दाङ,१५ माघ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जापान,अमेरिका ,कुवेत लगायतका देशमा रोजगारका लागि पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगी गरी सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।
प्रहरीका अनुसार विभिन्न देशमा रोजगारी दिलाउने नाममा युवायुवतीसँग ठूलो रकम असुल गरी उनीहरु सम्पर्कविहीन भएका थिए। पीडितहरुको उजुरीका आधारमा कार्यालयले उनीहरुमाथि अनुसन्धान गर्दा ठगीमा संलग्न रहेको प्रमाण भेटिएको हो।
पक्राउ पर्नेहरुमा सल्यान छत्रेश्वरी गाउँपालिका ६ स्थायी ठेगाना भएका हाल काठमाडौ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक घर भइ हाल ललितपुर बस्ने ३१ वर्षिय विकास दवाडी,गोरखा जिल्ला घर भइ हाल काठमाडौं बस्ने ३७ वर्षका सुरेन्द्र बिक र काठमाडौँ गोकर्णेश्वर बस्ने २४ वर्षीय विशाखा पौडेल रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सल्यानका दसौदीले सर्बिया पठाउने भन्दै २२ लाख३८ हजार ठगी गरेका थिए। भने दवाडीले जापान पठाउने भन्दै ३ लाख , गोरखाका सुरेन्द्रले अमेरिका पठाउने भन्दै ९७ लाख ५४ हजार र कुवेत पठाउने भन्दै विशाखाले १ लाख ६० हजार ठगी गरी भागेका थिए। उनिहरुलाइ प्रहरीले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस