स्वास्थ्य

काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

काठमाण्डाै । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो । काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन … Continue reading काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

थप पढ्नुहोस् »

नक्कली पीसीआर रिपोर्ट बनाउने ७ जना विमानस्थलबाट पक्राउ

काठमाण्डाै । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूकाे साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको … Continue reading नक्कली पीसीआर रिपोर्ट बनाउने ७ जना विमानस्थलबाट पक्राउ

थप पढ्नुहोस् »

कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा  रहेका छन् ।  गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने … Continue reading कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय नाघ्यो , ४४ संक्रमितको ज्यान गयो

दाङ। दाङ जिल्ला भर ३ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्य ३ हजार १८९ जना कोरोना मुक्त भई सकेका छन् भने सक्रिय संक्रमितको संख्या १३१ रहेका छ । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार १०१ जना होम आइसोलेशनमा रहेको र ३० जना संक्रमित संस्थागत आईसोलेशनमा बसेका … Continue reading दाङमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय नाघ्यो , ४४ संक्रमितको ज्यान गयो

थप पढ्नुहोस् »

कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि

दाङ। पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। … Continue reading कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उहाँले घरबाट नै काम गरिहरनुभएकाे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा … Continue reading फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

थप पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

दाङ। पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

थप पढ्नुहोस् »

सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित

सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक … Continue reading सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित

थप पढ्नुहोस् »

थप ८९९ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ … Continue reading थप ८९९ जनामा कोरोना सङ्क्रमण

थप पढ्नुहोस् »

क्रिकेटर पारसलाई काेराेना सङ्क्रमण

नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् ।  केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र स्वाद, गन्ध थाहा नपाएपछि काेराेना परीक्षण गर्दा शुक्रबार बिहान रिपाेर्ट पाेजेटिभ आएकाे खड्काले बताएका छन् । स्वास्थ्यसम्बन्धी प्राेटाेकलकाे पालना गर्दै हाेम आइसाेलेशनमा बसेकाे उनले ट्वीटमा लेखेका छन् ।  साथै … Continue reading क्रिकेटर पारसलाई काेराेना सङ्क्रमण

थप पढ्नुहोस् »