काठमाडौँ, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दल दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दर्ताका लागि पेस गरिएका कागजातहरू हाल रुजु गर्ने प्रक्रियामा छन् । “सवै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता प्रक्रिया टुंगिनेछ,” उनले जानकारी दिए ।
आयोगले हाललाई साम्पाङले दर्ता गराएको निवेदन स्वीकार गरेको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो ।
जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, ‘विभिन्न चरणको छलफलपछि कांग्रेसलाई नेतृत्व दिएर नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।’
प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण नयाँ सरकार गठनको प्रक्रिया केही ढिलो भएको जनाइएको छ । ‘प्रदेश प्रमुख आजै जनकपुर फर्किनुभयो भने आजै, नभए भोलिसम्म बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी छ,’ यादवले बताए ।
यद्यपि कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा भने अझै सहमति हुन बाँकी रहेको उनले प्रष्ट पारे ।
जनमतले गत भदौ २८ गते आफ्नै सांसद एवं मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो । त्यसपछि नेपाली कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएसँगै सिंहको सरकार अल्पमतमा पुगेको हो ।
मधेस प्रदेशमा सरकार बनाउन ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ ९एकजना निलम्बित बाहेक०, जनमतका १३ र लोसपाका ८ (एक निलम्बित बाहेक) सांसद छन् । यो संख्याले नयाँ सरकार बनाउन पर्याप्त बहुमत जुटाउने देखिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,११ असोज । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । भक्तपुरको गुन्डुमा आइतबार दिउँसो १ बजे बस्ने गरी उनले बैठक तय गरेका हुन् ।
‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ । गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।
आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ।”
उनका अनुसार संगठनात्मक कार्यशैली मात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ। बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन दिएका छन्।
बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुने र तोकिएकै मितिमा निर्वाचन गराउने वातावरण बनाउन पार्टीले पहल गर्ने निर्णय भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् ।
डा. भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु।”
बुधबार मात्र उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका थिए। राजीनामा दिनुको मुख्य कारण नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनु भएको उनले बताए।
साथै, डा. भट्टराईले नयाँ कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने मागसमेत राखेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका थिए।
स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्। पद छाड्ने प्रस्ताव राखेसँगै ड. भट्टराईले राजीनामा दिएका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ।
पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्याउन कठिनाइ भएको छ।
लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। यस बीचमा नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै सञ्चालन गर्नुपर्ने बाध्यता बनेको उनले बताए।
साईका अनुसार पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत पोखरा–काठमाडौँ खण्डमा दैनिक करिब ४०० यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेका छन्। दसैंको टीकाको दिन नजिकिँदै गर्दा आवतजावत बढ्नुपर्ने बेला सडक अवरुद्ध हुँदा यात्रुहरूलाई थप कठिनाइ भएको उनको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ५ असोज । नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितीबारे विस्तार गरेको जानकारी गराए।
उनले भने “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”
उनले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राखे ।
उनका अनुसार माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ ।
बैठकले आगामी कार्याक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।
शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
“अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने, “न्यायिक छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न सरकारले हिम्मत गर्नुपर्छ ।”
आचार्यले आन्दोलनका नाममा भएको अराजकताबारे पनि समीक्षा गर्न आवश्यक रहेको बताए । उनका अनुसार मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा पार्टी तथा नागरिकबीच सहकार्य अपरिहार्य छ ।
त्यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लिपुलेकमा चीन–भारतबीच भएको सम्झौतामार्फत षड्यन्त्र गरिएको दाबी पनि गरे ।
“लिपुलेक सम्झौतामा समर्थन गरेर मौन बसेको भए ओलीको सरकार अपदस्त हुने थिएन,” उनले भने, “यो घटना अलि पहिलेदेखि नै योजनाबद्ध भएको रहेछ, अब सबै कुरा खुल्दै जानेछन् ।”
बैठक सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन समेत व्यवस्थापन गरिएको थिएन ।
महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ताको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे । तर ओली कार्यक्रममा उपस्थित हुने वा नहुने भन्नेबारे एमालेले कुनै जानकारी दिएको छैन ।
जेन जेड आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली पछिल्ला औपचारिक कार्यक्रममा देखिएका छैनन् । उनी गत बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका थिए । ब्यारेकबाट बाहिरिएपछि ओली भक्तपुरको गुड्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस