दाङ ,७ असार । दाङको नारायणपुर उद्योग वाणिज्य संघले मानार्थ सदस्य मनोनित गरेको छ । आज शुक्रबार बसेको संघको बैठकले तीन जनालाई मानार्थ सदस्यमा मनोनित गरेको हो ।
संघले केशब थापा, रेखा केसी र अजयदीप शर्मालाई मानार्थ सदस्यमा मनोनित गरेको हो । संघको नवौं अधिवेशन पश्चात रिक्त रहेको मानार्थ सदस्य आज मनोनित गरिएको हो ।
थापा लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहेका छन् । थापा नारायणपुर उद्योग वाणिज्य संघको विधान मस्यौदा समितिका सदस्य समेत हुन् । त्यस्तै केसी संघको निवर्तमान कोषाभ्यक्ष हुन् भने शर्मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेका छन् ।
संघका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा बसेको बैठकको सहजीकरण महासचिव विष्णु डाँगीले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस