फिचर

दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल आचार्य र क्षेत्र नम्बर–३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाका नेता मेटमणि चौधरीले तीनै क्षेत्रमा उम्मेदवार टुंगो लागेको जानकारी दिएका छन् … Continue reading दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

थप पढ्नुहोस् »

निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

दाङ,४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको नेपाल प्रहरी स्कूलको खेलकुद मैदानमा माघ ५, ६ र ७ गते शारीरिक परीक्षण सञ्चालन हुनेछ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता … Continue reading निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

थप पढ्नुहोस् »

गगन थापा समूह निर्वाचन आयोगको गेटमै रोकियो

काठमाडौं,२ माघ । नेपाली कांग्रेसका गगन थापा सभापति रहेको समूहलाई शुक्रबार निर्वाचन आयोगको गेटमै रोकिएको छ। उक्त समूह अपराह्न निर्वाचन आयोग पुगे पनि आयोगको गेटमै रोकिएको हो। थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार सो समयमा शेरबहादुर देउवा समूह पहिले नै निर्वाचन आयोगभित्र रहेकाले आफूहरू भित्र प्रवेश नगरेको जानकारी दिइन्। देउवा समूह विशेष महाधिवेशनको पक्षमा … Continue reading गगन थापा समूह निर्वाचन आयोगको गेटमै रोकियो

थप पढ्नुहोस् »

भमके खोला पुलको शिलान्यास

दाङ,२९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने भमके खोलामा करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच पुलको शिलान्यास समेत गरिएको छ। वडा नम्बर २ का वडा अध्यक्ष भीम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथितामा उक्त पुलको शिलान्यास भएको … Continue reading भमके खोला पुलको शिलान्यास

थप पढ्नुहोस् »

पैयाँखोरे–राम्री सडक दैनिक ६ घण्टा बन्द

दाङ,२९ पुस । राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे–राम्री सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार पैयाँखोरे हुँदै हर्नेटीदेखि राम्रीसम्मको सडक खण्ड आगामी … Continue reading पैयाँखोरे–राम्री सडक दैनिक ६ घण्टा बन्द

थप पढ्नुहोस् »

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक … Continue reading २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

थप पढ्नुहोस् »

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ । पारित कार्यविधिअनुसार अब बन्द सत्रसहित महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ । पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी ‘कांग्रेस विशेष … Continue reading महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

थप पढ्नुहोस् »

कांग्रेस महाधिवेशनः के बन्दसत्रमा देउवा जाँदै छन् ?

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ । यसैबीच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै पार्टी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति देउवाका स्वकीय भानु देउवाले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने उद्देश्यले सभापति … Continue reading कांग्रेस महाधिवेशनः के बन्दसत्रमा देउवा जाँदै छन् ?

थप पढ्नुहोस् »

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

काठमाडौं,२७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको जनाएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता कार्य धमाधम भइरहेको कांग्रेसले जनाएको छ । उद्घाटनअघि नै प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेर नाम दर्ता गरी परिचयपत्र लिइरहेका छन् भने कांग्रेस समर्थकहरू पनि कार्यक्रम स्थलमा उपस्थित … Continue reading नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

थप पढ्नुहोस् »

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं,२७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । वि.सं. १७७९ सालमा जन्मिएका शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ । उनी आधुनिक नेपालको एकीकरणका प्रमुख नायक भएको इतिहासकारहरूले बताएका छन् । शाहले नेपालको एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै … Continue reading आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

थप पढ्नुहोस् »