प्रधानमन्त्रीसँग मोदीले भने- स्थिरता पुनर्स्थापनामा भारतको समर्थन

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो। 

टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्। 

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’

उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,’साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङको भेटवार्ता

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए। 

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । जनमत पार्टीका विरष्ठ पदाधिकारीसहितका नेताले पार्टी अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्मिेटम दिएका छन् । जेनजी आन्दोलनका कारण पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीका नेताले अध्यक्ष राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका छन्। उनीहरूको पत्रमा पार्टीलाई सशक्त, लोकतान्त्रिक, जबाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यसहित नेतृत्वले मार्ग प्रशस्त गर्न राउतलाई सुझाइएको छ।

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्म समीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ’, पत्रमा भनिएको छ।

यस्तो छ पत्र :

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

   भदौ ३१, २०८२       admin

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् ।

उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्।

भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्। । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले सिंहदरबारमा आगो लगाउन थालेपछि नेपाली सेनाले प्रचण्डसहितका नेताहरूलाई सुरक्षित स्थानमा पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुमना श्रेष्ठले छाडिन् रास्वपा

   भदौ २, २०८२       admin

काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेकी थिइन्।

सुमना श्रेष्ठले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्। उनले भनेकी छिन्, “अब अवसर पाइसकेकाहरू अभिभावक बनेर नयाँ पुस्तालाई बाटो देखाउन तर्फ लाग्नेछु।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले सचिव भट्टराई : ‘पार्टीलाई युवा मैत्री बनाउन संरचनागत सुधार गर्छौं’

   भदौ २८, २०८२       admin

काठमाडौँ,२८ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नयाँ, युवा–मैत्री र जनमुखी बनाउन संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले एमाले युवाहरूले नै बनाएको दल भएकाले यसको नेतृत्व पनि युवाहरूले नै गर्दै आएको स्मरण गराए। “हाम्रो पार्टीमा पुरानो पुस्ता छ, बीचको पुस्ता छ, युवा पुस्ता छ। तर, जेनजी पुस्तासँगको कडी किन कमजोर हुँदैछ भन्ने गम्भीर समीक्षा गर्छौं,” भट्टराईले भने।

उनले आगामी दिनमा पार्टीको नीति र नेतृत्वलाई युवा–मैत्री बनाउने तयारी रहेको जनाउँदै जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले सबै युवाहरुलाई एमालेप्रति विश्वास गर्न आह्वान गरे।

भट्टराईले भदौ २३ र २४ गतेका घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै संसद विघटनलाई संक्रमण निधानको उचित बाटो नभएको बताए। “जेनजीका मागलाई संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले प्रधानमन्त्री बनाउनुभएकालाई संसदबाटै बनाउन सकिन्थ्यो तर त्यो बाटो रोजिएन। संसद विघटन गर्नु सही निकास होइन,” उनले स्पष्ट पारे।

उनका अनुसार संविधानको पालना नगर्दा यसको खारेजीको जोखिम बढ्ने भएकाले संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुपर्नेछ। “प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं, तपाईंहरूको हरेक कदम संवैधानिक होस्, हामी समर्थन गर्छौं,” भट्टराईले भने।

सचिव भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजका नकारात्मक पाटो भएको उल्लेख गर्दै यसको अन्त्य गर्न आवश्यक रहेको बताए। भौतिक संरचना निर्माणमा एमालेले उल्लेख्य उपलब्धि हासिल गरेको स्मरण गराउँदै उनले भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे। “जनताको आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्न कतै चुक्यौं। त्यस कमजोरीका लागि जनतासँग माफी माग्छौं,” भट्टराईले आत्मालोचना गरे।

एमालेलाई गतिशील बनाउन युवाहरू अपरिहार्य रहेको बताउँदै उनले पार्टी संकटका बेला कारण देखाएर विचलित हुने प्रवृत्ति त्याग्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद विघटन असंवैधानिक र स्वेच्छाचारीः नेपाली कांग्रेस

   भदौ २८, २०८२       admin

काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ।

जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसद विघटनको कदमको विपक्षमा उभिने निर्णय गरेको हो।

शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले आन्दोलनको माग सम्बोधन गर्न संसदमार्फत संविधान संशोधन गरेर नयाँ सरकार गठन गर्न सकिने ‘जिम्मेवार प्रस्ताव’ अघि सारेको स्मरण गराएको छ।

‘हामीले गरेको प्रस्तावमा सबैको जित हुन्थ्यो, आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त हुन्थ्यो र संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’

कांग्रेसले संसद विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र ‘जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन’ भन्ने गम्भीर आशंका उत्पन्न भएको जनाएको छ। सो निर्णय सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको ठहर पनि विज्ञप्तिमा गरिएको छ।

बैठकले उत्पन्न चुनौतीपूर्ण अवस्थामा संविधानलाई लिकबाट बाहिर जान नदिन र स्थितिलाई थप बिग्रिन नदिन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ। यसका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग संवाद र परामर्श अघि बढाउने बताइएको छ।

त्यसैगरी कांग्रेसले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र तोडफोड भएका संरचनाको तत्काल पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री सुशीला कार्कीले लिइन शपथ

   भदौ २७, २०८२       admin

दाङ, २७ भदौ । नेपालमा जेन्जी आन्दोलनपछि उनीहरूकै सिफारिसमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।   

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्’ पौडेलले कार्कीलाई भने।   

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधानलाई नै मार्गदर्शक बनाउनुपर्छ: वामदेव गौतम

   भदौ २५, २०८२       admin

काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् ।

आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका संरचना अस्तव्यस्त भएकाले संविधानबाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने स्पष्ट पारे ।

गौतमले वर्तमान जटिल परिस्थितिमा राजनीतिक पार्टीभन्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीले आवश्यक दिशानिर्देश दिने जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय भूमिको रक्षा, जनताको सुरक्षा र सार्वभौमिकताको रक्षा सबैको प्राथमिक दायित्व भएको पनि बताए ।

“जब राज्य कमजोर हुन्छ, सबै आधार कमजोर हुन्छन् । त्यस्तो अवस्थामा या त राज्य टुक्रिन्छ वा देश विदेशीको कब्जामा जान्छ,” उनले भने ।

नेता गौतमले राष्ट्रिय अखण्डता, एकता र सामाजिक सद्भाव जोगाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपक्षीदलद्धारा प्रधानमन्त्रीको राजीनामा माग

   भदौ २४, २०८२       admin

काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनमाथि गरिएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार युवाहरूको आक्रोशलाई बुझ्न र सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले भने, “सरकारले युवाहरूको आवाज सुन्ने प्रयास गरेन, त्यसकै परिणाम अहिले देखिएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षी दलको तर्फबाट हामी संवादमार्फत समाधान खोज्न प्रतिबद्ध छौँ ।”

पुनले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक दलले स्वार्थका लागि प्रयोग गर्नु गलत हुने स्पष्ट पारे । साथै, आन्दोलनका क्रममा सरकारबाटै ठूलो नरसंहार भएको भन्दै बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न आयोग गठन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology