फिचर

तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते: ३ जनाको अवस्था गम्भीर

दाङ,२६ जेठ। दाङमा अटोर र बस एकआपसमा ठोकिँदा पाँचजना घाइते भएका छन्। घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका ७ शान्ति पार्कचोकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले … Continue reading तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते: ३ जनाको अवस्था गम्भीर

थप पढ्नुहोस् »

भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सन्चालन

दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो । ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको … Continue reading भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सन्चालन

थप पढ्नुहोस् »

पदभार लगत्तै मुख्यमन्त्री सिंहका ९ निर्णय

दाङ,२५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेका छ्न। शुक्रबार पदभार ग्रहण लगत्तै गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक … Continue reading पदभार लगत्तै मुख्यमन्त्री सिंहका ९ निर्णय

थप पढ्नुहोस् »

पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा हुने विभिन्न खेलहरुमा विद्यार्थीहरू लाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि खेल सामग्रीहरू प्रदान गरिएको बताए । विद्यालय स्तरमै खेलाडी उत्पादनका लागि टेवा पुर्‍याउने र … Continue reading पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

थप पढ्नुहोस् »

योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण

सल्यान, २४ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा महिला तथा युवा समुहका प्रतिनिधिहरुका लागि स्थानीय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत भोटेचौरमा विहिबार सम्पन्न भएको हो । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि जिल्लामा समुदाय परिचालन परियोजना सुरु … Continue reading योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण

थप पढ्नुहोस् »

होलेरीमा कृषी हाटबजार सञ्चालन हुने

रोल्पा,२४ जेठ । रोल्पाको होलेरीमा कृषी हाटबजार फेरि सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०८१ को हाट बजार जेठ ३० गतेबाट संचालनको तयारी गरिएको होलेरी कृषी हाट बजार सञ्चालक समितिका अध्यक्ष चन्दप्रकाश महराले जानकारी दिए । लामो समयदेखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षदेखि सुरु भएको थियो । रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी … Continue reading होलेरीमा कृषी हाटबजार सञ्चालन हुने

थप पढ्नुहोस् »

स्क्रिनिङ शिविर सम्पन्न

दाङ,२४ जेठ । अपांगता भएका व्यक्तिहरुका लागि सहयोगी सामग्री स्क्रिनिङ शिविर सम्पन्न गरिएको छ । डेक नेपाल बाकेको आयोजना , राप्ती बहिरा संघ दाङ र अपाङ्गता सञ्जाल दंगीशरण गाउँपालिकाको समन्वय तथा महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोगमा शिविर सम्पन्न भएको हो । अपाङ्गता संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु … Continue reading स्क्रिनिङ शिविर सम्पन्न

थप पढ्नुहोस् »

सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौँ,२४ जेठ । सहकारीको बचत हिनामिना र अपचलन गर्ने संस्था र व्यक्तिमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको पहिलो बैठकले कार्यविधि र कार्ययोजनाको मस्यौदा बनाउन समिति सचिवालयलाई जिम्मेवारी दिएको छ । समिति गठनको ९ दिनपछि बुधबार पहिलो बैठक बसेको हो । सभामुख देवराज घिमिरेको उपस्थितिमा भएको समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी … Continue reading सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

थप पढ्नुहोस् »

मोदीको सपथमा प्रधानमन्त्री दाहाल जाने

काठमाडौँ,२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् । शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री … Continue reading मोदीको सपथमा प्रधानमन्त्री दाहाल जाने

थप पढ्नुहोस् »

बिमा रकम उपलव्ध नभए कसानले आन्दोलन गर्ने

चितवन,२४ जेठ । केराखेतीमा भएको नोक्सानको बिमा रकम तत्काल उपलव्ध नभए आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् । हावाहुरीका कारण केरा खेतीमा नोक्सानी व्यहोरेका किसानहरूले पत्रकार सम्मेलन गरेर बिमा बापतको रकम नपाए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् । जेठ १७ गतेदेखि २० गतेसम्म चितवनमा आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको … Continue reading बिमा रकम उपलव्ध नभए कसानले आन्दोलन गर्ने

थप पढ्नुहोस् »