काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्।
नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो।
उनका अनुसार प्रधानमन्त्रीले कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक गतिशीलता र विशेष महाधिवेशनको सम्भावनाबारे विशेष चासो व्यक्त गरेकी थिइन्।
साढे २ घण्टासम्म चलेको संवादले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ। विशेष महाधिवेशनका माग राख्दै प्रधानमन्त्रीमात्र भेटिएकै कारण पार्टीभित्र यसको असरबारे चर्चा सुरु भएको छ।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने समूहमा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, तथा नेताहरू गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दीप निरौला सहभागी भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। रास्वपाले सोमबार आयोगको कान्तिपथस्थित कार्यालयमा उपस्थित भएर निर्वाचनका लागि आवश्यक सबै कागजातसहित औपचारिक रूपमा दल दर्ता प्रक्रिया पूरा गरेको हो।
०७९ सालको निर्वाचनअघि मात्र गठन भएको रास्वपा नेपाली राजनीति भित्र तेज गतिमा उदाएको नयाँ शक्तिका रूपमा हेरिएको छ। गठन भएको केही समयमै निर्वाचनमा प्रवेश गरेको रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल २० सिट जितेर प्रतिनिधिसभामा चौथो ठूलो दलका रूपमा उदाएको थियो।
आगामी निर्वाचनमा पनि रास्वपाले आफूलाई जनताको वैकल्पिक विकल्पको रूपमा स्थापित गर्न व्यापक तयारी गरिरहेको बताएको छ। दल दर्तासँगै रास्वपाको फागुन २१ को निर्वाचन अभियान अब औपचारिक रूपमा सुरू भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ।
आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा कार्यक्रम सुरु गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।
उनका अनुसार पार्टी एकताको सन्देश व्यापक रूपमा प्रवाह गर्न अपिल प्रकाशित गर्ने तथा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै संगठनलाई एकढिक्का बनाउने निर्णय भएको छ। निर्देशनमा एकता सन्देश सभाको मोडालिटी समेत समावेश गरिने जनाइएको छ।
खनालले एकता सन्देश सभाहरू पार्टीभित्रका मतभेद विरुद्ध नभई, आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको मार्गमा ‘अर्जुनदृष्टि’का साथ अघि बढ्ने अभियान भएको बताए।
यसबाहेक, उनले अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकीकृत हुनेबारे संवाद भइरहेको उल्लेख गर्दै केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।
खनालले आफूहरूको पार्टीलाई सबै पुस्ताले प्रतिनिधित्व गर्ने पार्टी भएको जिकिर गर्दै “बुढाहरूको पार्टी भन्ने आधार नै छैन,” भन्ने धारणा राखे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक । निर्वाचन आयोगमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दल दर्ताको निवेदन परेको छ।
आइतबार नुमा लिम्बूको अध्यक्षतामा गठन गरिएको समावेशी समाजवादी पार्टी ले आयोगमा औपचारिक रूपमा दल दर्ताका लागि निवेदन दिएको हो।
पार्टीले चुनाव चिह्नका रूपमा ध्वजा वा चक्र मध्ये एक प्रस्ताव गरेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएमा आजै दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने तयारी आयोगले गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकाले नयाँ दल दर्ताका प्रक्रियाहरू तीव्र रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ महाधिवेशनको तालिका ल्याउन सुझाव दिए पनि शनिबार बसेको संस्थापन पक्षीय भेलामा उनीहरू सहभागी भएनन्।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार भेला र पार्टीभित्रको छलफलको मुख्य निष्कर्ष भने यही हो—निर्वाचनअघि कुनै पनि महाधिवेशन गराउन हुँदैन। मंसिर १ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका विषयमा होइन, आगामी निर्वाचनका प्रक्रिया तथा उम्मेदवार छनोट तयारीमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
यादवले भने, “निर्वाचनअगाडि महाधिवेशन गर्दा कांग्रेसलाई ठूलो क्षति हुन्छ। अहिले संसदीय बोर्ड गठन, क्षेत्रीय सिफारिस प्रक्रिया लगायत निर्वाचनका कार्यक्रम अघि बढाउनुपर्ने बेला हो।”
असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरूको धारणा सुने पनि महाधिवेशनबारे सहमति नबनेपछि कुनै निर्णय निकाल्न सकेको छैन। औपचारिक रूपमा कांग्रेसले निर्वाचनमा जाने घोषणा पनि अझै गरेको छैन। यसबीच पार्टीभित्रको एक खेमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारिरहेको छ।
उता, महासचिव गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको तयारीमा सक्रिय छन्। संस्थापन पक्ष महाधिवेशनमा सहमत नभएपछि थापाले मंसिर २७–२८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। मंसिर २७ बाट वर्तमान केन्द्रीय समितिको कार्यकाल समाप्त हुने भएकाले कार्यकाल बिना महाधिवेशन बढाउने प्रस्ताव मान्य नहुने उनको अडान छ।
महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति खड्काले बैठक तीन दिन स्थगित गरी दुवै पक्षसँग छलफल जारी राखेका छन्। संस्थापन पक्षका केही नेता सभापति शेरबहादुर देउवासँग परामर्शमा जुट्न थालेका छन्।
निर्णयमा ढिलाइ भएको भन्दै आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेखे, “हतारमा गलत निर्णय गर्नेभन्दा केही ढिला भए पनि एकता जोगाएर प्रतिकूल परिस्थितिमा सही निर्णय गर्नु आवश्यक छ।” उनले सबैलाई संयमता र धैर्य अपनाउन अपिल गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले प्रस्ताव गरेको फागुन २१ को निर्वाचनलाई “प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी–ट्र्यापिङ” भनेर आरोप लगाएका छन्।
एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देशविरुद्ध एउटा गम्भीर षड्यन्त्र चलाइएको दाबी गरे। उनले कार्की सरकारले निर्वाचन अघि ठूला दलहरूलाई कमजोर बनाउने रणनीतिअनुरूप काम गरिरहेको आरोप लगाए ।\
उनका अनुसार संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको निर्देशनमा प्रधानमन्त्री बनाइएको र अब चुनावमा पनि स्थापित दलका नेतालाई रोक्न खोजिएको छ। प्रतिनिधिसभा पुनःस्थापना भई जनप्रतिनिधिबाट बनेको सरकारले मात्र वैधानिक रूपमा निर्वाचन गर्न सक्ने उनको तर्क छ।
बादलले भदौ २३–२४ का घटनालाई “कलर रिभोलुसन” का नाममा नेपाललाई विदेशी स्वार्थको अखडा बनाउने प्रयासको हिस्सा भने। उनले आरोप लगाए— “नेपालका स्रोत–साधन कब्जा गर्न र छिमेकी देशहरूमा पृथकतावाद उकास्न नेपालमा सैनिक अड्डा बनाउने योजनाको एउटा कडी हो यो षड्यन्त्र। बालेन र रवि जस्ता नाममा कठपुतली ‘जेलेन्स्कीहरू’ तयार गर्न खोजिएको छ।”
स्थापित दलहरू आन्तरिक रूपमा विभाजित हुँदा देश जोखिममा परेको उनले चेतावनी दिए। प्रचण्ड र माधव नेपाल मिलेर बनाएको “नेपाली कम्युनिस्ट पार्टी” लाई उनले १० कोठे टहरो मात्र भन्दै दिगो अस्तित्व नबन्ने टिप्पणी गरे। मुल पार्टीमा फर्के मात्र उनीहरूको राजनीतिक भविष्य सुरक्षित हुने उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक। जनकपुरमा सातदलीय गठबन्धनका दलहरूले आज पनि सरकार गठन प्रक्रिया र सभामुखविरुद्ध सडक प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रदेशसभा अगाडिै भेला भई नाराबाजी गर्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यसअघि सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू सभा भवन पुगेका बेला हातपातसमेत भएको थियो। विवाद चर्किएपछि सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका थिए, जसको तीव्र प्रतिरोधमा सातदलीय मोर्चाले प्रदर्शनको घोषणा गरेको थियो।
शनिबार आयोजित प्रदर्शनमा गठबन्धनका कार्यकर्ताहरू उल्लेख्य संख्यामा सहभागी भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पनि बाक्लो सुरक्षा व्यवस्था गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुने बताइएको छ।
यसअघि नै रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिसकेकी छन्। यतिबेला तोसिम्का कार्कीसहितका केही नेताहरू पनि पार्टी छोड्न सक्ने चर्चा छ, तर उनीहरूले यसबारे औपचारिक रूपमा केही बताएका छैनन्।
परियारले शुक्रबार एक लिखित वक्तव्य जारी गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरे। उनले महासचिवलाई सम्बोधन गरिएको राजीनामा पत्रमा जेनजी आन्दोलनपछि नेपाली राजनीतिको पुनर्संरचना, वैचारिक पुनःपरिभाषा र संगठनगत पुनर्गठनको ऐतिहासिक जिम्मेवारी नयाँ पुस्तामा आएको उल्लेख गरेका छन्। बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै राष्ट्रहित र जनजीविकामा प्रत्यक्ष जोडिने वैकल्पिक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भएकै कारण पार्टी छाडेको उनले स्पष्ट पारे।
रास्वपामा रहँदा पार्टी तथा देशको हितका लागि इमानदार प्रयास गरेको उल्लेख गर्दै उनले आफ्ना विचारलाई संस्थागत गराउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरेका छन्। नेपाली समाजको विविध र जटिल बनावटअनुसार ठोस राजनीतिक विचार निर्माण गर्न नसकिएकोमा उनले दुःख पनि व्यक्त गरे।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई उनले नेपाली राजनीति बदलिने संकेत दिने ‘ऐतिहासिक मोड’ का रूपमा वर्णन गर्दै, यसले परम्परागत राजनीतिक ढाँचाले देशलाई अघि बढाउन नसक्ने यथार्थ उजागर गरेको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । मधेश प्रदेशमा संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको आरोपमा सात दलका नेता तथा कार्यकर्ताले शुक्रबार पनि मधेश भवन अगाडि धर्ना जारी राखेका छन् । संविधानको धारा १६८ (३) विपरीत एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरी बर्दिबासस्थित एक होटलमा शपथ गराएको भन्दै सात दल सडकमा निरन्तर विरोधमा छन्।
उता, सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावपछि लगातार १० पटक बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएका पाँच सांसदले निर्णयसम्बन्धी आपत्ति जनाएका छन्। ती पाँचै जना सांसद शुक्रबार जनकपुरस्थित प्रदेशसभा सचिवालय पुगेर आफ्नो हाजिरी रेकर्ड उपलब्ध गराउन माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल ले देशको समस्या राजनीतिमा नै रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।
बुधबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा उनले भने,
“राजनीतिमा अपराधीकरण, व्यापारिकरण, भ्रष्टीकरण, दलालीकरण र ठेकदारीकरणको समस्या छ। यो सुधार्नु नै राजनीतिको पहिलो कर्तव्य हो।”
उनका अनुसार देश बनाउन हावादारी कुरा गरेर होइन, इमानदार सोच, गहिरो अध्ययन र संकल्पसहित अघि बढ्नुपर्ने बेला आएको छ।
“देश बनाउने चिन्ता हामी सबैमा हुनुपर्छ। त्यसका लागि सोच, चिन्तन, धारणा र संकल्प लिएर अघि बढ्नुपर्छ,” उनले जोड दिए।
नेपालले संयोजक र सहसंयोजकबीच विभिन्न विषयमा छलफल भइसकेको बताउँदै, दल दर्ता भएपछि सबै प्रदेशमा पार्टी घोषणाको सन्देश पुर्याउने तयारी भइरहेको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस