फागुन २१ को चुनाव अपरिहार्य छः प्रचण्ड

   फागुन १४, २०८२       admin

काठमाडौँ,१४ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने चुनाव अपरिहार्य रहेको बताएका छन् । प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिनका लागि चुनाव अरिहार्य भएको बताएका हुन्।

नेकपाको निर्वाचन परिचालन समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभिन्न संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको उल्लेख गर्दै यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको र सिङ्गै देश चुनावी प्रक्रियामा होमिएको उनको भनाइ थियो। प्रचण्डले चुनाव सफल पार्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएकोमा जोड दिए ।

फागुन २१ मा हुने निर्वाचनका लागि नेकपाले आजै आफ्नो चुनावी अपिलसमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अहिलेसम्म चुनावी तालमेलबारे कुनै निष्कर्ष छैनः पोखरेल

   फागुन १४, २०८२       admin

दाङ,१४ फागुन। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलका विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको बताएका छन्। दाङको घोराहीमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले बाहिर आएका हल्लाभन्दा पनि सम्बन्धित दलहरूले आधिकारिक रूपमा नबोल्दासम्म हतार गरेर प्रतिक्रिया दिन उचित नहुने धारणा राखे।

एमाले र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बीच केही क्षेत्रमा चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

   फागुन १४, २०८२       admin

दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा अपिल गरेका छन्। उनले देशलाई राजनीतिक अस्थिरता र सस्तो लोकप्रियताबाट जोगाउनुपर्ने जिम्मेवारीसहित नव युवा पुस्ता र सम्पूर्ण देशवासीका चाहना र आकांक्षालाई सम्बोधन गर्न निर्वाचनमा सहभागिता जनाउन आह्वान गरेका छन्।

गिरीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् कि “मुटुमा दाङ र देशप्रति माया बोकेर यही माटोमा जन्मिएर हुर्किएको र विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको अनुभवसहित यहाँको समग्र विकासमा योगदान पुर्‍याउन उपस्थित छु। दाङको आवाज संसद्मा सशक्त रूपमा उठाउने र जनताका मौलिक अधिकारको रक्षा गर्ने मेरो प्रतिबद्धता अडिग छ।”

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले प्रस्तुत गरेको प्रतिज्ञापत्र-२०८२ अन्तर्गत विभिन्न क्षेत्रमा विकास र समृद्धिका कार्यक्रम समावेश छन्।
भिजनःमिसन समृद्ध दाङ
किसानमुखी अर्थतन्त्र
.कृषिमा आधुनिकीकरण र व्यवसायीकरण,
.सिँचाई, मल र बीउको सहज उपलब्धता,
.कृषि उपजको उचित मूल्य सुनिश्चितता,
.किसानलाई सहुलियत ऋण र निःशुल्क बीमा कार्यक्रम,
.शीत भण्डार र पशु मोबाइल हस्पिटल कार्यक्रम,


युवा भविष्य र रोजगारी

.नीय उद्योग, कृषि प्रशोधन र पर्यटन प्रवर्द्धन,
.सीपमूलक तालिम सहित स्वरोजगार कार्यक्रम,
.वैदेशिक रोजगारीका लागि सुरक्षित र लगानी सुरक्षासहित योजना,
.उद्यम, व्यवसायमा युवा तथा महिला संलग्नताको सुनिश्चितता,

गुणस्तरीय शिक्षा
.राप्ती बबई क्याम्पसको प्रविधिमैत्री रूपान्तरण,
.सामुदायिक विद्यालय सुधार तथा प्रविधियुक्त शिक्षाको सुनिश्चितता,
.गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा छात्रवृत्ति,
.अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी र सिकाई आदान प्रदान,


सुलभ स्वास्थ्य सेवा
.राप्ती प्रादेशिक अस्पतालको स्तरवृद्धि र विशेषज्ञ सेवा विस्तार,
.आधारभूत स्वास्थ्य सेवा निःशुल्क,
.स्वास्थ्य चौकी सुदृढीकरण र विशेष ध्यान सहितको मातृ–शिशु स्वास्थ्य योजना,


दिगो पूर्वाधार
.प्राथमिकताका आधारमा सडक, मोटरेवल पुल, झोलुङ्गे पुल र खानेपानी, सिँचाई, विद्युत विस्तारl

सञ्चार र प्रविधि
.सूचना र सञ्चार सेवाको आधुनिकीकरण,
.ग्रामीण क्षेत्रमा आधुनिक सञ्चार र निःशुल्क इन्टरनेट सुविधा,


सुशासन र सामाजिक न्याय

.भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता,
.आदिवासी, महिला, दलित र पछि पारिएका समुदायको समानुपातिक सहभागिता


वातावरण र विपद् व्यवस्थापन

.वन, वातावरण संरक्षण,
.बाढी, पहिरो, डुवान नियन्त्रण योजना,
.सुरक्षित बस्ती विकासका लागि तटबन्ध कार्यक्रम।

उद्योग व्यवसाय
.लगानीमैत्री वातावरण, नयाँ उद्योग स्थापना, स्थानीय रोजगारी प्रवर्द्धन,
.आधुनिक कृषि प्रविधि र बजारीकरण सुनिश्चितता।

पर्यटन
.थारु कला, संस्कृति संरक्षण तथा दंगीशरण दरबार क्षेत्रको प्रवर्द्धन,
.इको-टुरिज्म र धार्मिक पर्यटन विकास,
.टरिगाउँ एयरपोर्ट स्तरोन्नति।


प्रमुख उपलब्धिहरू

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सिँचाई, सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य र सांस्कृतिक संरचनाको क्षेत्रमा महत्वपूर्ण कामहरू गरेका छन्। झोलुङ्गे पुल र मोटरेवल पुलहरू निर्माण, नदि तटबन्ध, खानेपानी योजना, शैक्षिक संस्था आधुनिकीकरण तथा सांस्कृतिक धरोहर संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिएको छ।


दीपक गिरीको राजनीतिक यात्रा

गिरीले आफ्नो राजनीतिक यात्रा स्कुल जीवनमा पञ्चायतविरुद्ध आवाज उठाउँदै शुरू गरेका थिए। उनले कांग्रेसको सक्रिय सदस्यता, क्षेत्रीय सभापति, नेविसंघ सदस्य, जनमत संग्रह नेतृत्व, प्रजातान्त्रिक आन्दोलनमा जेल जीवन, संविधान सभा सदस्य पद तथा विभिन्न मन्त्री पदहरू सम्हालेका छन्। गिरीले आम निर्वाचनमा नागरिकहरूलाई नेपाली कांग्रेसको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै पश्चिम दाङको उज्ज्वल भविष्य सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दलका घोषणापत्र : अपेक्षा, यथार्थ र कार्यान्वयन

   फागुन १३, २०८२       admin


विवेक देवकोटा । निर्वाचनको सन्दर्भमा सार्वजनिक गरिने घोषणापत्र कुनै पनि राजनीतिक दलको दृष्टि, नीति र प्राथमिकताको औपचारिक दस्तावेज हो। यसले दलको भावी शासनदृष्टि मात्र होइन, समग्र राष्ट्रिय मार्गचित्रसमेत प्रस्तुत गर्ने अपेक्षा राखिन्छ।

वर्तमान राजनीतिक परिवेशमा प्रमुख दलहरू—नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी—ले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यी दस्तावेजहरूको अध्ययन गर्दा देश, काल र परिस्थितिसँगको सापेक्षता, नीतिगत स्पष्टता तथा कार्यान्वयनयोग्यताको प्रश्न स्वाभाविक रूपमा उठ्छ।
संविधान कार्यान्वयन, संघ–प्रदेश–स्थानीय तहबीच अधिकार बाँडफाँट, आर्थिक स्थायित्व, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सुधार, सुशासन तथा भ्रष्टाचार नियन्त्रण जस्ता विषय आजका प्रमुख राष्ट्रिय सरोकार हुन्। यस सन्दर्भमा घोषणापत्रहरू केवल नीतिगत घोषणा मात्र नभई यथार्थपरक मार्गनिर्देशक हुनुपर्ने अपेक्षा रहन्छ।
नेकपा (एमाले) को घोषणापत्रमा आर्थिक विकास, पूर्वाधार विस्तार, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकताका रूपमा प्रस्तुत गरिएको देखिन्छ। ठूला पूर्वाधार आयोजना, औद्योगिक विकास तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयलाई जोड दिइएको छ। तथापि प्रस्तावित कार्यक्रमहरूको बजेटीय स्रोत, समयसीमा र मापनयोग्य सूचकहरूको स्पष्टता अपेक्षाकृत सीमित देखिन्छ। दृष्टिकोण स्पष्ट भए पनि कार्यान्वयन संयन्त्र थप परिष्कृत हुनुपर्ने आवश्यकता अनुभूत हुन्छ।
नेपाली कांग्रेस को घोषणापत्रले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, निजी क्षेत्रको सशक्तीकरण तथा समावेशी विकासलाई केन्द्रमा राखेको छ। शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सुधारका प्रतिबद्धता उल्लेख छन्। तर संघीय संरचनाभित्र ती कार्यक्रमहरू कसरी समन्वित रूपमा कार्यान्वयन हुनेछन् भन्ने पक्षमा विस्तृत योजना अझ स्पष्ट हुनुपर्ने देखिन्छ। नीतिगत दिशा भए पनि परिणाम आधारित सूचकहरूको अभावले कार्यसम्पादन मूल्यांकन कठिन हुन सक्छ।
नेकपा (माओवादी केन्द्र) को घोषणापत्रले सामाजिक रूपान्तरण, समावेशिता र संरचनागत परिवर्तनलाई प्राथमिकता दिएको छ। उत्पीडित वर्गको उत्थान, भूमि व्यवस्थापन तथा राज्य पुनर्संरचनाका मुद्दा उठाइएको छ। यद्यपि रूपान्तरणका लक्ष्यलाई संस्थागत र आर्थिक ढाँचाभित्र कसरी दीर्घकालीन स्थायित्व दिने भन्ने विषय थप स्पष्ट हुनुपर्ने देखिन्छ। भावनात्मक र वैचारिक प्रतिबद्धता बलियो देखिए पनि प्राविधिक कार्यान्वयन योजना विस्तृत रूपमा खुलाइएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी ले सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाएको छ। प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र नीतिगत पारदर्शितालाई प्रमुखता दिइएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा यसको घोषणापत्रमा सुधारवादी सोच देखिए पनि दीर्घकालीन आर्थिक र संरचनात्मक योजनाको गहिराइ अपेक्षाकृत सीमित देखिन्छ। प्रणालीगत सुधारको खाका प्रस्तुत भए पनि त्यसको चरणबद्ध कार्यान्वयन कसरी अघि बढ्नेछ भन्ने विषय थप स्पष्ट हुन आवश्यक छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी को घोषणापत्रले परम्परागत मूल्य, राष्ट्रिय पहिचान र शासन प्रणालीसम्बन्धी वैकल्पिक बहसलाई अघि सारेको छ। सांस्कृतिक राष्ट्रवाद, केन्द्रीय शासन संरचना र आर्थिक उदारीकरण जस्ता विषय उठाइएको छ। तर वर्तमान संवैधानिक संरचनाभित्र ती प्रस्तावहरूको व्यवहारिक अनुकूलन कसरी सम्भव हुन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। प्रस्तावित नीतिहरूको कार्यान्वयन सन्दर्भ अझ स्पष्ट हुन आवश्यक देखिन्छ।
समग्र रूपमा हेर्दा सबै दलका घोषणापत्रमा राष्ट्रिय मुद्दाहरू समेटिएका छन्—आर्थिक विकास, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायजस्ता साझा विषय प्राथमिकतामा रहेका छन्। तर समान रूपमा देखिएको एक पक्ष भनेको लक्ष्य र कार्यान्वयनबीचको दूरी हो। धेरैजसो घोषणापत्रमा उद्देश्य र प्रतिबद्धता उल्लेख भए पनि कार्यान्वयनको चरणबद्ध योजना, बजेटीय स्रोतको स्पष्ट विवरण तथा मापनयोग्य उपलब्धि सूचकहरू विस्तृत रूपमा प्रस्तुत गरिएको पाइँदैन।
देशको वर्तमान आर्थिक अवस्था, वैदेशिक रोजगारीमा निर्भरता, युवा पलायन, सार्वजनिक ऋणको अवस्था तथा संघीय संरचनाका व्यवहारिक चुनौतीलाई दृष्टिगत गर्दा घोषणापत्रहरू अझ बढी यथार्थपरक र कार्यान्वयनमुखी हुनुपर्ने आवश्यकता देखिन्छ। नीति र कार्यक्रमको विश्वसनीयता त्यतिबेला स्थापित हुन्छ जब त्यसका वित्तीय स्रोत, समयसीमा र मूल्यांकन विधि स्पष्ट रूपमा प्रस्तुत गरिन्छ।
घोषणापत्र केवल चुनावी दस्तावेज मात्र होइन, सामाजिक सम्झौताको रूप पनि हो। मतदाताले मतदान गर्दा त्यही दस्तावेजलाई विश्वासको आधार बनाउँछन्। त्यसैले घोषणापत्रमा व्यक्त प्रतिबद्धता र शासनकालीन व्यवहारबीच सुसंगति हुनु लोकतान्त्रिक उत्तरदायित्वको आधार हो।
तसर्थ सार्वजनिक गरिएका घोषणापत्रहरूमा दृष्टिकोण, प्रतिबद्धता र राष्ट्रिय मुद्दाप्रति संवेदनशीलता देखिए पनि दीर्घकालीन नीतिगत स्थायित्व र कार्यान्वयनको विश्वसनीयताका दृष्टिले अझ स्पष्टता र प्राविधिक गहिराइ अपेक्षित देखिन्छ। आगामी दिनमा राजनीतिक दलहरूले घोषणापत्रलाई केवल चुनावी औपचारिकता नभई उत्तरदायित्वपूर्ण सार्वजनिक प्रतिबद्धताको दस्तावेजका रूपमा परिष्कृत गर्दै लैजानु समयको माग हो। राजनीतिक प्रतिस्पर्धाको केन्द्र अब केवल नारा र घोषणामा सीमित नरही कार्यान्वयनको विश्वसनीयतामा आधारित हुन सकेमा लोकतन्त्रको गुणस्तर स्वतः सुदृढ हुनेछ। घोषणापत्रको शक्ति त्यसमा लेखिएका शब्दमा होइन, ती शब्दलाई यथार्थमा रूपान्तरण गर्ने क्षमतामा निहित हुन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आम जनता पार्टीकी उम्मेदवार नेकपामा प्रवेश

   फागुन ११, २०८२       admin

दाङ,११ फागुन । दाङ क्षेत्र नं. ३ मा आम जनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्।

सोमबार आयोजित चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई दाङ–३ का नेकपा उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका थिए। कार्यक्रम नेकपा तुलसीपुर–९ को आयोजनामा सम्पन्न भएको हो।

चुनावी सभालाई सम्बोधन गर्दै मास्कीले संघीयता, समावेशी र धर्मनिरपेक्षतासहितको संविधान निर्माणमा नेकपाले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै मुलुकको रक्षाका लागि नेकपालाई मतदान गर्न आग्रह गरे। उनी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बनेका हुन्।

नवप्रवेशी पाण्डवी नेपालीले नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको बताइन्। कार्यक्रम वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षता तथा सहसंयोजक दुर्गा शर्माको सहजीकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तरुण परिचालन समितिको संयोजकमा जिएम

   फागुन १०, २०८२       admin

दाङ,१० फागुन । नेपाल तरुणदल जिल्ला कार्यसमिति दाङले तरुण परिचालन समिती गठन गरेको छ। आसन्न फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि उक्त समिती गठन गरेको हो ।

क्षेत्र नं ३ को निर्वाचनलाई सफल बनाउन जिल्ला कार्यसमितिले  जिवि  जिएमलाई तरुण परिचालन समितिको संयोजकमा नियुक्त गरेको छ।

प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीको पक्षमा तरुण परिचालन प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित जिएमलाई उक्त जिम्मेवारी दिइएको हो।

जिल्ला अध्यक्ष टिकाराम घर्तीद्वारा जारी पत्रमा संयोजक जिएमलाई सम्बन्धित वडामा आवश्यक समन्वय, संगठन विस्तार र तरुण परिचालनलाई सक्रिय रूपमा अघि बढाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप

   फागुन ०, २०८२       admin

काठमाडौं,९ फागुन । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच सुनसरीको भोक्राहामा झडप भएको छ।

कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि सामान्य भनाभन सुरु भएको र त्यसै क्रममा झडप भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार कांग्रेसको कार्यक्रममा जाने क्रममा बाटोमै दुवै पक्षबीच विवाद भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झण्डा जलाउने र अराजक गतिविधिप्रति तरुण दल तुलसीपुरको आपत्ति

   फागुन ०८, २०८२       admin

दाङ,८ फागुन । निर्वाचनको प्रचारप्रसारका क्रममा देखिएको अराजक गतिविधिप्रति नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले आपत्ति जनाएको छ।

तरुण दल तुलसीपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसारका क्रममा देखिएका झण्डा जलाउने, पोष्टर च्यात्ने, सवारीसाधन अवरोध गर्ने तथा हुलहुज्जतजस्ता गतिविधिप्रति आपत्ति जनाएको हो ।

अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा -“फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताभित्र रही प्रचार–प्रसार गर्न पाउने वैधानिक अधिकार रहेको उल्लेख गरिएको छ। तर प्रचारका क्रममा केही राजनीतिक दल तथा तिनका कार्यकर्ताबाट निर्वाचन आचारसंहिताले तोकेको समयसीमा बाहिर गएर फरक दलका झण्डा जलाउने, पोष्टर च्यात्ने, उम्मेदवारका गाडीमा अवरोध सिर्जना गर्ने, अश्लील नाराबाजी गर्ने तथा हुलहुज्जत गर्ने जस्ता गतिविधि भएको भन्दै आपत्ति जनाइएको छ।”-उल्लेख छ।

विज्ञप्तिमा यस्ता कार्यले लोकतान्त्रिक मूल्य–मान्यता र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उल्लेख गर्दै स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सबै राजनीतिक दलको दायित्व भएको जनाइएको छ।

तरुण दलले सबै प्रतिस्पर्धी दललाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोग कार्यालय र प्रशासनसँग सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ।

साथै, अराजक गतिविधिमाथि कारबाही नभए स्वच्छ निर्वाचन प्रणालीमै गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा झण्डा जलाएको घटनाप्रति एमालेको आपत्ति

   फागुन ०८, २०८२       admin

दाङ,८ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार क्षेत्रमा बिहीबार सूर्य चिह्न अंकित झण्डा जलाउँदै गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउँदै पार्टीको झण्डा जलाएका हुन्।

एमालेले उक्त गतिविधिलाई लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र विधिको शासनमाथिको प्रहारका रूपमा टिप्पणी गरेको छ। अध्यक्ष आचार्यले अभिव्यक्ति स्वतन्त्रताको अधिकार अराजकता र विद्वेषपूर्ण आचरणका लागि प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका छन्।

राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्त गर्नुपर्नेमा जोड दिँदै झण्डा जलाउने कार्यले असहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको अनादर झल्काउने दाबी गरिएको छ।

एमालेले आफू राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको जनआधारित पार्टी भएको उल्लेख गरेको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन आग्रह गर्दै उग्र तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन चेतावनी दिएको छ।

पार्टीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिमाथि निगरानी बढाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेन नआउँदा तुलसीपुरका समर्थक निराश: घोराहीको कार्यक्रम अन्योलमा

   फागुन ०८, २०८२       admin

दाङ,८ फागुन । तुलसीपुर को वीरेन्द्र चोक बिहीबार साँझ असामान्य रूपमा व्यस्त देखियो। कारण थियो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पहिलो पटक दाङ आउने चर्चा।

झुसमुसे साँझदेखि नै समर्थक र सर्वसाधारण चोक क्षेत्रमा भेला हुन थालेका थिए। बालेन सुर्खेतबाट सल्यानको कालीमाटी हुँदै तुलसीपुर आइपुग्ने सूचनापछि विभिन्न स्थानमा स्वागतको तयारीसमेत गरिएको थियो। पश्चिम दाङको हापुरे बजारसम्म समर्थकहरू प्रतीक्षामा बसेका थिए।

तर लामो प्रतीक्षापछि पनि बालेन नआएपछि भीड निराश हुँदै फर्कियो। पार्टीका अन्य शीर्ष नेताहरू भने तुलसीपुर पुगेका थिए। बालेन अस्वस्थ भई सुर्खेतबाट हवाईमार्ग हुँदै काठमाडौं फर्किएको जानकारी पार्टी स्रोतले दिएको छ।

यसअघि रास्वपाले सुर्खेत मा कर्णाली केन्द्रित सय बुँदे वाचापत्र सार्वजनिक गरेको थियो, जहाँ बालेनले सम्बोधन गरेका थिए।

शुक्रबार घोराही मा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम तय गरिएको छ। सो कार्यक्रममा पार्टी सभापति रवि लामिछाने सँगै बालेनको उपस्थिति रहने भनिए पनि उनको सहभागिता अनिश्चित बनेको छ। पार्टीका एक नेताका अनुसार दिउँसोसम्म आइपुग्ने सम्भावना रहे पनि औपचारिक पुष्टि भएको छैन।

यता, वीरेन्द्र चोकमा भेला भएका केही कार्यकर्ताले केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए। एमाले पक्षले भने आफ्नो चुनाव चिन्ह अंकित झन्डा जलाइएको आरोप लगाउँदै विरोध जनाएको छ।

बालेनको अनुपस्थितिले तुलसीपुरको राजनीतिक माहोल केही समय उत्साह र प्रतीक्षामै सीमित रह्यो। अब सबैको नजर घोराही कार्यक्रममा उनको उपस्थितिमाथि केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology