after_navbar

भुकम्प प्रभावितको घर-घरमा धारा


पुष १३, २०८१


रुकुमपश्चिम,१३ पुस। रुकुमपश्चिममा खानेपानीको धारा घर-घरमा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । खानेपानीका लागि घण्टौँको पैदल हिड्नुपर्ने बाध्यता हटेपछि जिल्लाको सानीभेरी र मुसीकोट गाउँपालिकाका स्थानीयहरु खुशी भएका हुन् । रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाई पुनर्लाभ कार्यक्रम मार्फत खानेपानी र शौचालय निर्माण गरिएको हो ।
सानीभेरी र मुसीकोट गाउँपालिकाको सहलगानीसमेत रहेको छ ।

ad

उक्त परियोजनाले गाउँमा धारा र सौचालय निर्माण गरिदिएपछि एक गाग्री पानीका लागि घण्टौँ ह्निुपर्ने बाध्यता हटेको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले बताइन् । उनको घरमा अहिले मिटरसहितको धारा जडान भएको छ। धाराको पानी करेसाबारी र वस्तुभाइलाई समेत उपभोग गर्नमा सहज भएपछि उनी मख्ख परेकीछन्। भूकम्पपीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ। सरसफाई र स्वच्छता सम्बन्धीका व्यवहारिक ज्ञान सिकेपछि आफ्नो दैनिकी समेत परिवर्तन भएको उनी बताउँछिन् ।

मुसीकोट नगरपालिका–१४ का भिम्रबहादुर विष्टको परिवार पनि भूकम्प प्रभावित हो । भूकम्प पछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घरघरमा खानेपानीको सुविधा पुगेपछि घरभन्दा टाढाको मुल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उनले बताए । पूर्व वडा अध्यक्ष समेत रहेका विष्टले समुदाय र विद्यालयमा व्यवस्थित गरिएको खानेपानी र शौचालयबाट गाउँवासीको दैनिकी सहज हुँदै गएको बताए।
पुन र विष्टको जस्तै सानीभेरी र मुसीकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण भएका छन्। घरघरमा मिटरसहितको खानेपानी सुविधा र व्यवस्थित शौचालय बनेपछि उहाँका भूकम्प प्रभावित खुशी भएका छन्।

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीले दुई पालिकाका समुदायस्तरमा १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको जानकारी दिए।यसैगरी नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ। अध्यक्ष क्षेत्रीयालले भूकम्पको कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले कार्यक्रम मार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा चार वटा खानेपानी आयोजना निर्माण गरिएको बताउनुभयो। यसबाट यहाँका ७३४ घरधुरीका तीन हजार ५५१ जनसङख्या लाभाविन्त भएका छन्। अहिले प्रभावितको घरघरमा मिटरसहितको धारा जडान भएको छ।

त्यसैगरी सानीभेरीका पाँच र मुसिकोटका चार विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ। यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन्। कार्यकारी निर्देशक ओलीले २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवद्र्धनका गतिविधिमार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जनसङख्या लाभाविन्त भएको जानकारी दिए। कार्यक्रम मार्फत सीपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्ति समेत उत्पादन गरिएको छ।

भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाई र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई सहयोग मिलेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखी काम भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोको प्रतिक्रिया रहेको छ।

तस्वीरः साभार

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="