डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

   असोज ०८, २०८२       admin

काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका थिए।

स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्। पद छाड्ने प्रस्ताव राखेसँगै ड. भट्टराईले राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित

   असोज ०८, २०८२       admin

काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ।

पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्‍याउन कठिनाइ भएको छ।

लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। यस बीचमा नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै सञ्चालन गर्नुपर्ने बाध्यता बनेको उनले बताए।

साईका अनुसार पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत पोखरा–काठमाडौँ खण्डमा दैनिक करिब ४०० यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेका छन्। दसैंको टीकाको दिन नजिकिँदै गर्दा आवतजावत बढ्नुपर्ने बेला सडक अवरुद्ध हुँदा यात्रुहरूलाई थप कठिनाइ भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गर्ने

   असोज ०५, २०८२       admin

काठमाडौँ, ५ असोज ।  नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितीबारे विस्तार गरेको जानकारी गराए।

उनले भने “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”

उनले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राखे ।

उनका अनुसार माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ ।

बैठकले आगामी कार्याक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

   असोज ०४, २०८२       admin

दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।

शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

“अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने, “न्यायिक छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न सरकारले हिम्मत गर्नुपर्छ ।”

आचार्यले आन्दोलनका नाममा भएको अराजकताबारे पनि समीक्षा गर्न आवश्यक रहेको बताए । उनका अनुसार मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा पार्टी तथा नागरिकबीच सहकार्य अपरिहार्य छ ।

त्यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लिपुलेकमा चीन–भारतबीच भएको सम्झौतामार्फत षड्यन्त्र गरिएको दाबी पनि गरे ।

“लिपुलेक सम्झौतामा समर्थन गरेर मौन बसेको भए ओलीको सरकार अपदस्त हुने थिएन,” उनले भने, “यो घटना अलि पहिलेदेखि नै योजनाबद्ध भएको रहेछ, अब सबै कुरा खुल्दै जानेछन् ।”

बैठक सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

   असोज ०३, २०८२       admin

काठमाडौं,३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन समेत व्यवस्थापन गरिएको थिएन ।

महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ताको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे । तर ओली कार्यक्रममा उपस्थित हुने वा नहुने भन्नेबारे एमालेले कुनै जानकारी दिएको छैन ।

जेन जेड आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली पछिल्ला औपचारिक कार्यक्रममा देखिएका छैनन् । उनी गत बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका थिए । ब्यारेकबाट बाहिरिएपछि ओली भक्तपुरको गुड्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीसँग मोदीले भने- स्थिरता पुनर्स्थापनामा भारतको समर्थन

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो। 

टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्। 

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’

उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,’साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङको भेटवार्ता

   असोज ०२, २०८२       admin

दाङ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए। 

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

   असोज ०१, २०८२       admin


काठमाडौँ,१ असोज । जनमत पार्टीका विरष्ठ पदाधिकारीसहितका नेताले पार्टी अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्मिेटम दिएका छन् । जेनजी आन्दोलनका कारण पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीका नेताले अध्यक्ष राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका छन्। उनीहरूको पत्रमा पार्टीलाई सशक्त, लोकतान्त्रिक, जबाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यसहित नेतृत्वले मार्ग प्रशस्त गर्न राउतलाई सुझाइएको छ।

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्म समीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ’, पत्रमा भनिएको छ।

यस्तो छ पत्र :

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

   भदौ ३१, २०८२       admin

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् ।

उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्।

भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्। । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले सिंहदरबारमा आगो लगाउन थालेपछि नेपाली सेनाले प्रचण्डसहितका नेताहरूलाई सुरक्षित स्थानमा पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुमना श्रेष्ठले छाडिन् रास्वपा

   भदौ २, २०८२       admin

काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेकी थिइन्।

सुमना श्रेष्ठले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्। उनले भनेकी छिन्, “अब अवसर पाइसकेकाहरू अभिभावक बनेर नयाँ पुस्तालाई बाटो देखाउन तर्फ लाग्नेछु।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology