समाचार

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौ,२४ वैशाख । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले भूकम्पको धक्का स्थानीयवासीले अनुभव गरेको जानकारी दिएका … Continue reading धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

जुम्ला,२४ वैशाख । प्रहरीले जबरजस्ती करणीको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीका … Continue reading जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

थप पढ्नुहोस् »

मध्यपूर्व तनाव अन्त्य गर्न चीनको आह्वान

काठमाडौ,२३ वैशाख। मध्यपूर्वमा बढ्दो तनावका बीच चीनले तत्काल र पूर्ण रूपमा युद्ध अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ। चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग हर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि … Continue reading मध्यपूर्व तनाव अन्त्य गर्न चीनको आह्वान

थप पढ्नुहोस् »

संवैधानिक परिषद् अध्यादेशप्रति गगन थापाको आपत्ति

काठमाडौ,२३ वैशाख । नेपाली काँग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफू अनुकूल निर्णय गराउन संवैधानिक परिषद्को बैठक बोलाइएको आरोप लगाए। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अध्यादेश ल्याइएको उनको आरोप छ । “प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे पूर्वनिर्धारित सोच बनाएर भोलि संवैधानिक परिषद्बाट तर्कसहित … Continue reading संवैधानिक परिषद् अध्यादेशप्रति गगन थापाको आपत्ति

थप पढ्नुहोस् »

रेडक्रस सोसाइटीको सबै तहको निर्वाचन स्थगित

दाङ,२३ वैशाख। नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौको निर्देशनपछि निवार्चन प्रक्रिया स्थगित गरिएको हो । प्रशासनको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले बुधबार परिपत्र जारी गर्दै निर्वाचनसम्बन्धी सबै कार्यक्रम यथास्थितिमा राख्ने निर्णय गरेको हो। यसअघि रेडक्रसले असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेको थियो। … Continue reading रेडक्रस सोसाइटीको सबै तहको निर्वाचन स्थगित

थप पढ्नुहोस् »

करेन्ट लागेर एक जनाको मृत्यु

कालिकोट,२३ वैशाख। कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका बाख्रा चराएर घर फर्कने क्रममा विद्युत् तारबाट करेन्ट लाग्दा ५७ वर्षीय एक पुरुषको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ का टिकाराम देवकोटा रहेका छन्। प्रहरीका अनुसार सडक खन्ने क्रममा राष्ट्रिय प्रसारण लाइनको तार चुँडिएर बाटोमा खसेको … Continue reading करेन्ट लागेर एक जनाको मृत्यु

थप पढ्नुहोस् »

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामदः दुई भारतीयसहित चालक पक्राउ

काठमाडौ,२३ वैशाख । प्रहरीले एम्बुलेन्समार्फत ओसारपसार गराउँदै गरेको गाँजा बरामद गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडाबाट एम्बुलेन्स प्रयोग गरी ओसारपसार गरिँदै गरेको १४८ केजी गाँजा प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार पक्राउ … Continue reading एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामदः दुई भारतीयसहित चालक पक्राउ

थप पढ्नुहोस् »

सुकुम्बासीहरुको संरक्षणमा उभिन सांसद साम्पाङको आह्वान

काठमाडौ,२३ वैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पक्षमा उभिन आह्वान गरेका छन्। सरकारले व्यवस्थापनबिना विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत श्रम संस्कृतिसँग आबद्ध सबैलाई एकजुट हुन आग्रह गरेका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्ः“श्रम संस्कृतिका समस्त श्रमदाता ज्युहरूलाई आह्वान ! … Continue reading सुकुम्बासीहरुको संरक्षणमा उभिन सांसद साम्पाङको आह्वान

थप पढ्नुहोस् »

साथीको व्रतबन्ध गएका चन्दको हत्या

बाँके,२३ वैशाख। बाँकेको खजुरा गाउँपालिकामा एक युवकको हत्या भएको छ। खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्दको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बिहान करिब ६ बजेतिर घटना भएको हो। चन्द गाउँमै साथीको व्रतबन्ध समारोहमा सहभागी हुन गएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार … Continue reading साथीको व्रतबन्ध गएका चन्दको हत्या

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा फरार कैदी पुनः पक्राउ

दाङ, २३ वैशाख । जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका एक कैदी पुनः पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा यशोधारा गाउँपालिका–२ का ५२ वर्षीय बरसाति मुसलमान रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार मुसलमानविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जिल्ला अदालतले २०८१ साल फागुन १८ गते एक वर्ष कैद र १० … Continue reading जेनजी आन्दोलनमा फरार कैदी पुनः पक्राउ

थप पढ्नुहोस् »