समाचार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौ,२५ वैशाख ।आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले बिहान ११ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।यसअघि मन्त्रिपरिषद् बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

थप पढ्नुहोस् »

चन्द हत्या प्रकरणः ६ जना पक्राउ

बाँके,२४ वैशाख । बाँके प्रहरीले विशालचन्द ठकुरीमाथि भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा खजुरा गाउँपालिका–६ का विशालचन्द ठकुरीमाथि सोमबार आक्रमण भएको थियो। गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा सञ्जीवनी … Continue reading चन्द हत्या प्रकरणः ६ जना पक्राउ

थप पढ्नुहोस् »

रोल्पामा सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

रोल्पा,२४ वैशाख। रोल्पामा ४० वर्षीया महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ गरेको छ । प्रहरीले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तीदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी, कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन्। … Continue reading रोल्पामा सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

थप पढ्नुहोस् »

थारु पत्रकार संघ दाङमा नयाँ नेतृत्व

दाङ,२४ वैशाख। थारु पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । बिहिवार छैठौं जिल्ला अधिवेशनबाट निता चाैधरीकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हाे । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी तथा कोषाध्यक्षमा केवि चौधरी चयन भएका छन्। यसैगरी, सदस्यहरूमा निशा चौधरी, विष्णु कुसुमलगायत चयन … Continue reading थारु पत्रकार संघ दाङमा नयाँ नेतृत्व

थप पढ्नुहोस् »

हुरीबतास चलेको बेला सतर्कता अपनाउन आग्रह

दाङ,२४ वैशाख । हुरीबतास तथा चट्याङका घटना बढ्न थालेपछि सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल–ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरिएको छ। प्राधिकरणले मोटरसाइकल वा अन्य सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी … Continue reading हुरीबतास चलेको बेला सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

अझै दुई साता मौसम बदली र वर्षा हुने

काठमाडौ,२४ वैशाख । देशका धेरै ठाउँमा बिहानदेखि वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आज दिनभर पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार अहिले देखिएको वर्षा र बदलीको अवस्था अझै करिब दुई सातासम्म जारी रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी … Continue reading अझै दुई साता मौसम बदली र वर्षा हुने

थप पढ्नुहोस् »

अर्को साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

दाङ,२४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार नतिजासम्बन्धी विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण तथा विद्यार्थी विवरण इन्ट्रीको काम सम्पन्न भइसकेको छ। हाल तथ्यांक रुजु … Continue reading अर्को साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

थप पढ्नुहोस् »

परराष्ट्रमन्त्री खनाल र सार्क महासचिवबीच भेट

काठमाडौ,२४ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC)का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको कार्यकक्षमा भएको उक्त भेटमा क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा दक्षिण एसियाली देशहरूबीच सहकार्य विस्तार, आपसी सम्बन्ध सुदृढीकरण तथा साझा चासोका विषयमा समन्वय बढाउने विषयमा … Continue reading परराष्ट्रमन्त्री खनाल र सार्क महासचिवबीच भेट

थप पढ्नुहोस् »

जन्ती बोकेको जिप दुर्घटना: पाँच जना घाइते

काठमाडौ,२४ वैशाख । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–१ राँगेमा म.प्र. ०३–००१ च ८२०२ नम्बरको जिप दुर्घटनामा परेको हो। उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो। दुर्घटनामा घाइते हुनेमा फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ४० … Continue reading जन्ती बोकेको जिप दुर्घटना: पाँच जना घाइते

थप पढ्नुहोस् »

सुनको मुल्यमा वृद्धि

दाङ,२४ वैशाख ।आज (बिहीवार) बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ७ हजार … Continue reading सुनको मुल्यमा वृद्धि

थप पढ्नुहोस् »