फिचर

अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार (भदौ १३) बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी … Continue reading अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

थप पढ्नुहोस् »

रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। साढे पाँच बजे उनको मृत्यु भएको पुष्टि भएको छ। ३० वर्षीय लक्ष्मण पासवानले रुबी कुमारी साहलाई आफ्नो कोठामा हत्या … Continue reading रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

थप पढ्नुहोस् »

सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित हराएझैँ बनेका छन्। चितवनमा बस्दै आएका दुवै दिदी–बहिनीका छोरी तीजका लागि सिन्धुलीको इन्द्रावती गाउँपालिका–७ सितापोखरी घर जाने सोचमा थिए। रोशनीले परिवारसँग घर जाने अनुमति मागेकी … Continue reading सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

थप पढ्नुहोस् »

एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

काठमाडौँ,११ भदौ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ । योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब … Continue reading एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

थप पढ्नुहोस् »

दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

दाङ,९ भदौ । दाङ–रूपन्देही सम्पर्क समाज, परिवार बुटवलले आफ्नो दोस्रो साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजका पदाधिकारी, आजिवन सदस्य, साधारण सदस्य, लगायतको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा समाजको अक्षय कोष स्थापना गरिएको छ। प्रमुख अतिथि बस्नेतले … Continue reading दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

थप पढ्नुहोस् »

युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित

काठमाडौं ,९ भदौ । युक्रेनले हालै गरेको ड्रोन आक्रमणमा रूसका विभिन्न महत्वपूर्ण संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार, युक्रेनले एकैपटक ९५ वटा ड्रोन खसालेको छ। तीमध्ये एक ड्रोन सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्‍याएको हो। आक्रमणपछि परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको … Continue reading युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित

थप पढ्नुहोस् »

कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

काठमाडौँ ,८ भदौ । कृषि परियोजनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदर घट्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन बढाउने परियोजनामा कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गर्न पाइने व्यवस्था गरिएको छ। … Continue reading कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

थप पढ्नुहोस् »

जनता समाजवादी पार्टीले मन्त्री फिर्ता बोलाउने, नयाँ दुई नाम सिफारिस

काठमाडौँ,८ भाडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गर्दै प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाई डा. वीरेन्द्र महतो र रञ्जु … Continue reading जनता समाजवादी पार्टीले मन्त्री फिर्ता बोलाउने, नयाँ दुई नाम सिफारिस

थप पढ्नुहोस् »

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

दाङ,८भदौ । पश्चिम तराइका थारू समुदायले आज आफ्नो महत्त्वपूर्ण पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व दर खाने, व्रत बस्ने, रोटी–भात पकाई देवतालाई चढाउने परम्परासहित मनाइन्छ । दाङको घोराही–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारीमा बेलुकी पकाइएका रोटी, दही र फलफूल अग्नि देवतालाई चढाइन्छ र दिदीबहिनीका लागि छुट्टै परिकार तयार गरिन्छ । दाजुभाइले आफ्ना … Continue reading थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

थप पढ्नुहोस् »

दाङमा दुईदिन बिदा

दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ। लुम्बिनी प्रदेश सरकारले थारू बहुल जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा भदौ ८ गतेका लागि सार्वजनिक बिदा दिएको छ। त्यस्तै, दाङका विभिन्न स्थानीय तहहरूले भदौ … Continue reading दाङमा दुईदिन बिदा

थप पढ्नुहोस् »