रुकुम पश्चिम,१२ माघ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा स्थानीय भागिराम खड्काका छोरा १९ वर्षीय लोकेन्द्र खड्का र वडा नं. ६ की १९ वर्षीय सपना पुन मगर रहेका छन्।
चार दिनअघि लोकेन्द्रले सपनालाई विवाहका लागि भगाएर आफ्नै घर ल्याएका थिए। तर, आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवैजना मृत अवस्थामा भेटिएका हुन्।
वडा अध्यक्ष नन्नराम बाँठाका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा थिए भने सपना भुइँमा मृत भेटिएकी थिइन्। घटनाको बेला लोकेन्द्रका बुबा आमा बिरामी आमाको उपचारका लागि नेपालगञ्ज गएका थिए। उनीहरू अहिले छोरीसँग काठमाडौंमा रहेका छन् र नेपालगञ्जबाट फर्कदै गरेका छन्।
लोकेन्द्र एकमात्र छोरा हुन्, र उनका बुबाआमा तथा काठमाडौंमा अध्ययनरत एक बहिनी छन्।
घटनास्थलमा प्रहरी पुगिसकेको छ। प्रारम्भिक अनुसन्धानका लागि कानूनी प्रक्रिया सुरु गर्न लोकेन्द्रका बुबाआमा आउने प्रतिक्षा गरिएको छ। घटनाको यथार्थ पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
स्थानियले घटना शंकास्पद भएको बताएका छन्। दुवै जना युवायुवतीको मृत्युको कारण पत्ता लगाउन निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै शोक व्यक्त गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस