लुम्बिनीमा घाटा बजेट आउदैन : मुख्यमन्त्री

   चैत १, २०८१       admin

दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको जान्कारी दिदै सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।

यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्न आग्रह गरे । ‘आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ । प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ ।’
प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए । ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ ।’

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए । प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूले सुझावसहितको धारणा राखेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धि र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए ।
बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो । चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन् । टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वदलीय निष्कर्ष : तीनकुने घटनामा ज्ञानेन्द्र शाह दोषी

   चैत १७, २०८१       admin

काठमाडौं , १८ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

आइतबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका हुन्।
गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको सबै दलले भर्त्सना गरेको बताए। उनले संविधान समाप्त गर्ने खेलमा पू्र्वाराजा ज्ञानेन्द्र लागेको दलहरूको आरोप रहेको बताए। दलका नेताहरूले पूर्वराजालाई कारबाही गर्नुपर्ने आग्रह गरेको उनको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि भइरहेको षडयन्त्रमाथि दलहरूबीच छलफल भयो। धेरै लामो संघर्ष र बलिदालीपछि यो व्यवस्था आएको छ। त्यसकारण यो संविधानको रक्षा गर्ने कुरामा हामी सबै एकमत छौं। यसै व्यवस्थाको माध्यमबाट नागरिकलाई थप सुविधा र समृद्धिमा लैजान सकिने निष्कर्ष निकाल्यौं। तर, व्यवस्था उल्ट्याउने र संविधान समाप्त गर्ने गतिविधिलाई सामान्य मान्न सकिँदैन। चैत १५ गते बर्बरतापूर्वक भएको घटनाका दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने सबै दल एकमत छन्,’ ।

फागुन ७ गतेपछि पूर्वराजा ज्ञानेन्द्रले संविधान विपरीत गतिविधिमा लागेको आरोप लगाए। ‘फागुन ७ गतेपछि पूर्वराजाले जुनखालका गतिविधि गरेका छन्। र, चैत १५ मा जुन हिंसात्मक घटना घटाइएको छ। संविधान विरोधी त्यस्ता गतिविधि सह्य छैन। क्षम्य हुँदैन,’ गृहमन्त्री लेखकले भने। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वराजालाई काठमाडौ महानगरले तोक्यो ८ लाख जरिवाना

   चैत १५, २०८१       admin

काठमाडौँ १६ चैत। काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा झन्डै ८ लाख रुपैयाँ  जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

कुन शीर्षकमा कति जरिवाना ?
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर  १ लाख महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर  १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड ६३ हजार

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तनाव ग्रस्त तिनकुने : राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

   चैत १४, २०८१       admin

काठमाडौ, १५ चैत । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ। 

राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान खोजेपछि धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।  भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेको छ। यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो। 

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौँको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकालेको छ।  प्रदर्शनकारीलाई प्रशासनले तीनकुनेमा सभा गर्न ठाउँ उपलब्ध गराएको हो। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ कांग्रेसको सम्मेलनमा महामन्त्री शर्मा आउने

   चैत १२, २०८१       admin

दाङ, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङको चैत २९ गते हुने तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्मा दाङ आउन लागेका हुन् ।

नेपाली कांग्रेस दाङको पदाधिकारी एवम् तयारी समितिका संयोजकहरूको मङ्गलवार घोराहीमा बसेको बैठकले तेस्रो जिल्ला सम्मेलन चैत २९ गते घोराहीमा गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । जिल्ला सचिव योगीका अनुसार जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री शर्मालगायतका नेता दाङ आउन लागेका हुन् ।

नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । सम्मेलनको तयारी अन्तर्गत सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेदेखि अतिथिलाई निमन्त्रणा लगायतको काम भइरहेको नेपाली कांग्रेस दाङका सचिव योगीले बताए । कांग्रेस दाङको फागुन ४ गते बसेको बैठकले नेपाली कांग्रेस दाङका उपसभापति कमानसिं भारतीको संयोजकत्वमा जिल्ला उपसभापति गिरिराज सुवेदी, सहसचिवहरू राजु आचार्य र सुबोधकुमार डाँगी, जिल्ला सदस्यहरू भोला अधिकारी, रेखबहादुर वली, बिमला शर्मा सदस्य रहेको सम्मान समिति, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको संयोजकत्वमा जिल्ला सदस्यहरू वीरबहादुर खत्री, जुद्धबहादुर जिएम, रेखबहादुर वली, गौरव आचार्य, शिवहरि गौतम, बिना खनाल, सुशीला गुरुङ र केशरा पोख्रेल सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरेको थियो ।

यसैगरी नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीको संयोजकत्वमा जिल्ला सदस्यहरू टंकसिं बुढाथोकी, रेखबहादुर वली, घना डिसी, मुक्ता बादी सदस्य रहेको चिया, नास्ता व्यवस्थापन समिति, जिल्ला सचिव अर्जुनकुमार योगीको संयोजकत्वमा सहसचिव सुबोधकुमार डाँगी, सदस्यहरू निर्मल न्यौपाने, प्रदीप मजगैयाँ, भोला अधिकारी, कुन्ती डिसी र चेतना चौधरी सदस्य रहेको प्रतिवेदन लेखन र छपाइ समिति, जिल्ला सहसचिव सुबोधकुमार डाँगीको संयोजकत्वमा उपस्थिति समिति गठन गरेको थियो ।

समिति अन्तर्गत जिल्ला सदस्य टंकसिंह बुढाथोकीलाई बबई गाउँपालिका, शोभाकर न्यौपानेलाई दंगीशरण गाउँपालिका, सुरेन्द्र शाहलाई शान्तिनगर गाउँपालिका, गद्दुलाल चौधरी र शान्ता पाण्डेयलाई तुलसीपुर उपमहानगरपालिका, किरणकुमार रेग्मीलाई घोराही उपमहानगरपालिका, जितबहादुर वली र पूर्णबहादुर बस्नेतलाई बंगलाचुली गाउँपालिका, बालकुमारी पोख्रेललाई राजपुर गाउँपालिका, उमाकान्त पन्त र विष्णु बसेललाई गढवा गाउँपालिका र गोबर्धन रावत र सोनु भण्डारीलाई राप्ती गाउँपालिकाको जिम्मेवारी दिइएको छ । बैठक नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुलमान घिसिङ बर्खास्त

   चैत १०, २०८१       admin

काठमाडौं , ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।

चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ। 

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्ववियु निर्वाचन : नेविसंघ पहिलो, अखिल दोस्रो

   चैत ०६, २०८१       admin

दाङ ७ चैत ।  त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ। कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ। 

अहिलेसम्म आएको तथ्यांक अनुसार  कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको  छ। एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको बताएको छ।  नेविसंघले काठमाडौंका ४ वटा आंगिकसहित १०९ आंगिक र सामुदायिक क्याम्पसमा जितेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए। राजधानीका थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ। त्यसै गरेर दाङ को महेन्द्र बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस नेविसंघले जितेको छ ।

अनेरास्ववियुले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । जसमा काठमाडौंका तीनवटा आंगिक क्याम्पसमा अनेस्ववियुको नेतृत्व लिएको छ।  काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस र नेपाल कमर्स क्याम्पसमा अखिलको नेतृत्वले जितेको छ। यस्तै, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नरसिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस पनि अनेरास्ववियुले जितेको प्रवक्ता पौडेलले जानकारी दिए। 

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जित हात पारेको छ। जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस गरी दुईवटा आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ। यस्तै, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजय भएका छन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती बबई क्याम्पस दाङमा नेविसंघको प्यानल विजयी

   चैत ०५, २०८१       admin


दाङ, ६ चैत । दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियनमा  नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
मंगलबार आएको अन्तिम मतपरिनाम अनुसार भारीमतका साथ निर्वाचित भएका हुन । ३ हजार ३ सय मतदाता रहेको क्याम्पस मा १ हजार ४ सय १७ मत खसेको थियो ।

सार्वजनिक भएको मतपरिणाममा संयुक्त विद्यार्थी समुहलाई पछि पार्दै  नेपाल विद्यार्थी संघ नेविसंघका उम्मेदवार भारी मतान्तरले निर्वाचित भएका हुन  । अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारी निर्वाचित भएका छन । उन्ले ७ सय ३७ मत प्राप्त गरे । अनेरास्ववियु लगाएतको ७ संगठनको गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण)ले ३८९ मत प्रक्त गरे । अध्यक्षका स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.) १३७ मत र कृष्ण के.सी. (डेबिट) २९ मत ल्याए ।  सचिवमा नेपाल विद्यार्थी संघका टोप बहादुर ओली, कोषाध्यक्षमा शिक्षा नेपाली  निर्वाचित भएका छन । ओलीले ६१२ मत र नेपालीले ५६३ मय प्राप्त गरे ।

सदस्यमा पनि नेपाल विद्यार्थी संघ कै उम्मेदवार विजयी भएका छ्न । सचिव ओलीले  गठबन्धनका सोनिया थापा हराएका हुन भने । स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले  गरेकी छन्। कोषाध्यक्ष पदमा  शिक्षा नेपालीले  गठबन्धनका तिलक राज डाँगीले पछिपरेका हुन । सदस्यका उम्मेदवारहरु नेपाल विद्यार्थी संघ को भारी मतका साथ जितेका छन ।   मनिशा चौधरी , रूपेश चौधरी , यम कुमारी भण्डारी , सन्जिव चौधरी, ममता वली, करूणा नेपाली , लक्ष्मण वली , दिलिप शर्मा दीपक सदस्यमा निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती बबई क्याम्पसमा जित नजिक नेविसंघ

   चैत ०५, २०८१       admin

दाङ, ६ चैत । राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रह्दै नेपाल विद्यार्थी संघको प्यानल जित नजिक पुगेको छ ।खसेको १४ सय मतमा गणना भएको एकहजार मतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मतान्तर ठूले बनाउदै जित  नजिक पुगेको हो ।

अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारीले ५११ मत प्राप्त गर्दै अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण) २६६ मतमा छन । स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.)ले १०८ मत प्राप्त गरेका छन् भने कृष्ण के.सी. (डेबिट)ले २१ मत पाएका छन्।

सचिव पदमा निकै प्रतिस्पर्धा देखिएको छ। नेविसंघका टोप बहादुर वलिले ४१४ मत प्राप्त गरेका छन् भने गठबन्धनकी सोनिया थापा ४०७ मतका साथ पछ्याउँदै गएकी छ । स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ३८ मत प्राप्त गरेकी छन ।

कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवारले अग्रता लिएका छन्। शिक्षा नेपालीले ४४६ मत प्राप्त गर्दा गठबन्धनका तिलक राज डाँगीले ३२८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार आशिक मियाले ६६ मत ल्याएका छन्। सदस्यमा पनि नेपाल विद्यार्थी संघ को भारी मतका साथ अगाडी रहेका छ्न ।

स्ववियु निर्वाचन : राप्ती बबई क्याम्पस तुलसीपुर दाङ अपडेट । १००० मत गणना हुदा…

अध्यक्ष पदका उम्मेदवारहरू

  • प्रमोद भण्डारी ( नेविसंघ ) – ५११
  • लेखमणि खत्री (लक्ष्मण) ( गठबन्धन ) – २६६
  • कोमल बहादुर वलि ( के बि ) ( स्वतन्त्र )- १०८
  • कृष्ण के सि ( डेबिट ) ( स्वतन्त्र ) – २१

सचिव पदका उम्मेदवारहरू

  • टोप बहादुर वलि ( नेविसंघ ) – ४१४
  • सोनिया थापा ( गठबन्धन ) – ४०७
  • अंकिता डाङ्गी ( स्वतन्त्र ) – ३८

कोषाध्यक्ष – पदका उम्मेदवारहरू

  • शिक्षा नेपाली ( नेविसंघ ) – ४४६
  • तिलक राज डाङ्गी ( गठबन्धन ) – ३२८
  • आशिक मिया ( स्वतन्त्र ) – ६६

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती बबईमा स्ववियु मतदान शान्तिपूर्ण

   चैत ०४, २०८१       admin

दाङ ५ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा स्ववियु चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।आज भएको निर्बाचनमा कुल मतदाता संख्या ३३१४ रहेकोमा जम्मा १४१७ मत खसेको थियो ।

मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई क्याम्पसले धन्यबाद ज्ञापन गरेको हो ।
संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी र क्याम्पस प्रमुख गणेश पार्धेले निर्वाचनमा सहयोग गर्ने समिति,सुरक्षाकर्मी पत्रकार,राजनीतिक दल, विद्यार्थी संगठन ,प्राध्यापक एवम कर्मचारिहरुलाई धन्यबाद ज्ञापन गरिएको छ ।

आजै साझ देखि मतगणना सुरु गर्ने तयारि भएको निर्वाचन अधिकृत दीपक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology