काठमाडौँ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ ।
सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ । तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ जेठ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्ने जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका छ्न ।
दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानीयवासी प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रममा शनिवार राजपुर दुलैयामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, वडानं ४ का अध्यक्ष रामछाेर यादव ,२ नं वडाअध्यक्ष ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा , स्वास्थ्य निशुल्क उपलब्ध गराईनु पर्ने बताए।
राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकिले राजपुर गाउपालिका वासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे बताए।
उनके भने-” प्रत्येक वडामा कृष तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्यका छाै । “
राजपुर पालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको बताए।
युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकि लाल वस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नु पर्ने बताए।
काङ्ग्रेस जनताकाे पाटि हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिर उप काम गर्नु पर्ने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की १४ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । संविधानबिपरीत ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराजलाई विश्वासको मत दिलाएका थिए ।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए । सर्वोच्चका न्यायाधीश सुनील पोखरेल र कुमार रेग्मीको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हेमन्त प्रकाश वली, दाङ,१ जेठ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले राजनीति जनताको सेवा क्षेत्र भएको बताएका छन् । आज मंगलबार घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजनीति जनताको सेवा गर्ने कुरा हो तर यसलाई यहाँका अन्य दलहरुले पेशा बनाए ।उनले भने-‘ राजनीति पेसा होइन , यो निस्वार्थ ढंगले जनताको सेवा गर्ने कुरा हो । नेकपाले राजनीतिलाई पेशा होइन सेवा गर्ने कर्म बुझेको छ । हामी उत्पादनबाट पार्टीका नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ । ‘
राजनीतिक नेताकार्यकर्ता उत्पादनमा जोडिन नसके नेताहरु स्वाधिन बन्न नसक्ने र राजनीतिक पेशा बन्न पुग्ने उनले बताए । हाम्रो पार्टी स्वाधिन छ ।उनले भने-‘ अब नेकपा कसैको भर पर्नुपर्दैन , हामी हाम्रै उत्पादनमा बाँचेका छौँ ।’
नेता सविनले नेकपाले २०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्ने समेत बताए।
चुनावलाई अब क्रान्तीको मोर्चाको रुपमा लिनुपर्दछ , उनले भने- ‘ चुनाव सम्बन्धी कम्युनिस्टका दुई फरक बुझाई रहेका छन् एउटा प्रयोग र अर्को बहिस्कार । नेकपाले चुनावलाई अब कार्यनीति र रणनीतिको बिषय बनाउने भन्दापनी समग्र क्रान्तीको मोर्चाको रुपमा हेर्नुपर्ने छ।’
नेपालका कम्युनिस्टहरु माथी चौतर्फी घेराबन्दी भईरहेका छन्, ‘ चारैतिरवाट यतिबेला कम्युनिस्ट जनमतमाथी घेराबन्दी भइरहेका छन् । अमेरिकी साम्राज्यवाद कम्युनिस्टहरुका विरुद्ध सिधै लड्न यहाँ आइपुगेको छ । यतिबेला हामी सचेत र सतर्क बन्नुपर्ने बेला भएको छ । साम्राज्यवादका विरुद्धको लडाइँमा सबै मोर्चाहरु खुल्ला गरेर जाने पार्टीको नीति रहेको छ । नेपालको कम्युनिस्ट जनमतलाई एकतावद्ध गर्दै समाजवादको बाटो तय गर्नुपर्ने बेला भएको छ । एकातिर नेपालको संसदीय सत्ता चरम संकटमा पुगेको छ यसको निकास नेपाली बिशेषताको समाजवादबाट गरौं भन्ने हाम्रो पार्टीको स्पष्ट प्रस्ताव हो ।’
यस्तै पत्रकार सम्मेलनमा नेकपा दाङका सेक्रेटरी तिलक सीले पार्टीको तेस्रो आवधिक योजनाको पहिलो बैठकको निर्णय सहितको प्रेस बिज्ञप्ति वाचन गरेका थिए ।
जारी प्रेस बिज्ञप्तिमा एकीकृत जनक्रान्तीका सहिद क.महानको शालिक निर्माण गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रेस बिज्ञप्तीमा कम्युनिस्ट एकता र सहकार्य आजको आवश्यकता , अबको विकल्प नेपाली बिशेषताको समाजवाद , आत्मनिर्भर उत्पादन र जनउधमशिलता , नयाँ संस्कृति सी संस्कृति विषयक सर्वपक्षीय विमर्श र अन्तरक्रियाहरुको आयोजना गर्ने , पार्टीले सञ्चालन गरिरहेका उत्पादन केन्द्रहरुलाई व्यवस्थित गर्ने , जिल्ला पार्टीले विभिन्न कोषहरु सञ्चालन गर्ने , पार्टीको जिल्ला कार्यालय भवन निर्माण गर्न आवश्यक प्रक्रिया सुरुवात गर्ने , गुठि पिडित किसान र सुकुम्बासीहरुले जमिनको स्वामित्व कायम गर्न गरिरहेको संघर्षलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट थप पहल गर्ने निर्णय गरेको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै बिज्ञप्तिमा भ्रष्टाचारी , कालाबजारीया , लागुऔसध कारोबारी , मिटरव्याजी तस्करी विरुद्धको कारवाही प्रभावकारी बनाउन सरकारी निकायसंग सहकार्य , समन्वय र संघर्ष गर्ने , मापदण्ड बिपरित खोलानदीको दोहन गर्दै अवैध क्रसर उधोग चलाएर खोलानदी उजाड बनाउने कार्य बन्द गर्न सरोकारवालाहरुलाई सचेत गर्दै गम्भीर ध्यानाकर्षण गराउने टरिगाउँ बिमानस्थ्लको स्तरवृद्धि गर्न र नियमित उडान गर्न जोडदार माग गर्ने निर्णय गरिएको समेत स्पष्ट उल्लेख गरिएको छ ।
यस्तै किसानलाई मल बिउबिजनको सहज उपलब्धताको लागि सरकारी निकायको गम्भीर ध्यानाकर्षण गराउने , असारे विकासको विकृत नेपाली मोडेलमा भइरहेको चरम अनियमितता , भ्रष्टाचार , कमिसन र गुणस्तरहिन निर्माणको कामलाई कडा निगरानी गर्दै गुणस्तरीय निर्माण र छरितो सेवा प्रबाहको लागि पहल गर्ने निर्णय गरेको छ ।
तेस्रो आवधिक योजनाको प्रथम बैठकले यसअघिका तीन वटा जिल्ला समितीहरु एकीकृत गरि १२१ सदस्यीय जिल्ला समिती निर्माण गरिएको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु विकाश सी र जनक सी , प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी , नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसि लगाएतको आतिथ्य रहेको थियो ।
पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी , नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकालाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारबाट बाहिरिएसंगै सर्मथन फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए ।
सरकारका नेतृत्वकर्ताहरुले पार्टी विभाजन गराउन लागिपरेको आरोप लगाउँदै उनले सरकारमा बस्न उचित नभएको भन्दै समर्थन फिर्ता लिएको बताए । नैतिकताका आधारमा बाहिरिएको जानकारी दिँदै सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिए ।
उनले भने ‘‘सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । ‘‘
नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ ।,’’ सांसद यादवले भने, ‘‘ १२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ । आन्तरिक किचलो छ, विभाजनले गर्दा ।’’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
विगत ३० वर्षदेखि तुलसीपुरमा व्यवसाय गर्दै आएका डाँगी पहिलो पटक वाणिज्य संघमा व्यवसायीको प्रतिनिधिको रुपमा सहभागि हुदैछन ।
दाङ,२८ बैशाख ।
दाङका पुस्तक व्यबसायिहरुमा चर्चित नाम हो तिर्थ बहादुर डाँगी । पुस्तक तथा स्टेशनरी व्यवसायी समितिमा निर्विकल्प पात्रको रुपमा ४ कार्यकाल समितिका मुहत्वपूणर् पद (कोषाध्यक्ष तीन कार्यकाल र अहिले उपाध्यक्ष) मा रहेर काम गरिरहेका तिर्थ व्यवसायी क्षेत्रमा मात्रै है शिक्षासंग जोडिएका सबै व्यक्तिमाझ लोकप्रिय छन ।
विगत ३० वर्षदेखि तुलसीपुरमा व्यवसाय गर्दै आएका डाँगी पहिलो पटक वाणिज्य संघमा व्यवसायीको प्रतिनिधिको रुपमा सहभागि हुदैछन ।
सरल स्वभाव, मिलनसार, सहयोगीभाव र कुसल नेतृत्वकर्ता तिर्थ बहादुर डाँगी अहिल तुलसीपुर उद्योग वाणिज्य संघको सदस्य पदका उम्मेदवार छन । लोकप्रिय युवा व्यवसायी विनिल केसी अध्यक्ष रहेको टिमबाट सदस्य पदका उम्मेदवार तिर्थ तुलसीपुरका व्यवसायी माझ निकै नै लोकप्रिय उम्मेदवार बनेका छन । उनीलाई सबै राजनीतिक दल सम्बद्ध व्यसायी तथा स्वतन्त्र व्यवसायीहरुले अत्यधिक रुचाएका व्यक्ती हुन ।
उनले सबै व्यवसायीको साथ र माया रहेका कारण उम्मेदवारी दिएको बताए । उनले आम व्यवसायी मतदाताहरुलाई मतदान गरेर जिताउन समेत आग्रह गरेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दैछन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका कार्कीले एमाले र माओवादीको समर्थनमा दाबी पेश गर्न लागेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकारको गठन आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेका हुन्। यसअघि उनी दुईपटक मुख्यमन्त्री भइसकेका छन्।
पहिलोपटक २०७९ पुसमा माओवादी केन्द्र जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८० असार १४ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन्।
दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज बिहान प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।आजै समर्थनको सनाखत गर्ने तयारी गरेका २ दलले आफ्ना सांसदलाई विराटनगर बोलाएका छन् । उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ वैशाख । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ । आईतवार जिल्ला पाटि कार्यालय घाेराहिमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन गर्न क्षेत्रिय सभापतिहरुलाई जिम्मेवारि दिने निर्णय गरेकाे हाे ।
तरुन दल जिल्ला अध्यक्ष टिका घर्तिकाे अध्यक्षयतामा वसेकाे बैठकले क्षेत्र१ मा क्षेत्रिय सभापति किरण शाह ,२ मा क्षेत्रिय सभापति दिपेन्द शाहि र क्षेत्रिय सभापति राजकुमा केसि लाई ७ दिन भित्र पुर्ण गठन गरि विवरण वुझाउन निर्देशन समेत दिएकाे छ ।
साथै बैठकले क्षेत्र १ नम्वर का ४ वटा पालिकामा वडा समिित देखि पालिका समिित गठनकाे लागि जिल्ला पतिनिधि खटाएकाे छ ।
राप्ति गाउपालिकामा ध्रुव आर्चाय, राप्ति गाउपालिका रन्दिप न्याैपाने, लमहि नगरपालिकामा मुक्ति न्याैपाने र गढवा गाउपालिकामा नविन याेगि संयाेजक ताेके छ ।
बैठक जिल्ला सचिव आर्चायले सम्वाेधन गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१४ वैशाख। जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार(प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० चैत । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रजातन्त्रवादी पार्टीलाई मुख्यमन्त्री चेञ्ज हुने कुरा कुनै नयाँ नभएको बताएका छन् ।
शुक्रबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका चौधरीले प्रजातन्त्रमा मुख्यमन्त्री पद परिवर्तन भइरहने बताए । उनले भने, ‘साँच्चै भन्ने हो भने नेपाली कांग्रेस प्रजातन्त्रवादी हो । प्रजातन्त्रवादीको लागि मुख्यमन्त्री चेञ्ज हुनु ठूलो कुरा होइन । संविधानलाई रक्षा गर्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हाम्रो लागि ठूलो कुरा हो ।’
नेता चौधरीले संघीयता र संविधानलाई लागू गर्नुपर्ने चुनौति रहेको बताए । उनले भने, ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान लागू होस् भन्ने कांग्रेस चाहन्छ । संविधान कार्यान्वयन होस् भन्ने चाहन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयतालाई सखाप पार्ने रणनीतिका साथ अगाडि बढेको आरोप नेता चौधरीले बताएका छन
। ‘प्रधानमन्त्रीले पुलिस पठाइदिन्छु है भन्नु हुन्छ । जहाँ जानु हुन्छ संघीयता कार्यान्वयन हुन्छ भन्नु हुन्छ । अधिकार सम्पन्न गर्नुपर्छ भने । संघीयता भाषणमा मात्रै सीमित भएको छ’, उनले भने ।
उनले भने, ‘नेपाली कांग्रेसको सदस्यको हैसियतले हामीले खोजेको समावेशी, हामीले खोजेको नेपाली कांग्रेस चाहन्छ । हामीले पनि धेरै कुरा गर्न सकेका छैनौं ।’
‘नेपाली कांग्रेसले आफ्नो विधानमा सबै जातजातिलाई सहमहामन्त्री बनाएर डिसिजन मेकिङ ठाउँमा बनायो । सायद म नेपाली कांग्रेसमा भएर एउटा थारुको छोरो आज मुख्यमन्त्री हुने मौका पाएँ’, नेता चौधरीले भने ।
‘नेपाली कांग्रेसमा नभएर मभन्दा धेरै क्यापेबल साथीहरू माओवादीमा पनि हुनु हुन्छ । मेरो दुइटा मित्र प्रमुख सचेतक हुनुहुन्छ’, चौधरीले भने, ‘उहाँको पालो आउँछ कि आउँदैन थाहा छैन मलाई । तर, भन्दा कम क्यापेबल हुनुहुन्न भन्ने मलाई लाग्छ ।’
उनले नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा धेरै कुर्सी खाली रहेको भन्दै वितृष्णाका कारण यस्तो अवस्था आएको बताए ।
नेता चौधरीले भने, ‘नयाँ मुख्यमन्त्री पाएका छौं । उहाँमाथि विश्वास छ कि छैन भनेर छलफल गर्दै छौं । हामी छलफल गर्दै छौं । केही कुर्सीहरू खाली छन् ।’
‘राप्रपाले भोट हाल्दैन, तटस्थ बस्छु भन्यो । अर्को दल पनि थपियो’, उनले भने, ‘थप्दै थप्दै भोलि यो सभाको सबै कुर्सी खाली भएर संघीयतामाथि नै ठूलो प्रश्न चिन्ह त आउने होइन ? कता कता डरलाग्दो स्थिति देख्दैछु मैले ।’
‘यो डरलाग्दो स्थिति कसरी पार गर्ने हामीले ? यो ठूलो समस्याको रुपमा अहिले देखिएको छ । कतै संघीयता र संविधान लागू नहुँदै हामी अन्तिम हुने होइनौं ? त्यो पनि हामीमाथि प्रश्न उठेको छ’, उनले भने ।
‘साँच्चै भन्ने हो भने एकातिर जनाले संघीयताबाट के पायौँ भन्दै छन् । अर्कोतिर हामी आफ्नै कुर्सी खाली हुने स्थित देखेका छौं’, चौधरीले भने, ‘त्यो स्थितिमा यो आजको संसदले विश्वास र अविश्वासको कुरा गर्दै छौं ।’
चौधरीले भने, ‘कोहीमाथि विश्वास हुनु र कोहीमाथि अविश्वास हुनु ठूलो कुरो होइन । तर, व्यवस्था कसरी जोगिन्छ ? संविधान कसरी जोगिन्छ ? त्यो कुरा ठूलो हो ।’
उनले भने, ‘कतै संघीयताको कालो बादल मडारी रहेको अवस्थामा हामीले यो सबै खेलहरू त गरेका छैनौं । हामीलाई लाग्छ । प्रधानमन्त्रीलाई पनि लागेको होला ? मत सबैभन्दा ठूलो खेलाडी, म सबैभन्दा ठूलो खेलाडी लागेको होला ।’
‘तर, नेपाली जनतालाई के दिएँ ? के दिएँ ? के पाएँ ? मैले संविधान कार्यान्वयन गर्दै छु कि गर्दै छैन ? उहाँले पनि सोँच्ने बेला भएको छ’, उनले भने ।
कांग्रेस नेता चौधरीले भने, ‘फुत्त यता जाने, फुत्त उता जाने त्यसले संघीयतालाई धरापमा पार्ने नेपाली जनताको इच्छा र चाहना परिवर्तनको इच्छा र चाहना अझै धरापमा पर्ने हो कि भन्ने हामीले सोँच्नुपर्ने बेला भएको छ ।’
‘संघीयता आएपछि त्यो गन्र्धभले के पाउँ ? त्यो बालुवा चाल्नेले के पाउँछ ? बादी समुदायले के पाउँछ ? किसानले के पाउँछन् ? मलेसियामा युवाहरू तड्पिएका छन्’, उनले भने ।
‘संघीयता आएपछि धेरै समस्या समाधा गर्न सक्छौं भन्ने लागेको थियो । अझै पनि लागेको छ । तर, हामी जुन खेलामा लागेका छौं ? त्यो खेलबाट सम्भव छ कि छैन भन्ने कुराहरू हामीले बुझ्नु पर्ने बेला भएको छ’, चौधरीले भने ।
कांग्रेस नेता चौधरीले आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने भन्दै एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धनका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस