काठमाडौं,२८ भदौ । पूर्वसभामुख तथा नेकपा ९माओवादी केन्द्र का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए ।
उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए । उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए ।
उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।
बाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए ।
उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए । उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए ।
उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले बताए । मानवता हराउन लागेको आभास भयो पूर्व मुख्यमन्त्री चौधरीले भने, तन मन र धन लगाएर सबै रेडक्रस अभियान सफल पारौ, अनि मानवता जिवित रहन्छ ।नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले आयोजनामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन ।
उनले विपद् व्यवस्थापन सहज गराउने उदेश्यले र मानवीय कार्यका लागि आफुले यस क्षेत्रको जनप्रतिनिधिको हैसियलले विकासमा तिव्रता दिएको बताए । उनले अहिले पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताए । चौधरीले तुलसीपुरमा विपद व्यवस्थापनको लागि पूर्णधार निर्माण आफनै पहलमा सुरु भएको भन्दै यो क्षेत्रमा धेरै योजनाहरु सञ्चालन गरिरहेको बताए । उनले प्रदेशबाट आफुले बजेट व्यवस्थापन गरेर निर्माण भएका पूर्वाधारहरुमा स्थानीय सरकारले चासो नदिदा केहि समस्या भएको बताए । उनले बजार क्षेत्रलाई उज्यालो बनाउने उदेश्यले ४ महिना पहिलो हाइमास्ट लाइट जडान गरिदिए पनि स्थानीय सरकारले चासो नदिदा अहिलेसम्म बल्न नसकेको प्रति गुनासो समेत गरे ।
चौधरीले प्रदेशबाट दाङको तुलसीपुरमा ४ वटा हाइमाष्ट लाइट गरिएको भएपनि अहिलेसम्म नबालेको भन्दै गुनासो गरे । ‘तुलसीपुरमा हाइमाष्ट लाइट पठाइयो उनले भने, जडान पनि भयो । तर अहिलेसम्म बल्न सकेका छैन् । कम्तिमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य सघले समन्वय गरेर बाल्नु पथ्र्याे । तर आफुले ल्याएका योजना निर्माण सुरु हुदा शिलान्यास र उद्घाटन गर्न मात्रै अघि गर्ने गरेको प्रति व्यङग्य गरे ।
उनले खुला क्षेत्र र सरकारी संरचना प्राप्त हुनु पर्ने भन्दै त्यो अवस्था तुलसीपुरमा कमजोर रहेको बताए । पछिल्लो समय तुलसीपुर क्षेत्रका खाली जमिनहरू मासीदै गएको प्रति चिन्ता गर्दै विपद्को समयमा आवश्यक पर्ने प्रति ऐलानी तथा सरकारी जग्गालाई संरक्षण र जोगाउनुपर्ने बेला भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, रेडक्रसका निवर्तमान सभापति नारायण आचार्य, सस्थापक सचिव नवराज रजौरे, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्व बस्नेत, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कमल डाँगी, तुलसीपुर जेसिसका अध्यक्ष पूर्णविक्रम डाँगी, पूर्व जिविस सभापति भरत केसी, स्वास्थ्यकर्मी बसन्त आचार्य लगायतकाले शुभकामना व्यक्त गरेका थिए । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।

सो अवसरमा रेडक्रसको विकास र उन्नयनका योगदान गरेको भन्दै तीन जना विशिष्ट व्यत्तिःहरुलाई सम्मान समेत गरिएको छ । पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिविस सभापति भरत केसीलाई सम्मान गरिएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया, १८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले याेजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन। याेजना छनाेट प्रक्रिया मार्फत अघि बढेका याेजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले याेजनाहरुकाे प्राथमिकता निर्धारण गर्न र बिषयगत कार्यालय मार्फत अघि बढ्न निर्देशन दिए ।
नेकपा एमाले बाँके जिल्ला कमिटिकाे आयाेजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका याेजनाहरुलाई अर्काे बर्ष सम्बाेधन गरिने बताए ।`याेजना माग्नकाे लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने याेजना छनाेटकाे प्रक्रियालाई फलाे गरेर अघि बढेका याेजना समावेश गरिन्छ´उनले भने-`पहुँचकाे आधारमा हुने याेजना छनाेटकाे विधिलाई निरुत्साहित गर्न खाेजेका छाैं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका याेजनालाइ छान्छाैं ।´ लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक याेजना र याेजना बैंकमा समावेश याेजनाहरुलाइ बार्षिक याेजनकाे रुपमा छान्ने प्रक्रियाकाे थालनि गर्ने भनाइ उनकाे छ ।`पहुँचकाे भरमा याेजना छान्ने तर, कार्यान्वयन गर्न खाेज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन´उनले भने-´अब सरकारले आवधिक याेजना र याेजना बैंकमा रहेका याेजनालाइ बार्षिक याेजनाकाे रुपमा अघि बढाउछ ।´
मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिकाे चर्चा समेत गरे । सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिए । चुनाव अघि र पछिकाे समयमा जनप्रतिनिधि, पार्टी विचकाे सम्बन्धकाे बारेमा चर्चा गरे ।
लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको दाबी गरे । पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने बिषय सुशासनसंग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताए ।
योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउदै उनले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की,१७ भदौ । गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।
यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहे पनि हेरफेरमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका थिए ।
तर, वन मन्त्रालयमा बजेट नहुने भनेर असन्तुष्टि जनाउँदै सोमबार उनले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा बुझाएका हुन् ।
एमालेबाट ४ मन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्दा मनाङेको मन्त्रालय हेरफेर भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
बुटवल, ११ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गरेका छन। सुरुङ मार्गको स्थलग निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिए । बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण गरे । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताए ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अवको दुई देखी तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए ।
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
पाल्पा, ११ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५ औँ रथयात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए।
पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथयात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन पुगेको हो । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका थिए।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा-आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिय्ले । राष्ट्रपति पौडेलले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्त्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराका छन । त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित सङ्ग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन उनले सरकारको ध्यानाकर्षण गराका छन् ।
राष्ट्रपति पौडेलले रथयात्रालाई अब प्रदेशस्तरीय निर्णयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेका दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १० भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले धर्म सस्कृति मनाउने शैली, तरिका, प्रकृति र अवस्था फरक फरक भए पनि धार्मिक आस्था एउटै भएको बताएका छन ।
कृष्ण मन्दिर व्यवस्थापन समिति दुधेनाले कृष्ण जन्माष्टमीको अवसरमा आयोजनामा गरेको त्रिदिवसीय कृष्ण महोत्सवको अवसरमा पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन । उनले भगवानलाई मान्ने, सम्झने, पुजा गर्ने तरिका, शैलि फरक फरक भए पनि आस्था भने एउटै भगवान प्रति रहेको र भगवानप्रति सदाउच्च आदर रहने बताए । परम्परागत चाडपर्वहरु, सस्कृतिहरु पुराना छन यिनको संरक्षण निरन्तर आवश्यक रहेको भन्दै संरक्षणमा जुटनु पर्ने बताए ।
उनले अहिले कृष्ण मन्दिर धार्मिक स्थलकोरुपमा विकास भइरहेको भन्दै यसको समग्र विकासका लागि थप पहल र योजनाका लागि आफु सकारात्मक भएको भन्दै केहि न केहि गर्ने प्रतिबद्धता जनाए । उनले यहाँको विकासको लागि आफनो कर्तव्य पनि भएको भन्दै प्रदेश सरकारको तर्फवाट देखिने गरि काम गर्ने बताए । उनले यहाँको धार्मिक र पर्यटकीय स्थलको विकासमा सबै एक भएर लाग्नु पर्ने औल्याए । नेता चौधरीले धर्म सस्कृति, परम्पराको संरक्षणको लागि सबै संगसंगै एक भएर जानु पर्ने बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगात सदस्य इन्द्र चौधरी र सञ्चालन सचिव भूप बहादुर केसीले गरेका थिए । कृष्ण महोत्सवको मुख्य दिन आज तुलसीपुर नगर सेजिसले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ भदौ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् ।कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ ।
आइतबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा उनले यी दुई घमण्डी पार्टी भएको बताएका हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । उनले भने यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ ।’
दुई ठूला पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधन गर्न नसक्ने उनले बताए ।
‘यो मल्टिपार्टी सिष्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस् । एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन’, उनले भने, ‘अहिले उनीहरु संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् । न फुलस्टप चेञ्ज गर्न सक्छन् ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ भदौ । रुपन्देही-व्यावसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउँदै चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताए ।
कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उहाँले बताए । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताए ।
मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उनले बताए । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्नु भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो ।
सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागी आचारसंहिता लागु गरेको छ ।
प्रदेश राजधानी बाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रीम जानकारी गराउनुपर्ने, भ्रमण टोली सानो र भ्रमण खर्च मितव्ययी हुनुपर्ने, अनावश्यक र औचित्यहीन भ्रमण कार्यक्रममा संलग्न हुननहुने, एक जिल्लामा एक पटकमा दुई दिन भन्दा बढी नबस्ने गरी व्यवस्था मिलाउनुपर्ने र उपलब्ध भएसम्म सरकारी अतिथिगृहको प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।
अत्यावश्यक नपरी एक जिल्लामा महिनामा एक पटकभन्दा बढी भ्रमण गर्ननहुने, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनैपनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ । भ्रमणबाट फर्केपछि मुख्यमन्त्री समक्ष प्रतिवेदन पेश गरेपछि मात्र भ्रमण खर्च भुक्तानी लिनुपर्ने, सदाचारयुक्त व्यवहार गर्नुपर्ने उल्लेख छ । मन्त्रिपरिषद् सदस्यका हरेक क्रियाकलाप र व्यवहार उच्च आदर्शयुक्त, अनुकरणीय, सम्मानित र सदाचारपूर्ण हुनुपर्ने, मन्त्रिपरिषद् सदस्यले सदाचार विपरीतका कार्य गर्ननहुने उल्लेख छ ।
पदीय हैसियतको दुरुपयोग गर्न नहुने बिषयलाई प्राथमिकितामा रखिएको छ । मन्त्रिपरिषद् सदस्यले आफ्नो परिवार, नातेदार वा सामाजिक सम्बन्धका अन्य व्यक्तिलाई आफूले सम्पादन गर्ने काम वा निर्णयमा अनुचित प्रभाव पार्न दिननहुने, साथै परिवार, सचिवालयका कर्मचारी वा अरु कसैको निजी स्वार्थ पूरा हुनेगरी आफ्नो पदीय हैसियतको दुरुपयोग गर्न वा गर्न दिन नहुने, पदीय गरिमालाई कायम राख्दै कुनै पनि प्रकारका अनियमितता र भ्रष्टाचारजन्य कार्यबाट पूर्णरुपमा मुक्त रहनुपर्ने उल्लेख छ । मन्त्रिपरिषद् सदस्यले शपथ लिएको ६० दिन भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद् सदस्यले आफ्नो र परिवारको नाममा रहेको चल अचल सम्पत्तिको विवरण शपथ लिएको ६० दिनभित्र तोकिएको ढाँचामा २ प्रति मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष पेश गर्नुपर्ने, पेश भएको उक्त सम्पत्ति विवरण सर्वसाधारणको जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वेवसाइटमा राख्ने तथा सञ्चारका अन्य माध्यमबाट समेत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने, मन्त्रीले पदमुक्त हुँदासमेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बिषय समेटिएको छ । दान, उपहार, चन्दा आदि प्राप्त गर्न एवं सापटी लिन नहुने पनि आचारसंहितामा उल्लेख छ ।
मन्त्रिपरिषद् सदस्यले आफै, कुनै कर्मचारी, स्वकीय सचिव वा सचिवालयका अन्य कर्मचारी वा परिवारका सदस्य मार्फत सरकारी काममा असर पर्नसक्ने गरी प्रदेश सरकारको स्वीकृति विना कुनै दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न, चन्दा माग्न वा मन्त्रालयको कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिन नहुने बिषय समेटिएको छ । मन्त्रिपरिषद् सदस्यले आफ्नो र परिवारको व्यक्तिगत आर्थिक लेनदेन एवं सार्वजनिक निकायलाई तिर्नु बुझाउनुपर्ने हरहिसाब यथासमयमै फर्छ्यौट गरी स्वाभिमान र उच्च नैतिक आचरण प्रदर्शन गर्नुपर्ने, खर्चिलो एवं भड्किलो र अस्वभाविक नभई मितव्ययीपूर्ण सामाजिक व्यवहार र आचरण गर्नुपर्ने, मन्त्रिपरिषद् सदस्यले पदीय मर्यादा अनुकूल हुनेगरी मर्यादित पोशाकमा प्रस्तुत हुनुपर्ने उल्लेख छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस