after_navbar

सडक मानवका लागि फेन्सी सहयोग


माघ १६, २०८१


दाङ,१६ माघ। बेवारिसे सडक मानवका लागि रेडिमेड तथा फेन्सी व्यवसायीहरुले सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका–१० मा रहेको मानवसेवा घरमा आश्रय लिएका बेवारिसे सडक मानवहरूका लागि रेडिमेड तथा फेन्सी व्यवसायी समितिले कपडा सहयोग गरेको हो।

ad

मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरका बासिन्दाहरूलाई लक्षित गर्दै व्यवसायीहरूले संकलन गरेका कपडाहरू वितरण गरिएको हो।

रेडिमेड तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले बच्चा, युवा तथा वृद्धहरूका लागि आवश्यक सुरुवाल, स्वीटर, ज्याकेटलगायतका न्यानो कपडा प्रदान गरेको थियो।

एक कार्यक्रमबीच कपडाहरू हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले मानवसेवा घरमा आश्रय लिएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले व्यवसायीहरूको सामूहिक पहलमा कपडा संकलन गरिएको जानकारी दिए।

“मानवसेवा घर बेवारिसे सडक मानवहरूको सेवामा समर्पित संस्था भएकाले हामी पनि संस्थागत रूपमा सहयोग गर्न चाहन्छौं,”उनले भने।

साथै, सहयोगी व्यवसायीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कपडा हस्तान्तरण कार्यक्रममा समितिका सचिव सञ्जीव श्रेष्ठ, सहसचिव गणेश पाण्डे, सल्लाहकार माधव खनाललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="