दाङ, १८ माघ । दाङको दंगिशरण गाउँपालिका–५ डाँडाचिसमा करेन्ट लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा ३५ वर्षीय चोसिला बस्नेत रहेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता सूर्य रानाका अनुसार बस्नेत आज बिहान बारीमा लिपलिपे रुखको घाँस काट्ने क्रममा दुर्घटनामा परेका हुन्।
रुखको हाँगा नजिकैको बोरिङको मेन लाइनमा छोएपछि उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि रुखबाट लडी घाइते भएका बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको छ।
प्रहरीका अनुसार उनको ढाडमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस