानलाई संगठन विस्तारको माध्यम बनाउने निर्णय गरेको हो। प्रवक्ता मनीष झाका अनुसार, अब पार्टीका सबै संगठनात्मक गतिविधि हस्ताक्षर अभियानसँग सँगसँगै अघि बढाइनेछ।
“जनताको समर्थनलाई संगठनको बलमा रूपान्तरण गर्दै अभियानलाई देशव्यापी बनाउने योजना छ,” झाले बताए। उनका अनुसार हालसम्म ३२ लाख ६ हजार ६०८ जनाको हस्ताक्षर संकलन भइसकेको छ भने ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग रकम उठेको छ।
बैठकले पार्टीको संगठन वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सशक्त बनाउने लक्ष्यसहित केन्द्रीय समिति र विभागीय सदस्यहरूलाई जिल्ला(जिल्लामा परिचालन गर्ने निर्णय पनि गरेको छ।
पार्टीले विभिन्न विभाग तथा समितिमा नयाँ जिम्मेवारी वितरण गर्दै संगठन सुदृढीकरणको कामलाई तीव्र बनाउने बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
आज बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकताको तयारी थालिएको जानकारी दिएका हुन्।
“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,” बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “छिट्टै वार्ता समिति बनाएर प्रक्रिया अघि बढाइनेछ।”
यसअघि पनि माओवादी केन्द्रले विभिन्न चरणमा विप्लव समूहसँग एकता गर्ने निर्णय गर्दै आए पनि ती प्रयासहरू रणनीतिक तहमा मात्रै सीमित भएका थिए।
केही दिन अघिसम्म माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकताको सम्भावना खोज्दै छलफल गरिरहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो भनाइ दिएका हुन्।
अध्यक्ष प्रचण्डले देशमा क्रान्तिकारी सोच र देशभक्त शक्तिहरूमाथि भइरहेका षड्यन्त्रहरूविरुद्ध प्रतिकार गर्न अब फेरि विद्रोह आवश्यक रहेको तर्क गरे। उनले वामपन्थी, क्रान्तिकारी र देशभक्त शक्ति एकजुट भएर प्रतिक्रियावादी शक्तिको प्रतिरोध गर्नुपर्ने बताए।
‘आज हामी बल गर्दै छौँ, देशभक्त, क्रान्तिकारी, वामपन्थीलाई जोडेर षड्यन्त्रको प्रतिवाद गर्ने प्रयासमा छौँ। मलाई जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया र संविधानसभासम्म आइपुग्दा अझै जीवित रही नेतृत्वमा रहन सकेको छु भन्ने लाग्छ। उनले भने–‘ त्यसैले फेरि एकपटक नयाँ प्रकारको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित अघि बढिरहेका छौँ,।’
प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिँदै बिदा दिने निर्णय गरिएको तर त्यसलाई अदालतले रोकेको बताएका छन्। उनले त्यस निर्णयलाई रोकिनुप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक निर्णयहरूमा न्यायालयको हस्तक्षेप स्वीकार्य नहुने संकेत गरे।
२२ सय व्यक्ति फरार सूचिमा
सुभाष साह, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।
शुक्रबार -आज_ माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्दै छ । सो बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन् । गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो ।
अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यस’दयगतमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ । शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन् ।
प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन् ।
गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो ।
शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रियता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाउन थालेपछि यो असन्तुष्टि प्रचण्डसहितका नेताले अनुशासनको कारबाहीको विषय अगाडि बढाउन लागेको बताइन्छ ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पार्टी नेतृत्व, नीति एवं कार्यक्रमकै विरुद्धमा अभिव्यक्ति दिनेलाई अनुशासनको कारबाहीको विषय पनि बैठकमा आउने बताए । साथै, केन्द्रीय कमिटी बैठक, योजना, पार्टी एकताबाट आएकालाई जिम्मेवारीसहित पछिल्लो राजनीतिक अवस्थाका ’दयगतमा बैठकमा छलफल हुने एजेन्डा रहेको उनले बताए ।
उपमहासचिव शर्माले पार्टी नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले उनलाई इंगित गर्दै पार्टीभित्र ‘सिँगौरी खेल्न दिएको’ अभिव्यक्ति दिएका थिए । शर्माले पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई पटक–पटक उठाएपछि प्रचण्ड असन्तुष्ट छन् ।
प्रचण्ड र शर्माको सार्वजनिक रूपमै यस्तो अभिव्यक्ति आउन थालेपछि प्रचण्डनिकटका नेताहरूले शर्माका विरुद्धमा सार्वजनिक रूपमै अभिव्यक्ति दिन थाले । अब यो विषय पार्टी बैठकमै उठाउँदै अनुशासनको ‘डन्डा’ चलाउने रणनीतिमा पार्टी नेतृत्व रहेको छ । प्रचण्ड र शर्माका बीचमा टकराव बढ्दै गएपछि पार्टी नै विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेको छ ।
पार्टी महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव गर्दै अनुशासनको विषयसमेत बैठकमा प्रवेश गराउँदै छन् ।
माओवादी नेतृत्वमाथि यसअघि खुलेर कसैले असहमति राख्न सकेका थिएनन् । असन्तुष्ट बनेपछि मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले पार्टी नै छाडेका थिए । तर, एमालेमा जस्तो आन्तरिक असन्तुष्टिलाई लिएर कारबाहीमा भने अहिलेसम्म माओवादी उत्रिएको छैन । पछिल्ला दिन एमालेले भीम रावललगायतका नेतालाई गरेको कारबाहीकै जस्तो बाटोमा जाने संकेत माओवादी नेतृत्वले देखाउन थालेको छ ।
नेतृत्वबाटै फुटको हल्ला !
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी विभाजनको अनावश्यक प्रचार गर्नेबाट सचेत हुन आग्रह गरेका छन् । माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएको समेत उनले आरोप लगाएका छन् । माथिलो तह भने पनि त्यस तहमा रहेका नेताको पहिचान भने उनले खुलाएका छैनन् ।
‘विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखका छन् ।
यस्तै, उनले गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने जनाएका छन् । यसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने शर्माको निष्कर्ष छ ।
पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जित ऊर्जालाई दुईबुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने उनले जनाएका छन् ।
‘यतिबेला देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनसंरचना र पार्टीको पुनर्गठन नै हो,’ शर्माले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेलगत्तै नेता वामदेव गौतम असन्तुष्ट देखिन थालेका छन् । गत २ साउनमा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टीमा गौतम तेस्रो मर्यादाक्रमका नेता भए पनि उनी असन्तुष्ट छन् । पार्टी प्रवेशको एक महिना नपुग्दै उनले असन्तुष्टि पोख्न सुरु गरिसकेका छन् ।
कहिले संगठन विभाग प्रमुख त कहिले के खोज्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत गुनासो पोख्न थालेका छन् । पार्टीमा जिम्मेवारी नभएको भन्दै उनले जिम्मेवारी खोजेका छन् । तर, पार्टीले उनलाई जिम्मेवारी दिनै बाँकी रहेको छ ।
पार्टीको बैठकबाट उनले तोकिएरै जिम्मेवारी पाउने भए पनि त्यसअघि नै उनले गुनासो पोख्नु कुण्ठा मात्रै रहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । ‘वामदेव जहाँ जान्छन्, जहाँ हुन्छन् त्यहाँ विवाद र झमेला आउनु नौलो होइन, यो त उहाँको नेचरजस्तै भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उजुरी पठाउँदै प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ नेताहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका हुन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।
पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र पूर्वश्रममन्त्री डोलप्रसाद अर्याललाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्।
यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रधानमन्त्री ओलीसहितका नेताहरूविरुद्ध यस्तै उजुरी दर्ता गराएका थिए।
तर, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि यो विषय प्रहरीको आधिकारिक दर्ता प्रक्रियामा नपर्ने जनाएका छन्। उनका अनुसार उजुरीको प्रकृति अध्ययन गरेर मात्र अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन्।
नवगठित मन्त्रिपरिषद्मा सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको भएपनि उनीहरूको मन्त्रालय भने तोकिएको छैन। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलको नेताबाट मंगलबारमात्र विश्वास गुमाएका थिए। विश्वासको मत लिनुपर्ने प्रस्तावमा २२ सांसद विपक्षमा उभिएपछि उनी पराजित भएका थिए। लामाले पक्षमा १५ मतमात्र पाएका थिए। बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्।
संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुने कार्यक्रम छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका हुन । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस