after_navbar

विपिन जोशीको रिहाइका लागि इजराइली सरकारसँग देउबाको आग्रह


माघ १६, २०८१


काठमाडौं,१६ माघ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपीन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् सभापति देउवाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।

ad

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।

देउवाले भने,”दुई देशबीच शान्तिवार्ता भइसकेको अवस्थामा विपीनको रिहाइका लागि हामीलाई सहयोग गरिदिनुहोस् ।” उक्त कार्यक्रममा राजदूत बास पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="