दाङ,२० जेठ । पश्चिमदाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ ।
छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए ।
साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस