काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् ।
बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे जानकारी दिदै उनले यस्तो बताएका हुन् ।
“सरकार निर्माणको कुरामा संलग्न हुन्छौँ । सत्तामा जान मात्र समझदारी गर्दैनौँ । उनले भने-“महत्त्वपूर्ण मुद्दालाई, आम जनताको चासो र सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ ।”
उनले स्थायित्व, आर्थिक स्थितिको सुधार, संविधानमा आवश्यक संशोधन, लोकतन्त्रलाई थप घनीभूत बनाएर लाने कुरामा सहमति भएको उल्लेख गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , १८ असार ।
प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्वपूर्ण विषयमा सहमति भएको हो ।
शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । त्यस पछिको वाकी अवधि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बन्ने छ ।सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।
सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले तीन वटा प्रदेश र काग्रेसले ३ वटा प्रदेशको नेतृत्व लिने छ ।
मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका हुन् । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । आज (मंगलबार) सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।
ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।
दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार सार्वजनिक हुँदैछ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले भने, ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । बाँकी काम मंगलबार हुन्छ ।
सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल जुटेका थिए । आव एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली, १७ असार । सुदूरपश्चिम प्रदेश सरकारले गरेको मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सुदूरपश्चिमको नेपाली कांग्रेस संसदीय दलले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर आर्थिक व्ययभार थपेको भन्दै आपत्ति जनाएको हो।
कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएकामा आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
“मन्त्रालय फुटाएर थप आर्थिक व्ययभार बढाउने निर्णयको कांगे्रस संसदीय दल घोर निन्दाका साथ आपत्ति प्रकट गर्दछ र तत्काल निर्णय सच्च्याउन प्रदेश सरकारलाई चेतावनी दिन्छ, अन्यथा उत्पन्न परिस्थितिको प्रदेश सरकार आफैँ जिम्मेवार हुनेछ”, संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) जस्तो अति संवेदनशील दस्तावेज अनधिकृतरुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर गलत गरेको आंग्रेसको आरोप छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार चार मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिएका थिए।
यसअघि सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको सङ्ख्या १० पुगेको छ । मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१६ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराह्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१५ असार। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन भन्नेमा कम्युनिष्टहरू सबै सहमत रहेको उनको भनाइ छ ।
चन्दले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको बताए ।
सामन्तवादको विरूद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरू विरूद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१५ असार। नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सर्वसम्मतको नेतृत्व निमाण हुने भएका छन्।
शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनबाट महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका हुन्।
सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे।
कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको उनले बताए। नेताहरुको बिचमा कुनैपनि समस्या नरहेको बताए। यदि सहमतमा नेतृत्व चयन हुन नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।
शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।
उनले यो सरकार किसानको विरोधी भएको टिप्पनी गरे । यस्तो कार्यले संसघयताको पुष्टी कसरी हुन्छ । उनले आम जनतालाई मल विउ पु¥यान नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो । उनले प्रश्न गरे । पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । उनले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्काे क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधी सरकार हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेका छ । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ ।
उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए ।
यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गरे । चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो । उनले भने संघीता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुदा काग्रेसले यसको विरोध गरेको बताए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,४ असार । कर्णाली प्रदेशलाई बजेट नचाहिने भन्दै राप्रपाका सांसद राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
उनले भने यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिदैन बजेट ।ु
२२ सय व्यक्ति फरार सूचिमा
हिमाल महरा,३२ जेठ । नेपाली कांग्रेसले बंगलाचुली गाउँपालिका वडा नम्बर.४ वडा कार्यसमिति सदस्य खेतुलाल नेपालीको १३ औ दिनको पुण्य तिथिमा शोकसभा गरेको छ ।
मोटरसाईकल दुर्घटनामा परि निधन भएका नेपालीको शुक्रबार शोक सभा गरियको हो ।
शोक सभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरे, नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तेज बहादुर विक, जिल्ला सदस्य विर बहादुर खत्री (विरु), नेपाल तरुण दल केन्द्रीय सदस्य पवन आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सदस्य देबा जिसी, क्षेत्रिय प्रतिनिधि धनेश्वर भण्डारी, नेपाली कांग्रेस बंगलाचुली उपसभापति दोर्ण खत्री लगायतको शोक मन्तव्य राखेका थिए ।
उनीहरुले नेपाली काङ्ग्रेसले असल युवा नेता गुमाएको बताउदै उनलेे पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । नेपालीको निधनले समाजले असल , कर्तव्यनिष्ठ ब्यक्ती गुमाएको बताए । शोकसभा नेपाली काङ्ग्रेस बंगलाचुली गउँपालिका–४ का वार्ड सभापती शिवराज परियारको सभापतित्वमा भएको थियो ।
शोकसभाको सहजिकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए । नेपालीको गत जेठ २० गते मोटरसाइकल दुर्घटना परि ज्यान गएको थियो ।
आर्थिक सहायताका लागि ९५ हजार ७ सय रुपैया संकलन
यसैविच स्वर्गीय नेपालीको परिवारका लागि थालिएको आर्थिक सहयोग अभियान बाट ९५ हजार ७ सय १५ रुपैया संकलन भएको अभियानका संयोजक विक्रम डाँगीले जानकारी दिए । उक्त रकम स्वर्गीय नेपालीका बुवा दिल बहादुर नेपालीलाई हस्तारण गरिएको छ ।
संयोजक डाँगीका अनुसार स्वर्गीय नेपालीको परिवार सल्लाह अनुसार नेपालीका छोरा १५ बर्ष पुगे पछि निकाल्न मिल्ने गिरी बंगलाचुलीमा रहेको सिटिजन्स बैंकमा छोराको नाममा ८५ हजार ९ सय १० रुपैया राखिने छ ।
स्वर्गीय नेपालीका २ सन्तानलाई महासमिति सदस्य घिमिरे र तरुण दलका केन्द्रीय सदस्य आचार्यले पढाउने भएका छ्न ।
सन्तानलाई महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले पढाउने घोषणा गरेका हुन । कक्षा दश सम्म प्रत्येक बर्ष १२ हजारको दरले रकम उलब्ध गराउने र कक्षा दश पछि पढ्दा जति खर्च हुन्छ त्यही अनुसार थप रकम घोषणा गर्ने उनिहरुले बताएका छन् ।
यसै बिच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर–४ कार्यसमितिले स्वर्गीय खेतुलाल नेपालीको सम्झनामा खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेतुलाल बंगलाचुलीका एक उत्कृष्ट क्रिकेट खेलाडी समेत भएका कारण उनको सम्झनामा बंगलाचुली क्रिकेट विकास समन्वय समिति संग सहकार्य गरेर खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता अयोजना गरिने बताईएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ जेठ ।
रोल्पाको दुर्गम क्षेत्र तर कृषि पकेट क्षेत्र मानिने रोल्पाको जिनावाङ पुग्ने सडक निर्माण हुने भएको छ । कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना आएको हो ।
आर्थिक वर्ष २०८१÷०८२को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक निर्माण गर्न लागेको हो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । त्यहि योजना अनुसार चौधरीले संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजना ल्याएका हुन् ।
मुख्यमन्त्रीको कार्यकालमा जिनावाङ पुगी त्यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नति र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाएका चौधरीले सडकको योजनालाई पूर्णता दिएका हुन् । सल्यान र रोल्पाको सीमाना त्रिवेणी गाउँपालिका रोल्पाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली बहादुर चौधरीले बताए ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।
कृषि क्षेत्रको नमुना विकासका लागि “जिनावाङ मोडेल” आवश्यक छ, चौधरीले भने, सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ । सडक बन्यो भने जिनावाङ्गी किसानलाई पहुँच मार्गको रुपमा सहयोग पुग्ने छ । किसानको बीचमा बोलेको कुरा पूरा गरेको छु, चौधरीले भने, अब सबै लागेर योजनाको काम पूरा गर्नेतर्फ लागांै ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।
जिनावाङका स्थानीय किसान इन्द्र खत्रीले बाटोको योजनाले खुसी बनाएको बताए । हामी किसानहरुका लागि यति ठूलो योजना आउनु गौरवको कुरा हो । यो योजना ल्याइदिने पूर्व मुख्यमन्त्री डिल्ली चौधरीले धेरै–धेरै धन्यवाद छ ।
उनले मन्त्री आएर गाउँमै बोलेको कुरा पूरा गरिदिएको बताए । रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले जिल्लामै ठूलो योजना आएको र त्यसलाई समयमै पूरा गर्नेतर्फ कार्यालय लाग्ने बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस